शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत माध्यमिक तर्फको केही विषयको परीक्षाफल प्रकाशित गरेको छ । गत असारमा लिइएको परिक्षाको नतिजा शार्वजनिक गरिएको हो ।
आयोगले स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिकको नतिजा सार्वजनिक गरेको हो । यस्तै संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा र भाषाको नतिजा पनि प्रकाशन गरिएको छ ।
मध्यमाञ्चल बाहेकका नेपाली र अर्थशास्त्र विषयको नतिजा समेत प्रकाशित गरिएको छ ।गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको हो ।
माविको बाँकी रहेका विषयको नतिजा एवं निमावि तहको परीक्षाफल अब, क्रमैसंग प्रकाशित गर्दै जाने आयोगको तयारी रहेको प्रशाशकीय अधिकृत लक्ष्मीराम पौडेलले एडुपाटीलाई बताए ।
माध्यमिकको परीक्षामा सहभागि हुन ४४ हजार ३ सय १९ जनाले आवेदन भरेका थिए । यी मध्ये ३६ हजार ८ सय ९३ जना मात्रै परीक्षामा सहभागि भएका थिए । यस्तै निमाविमा आवेदन भरेका ३१ हजार ३ सय ६५ मध्ये २४ हजार ९ सय ९९ मात्रै परीक्षामा सहभागि भएका थिए ।
मौखिक परिक्षामा छनोट हुने हरुको नामावली हेर्न तल क्लिक गर्नुहोस
No comments:
Post a Comment