काठमाडौं – लोकसेवा आयोगले क्यालेन्डरअनुसा र नै
सरकारका विभिन्न सेवा समूहका
परीक्षा लिने भएको छ । मुलुक
संघीय शासनमा गएको भए पनि त्यसको
पूर्ण व्यवस्थापन हुन बाँकी रहेकाले
आयोगले क्यालेन्डरअनुसा र नै
परीक्षाका लागि गृहकार्य थालेको हो ।
आयोगका सदस्य डा. गोविन्द कुसुमले आयोगले
सञ्चालन गर्ने परीक्षालगायतका कुनै
पनि कार्य नरोकिने जानकारी दिए ।
‘आयोगले यस वर्ष पनि वार्षिक
क्यालेन्डरअनुसा रको परीक्षा सञ्चालन
गर्ने तयारी थालिसकेको छ’, कुसुमले
भने,‘सबै सेवा समूहका परीक्षा
निर्धारित समयमा नै हुनेछन् ।’ नयाँ संविधान
जारी भएपछि मुलुक संघीय
शासनमा प्रवेश गरेकाले हालका
केन्द्रीय निकायका
कर्मचारीलाई कसरी कहाँ
व्यवस्थापन गर्ने भन्ने समस्या उत्पन्न भएको छ
।
केन्द्रमा रहेका ८० हजारभन्दा बढी
कर्मचारीलाई प्रान्तमा
कसरी पठाउने भन्ने
मोडालिटी बन्न सकेको छैन ।
No comments:
Post a Comment