- उम्मेदवारको व्यक्तित्व ,शारीरिक तथा मानसीक अवस्था ,विभिन्न व्यक्तिहरु संग छलफल तर्क गर्ने क्षमताको परिक्षण अन्तर्वार्ताबाट गरिन्छ ।
- अन्तर्वार्तालीने अन्तर्वार्ता समितीमा विभिन्न विषयमा गहन अध्ययन गरेका 3/4 जनाको टोली हुन्छ ।
- अन्तर्वार्तामा सहभागी हुन आएकैपदको लिखित पाठ्यक्रम ,उम्मेदवारको शैक्षीक योग्यता तथा अध्ययन क्षेत्र,उम्मेदवार कार्यरत रहने पदको कामको प्रकृति,उम्मेदवार पहिले कुनै पद वा कार्यालयमा कार्यरत रहेको छ भने त्यस संग सम्बन्धीत कुराहरु , साथै समसामयीक राष्ट्रिय र अन्तराष्ट्रिय घटनाहरुनै अन्तर्वार्ताका विषयवष्तु हुन् ।
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Showing posts with label अन्तर्वार्ता टिप्स. Show all posts
Showing posts with label अन्तर्वार्ता टिप्स. Show all posts
Saturday, October 10
अन्तर्वाता दिने उम्मेदवारले ध्यान दिनुपर्ने कुराहरु
Monday, October 5
Wednesday, September 23
कसरी गर्ने शिक्षक अन्तर्वार्ताको तयारी ?
शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लागि अन्तर्वार्ताको मिति तय गरिसकेको छ । माध्यमिकको अन्तर्वार्ता असोज ८ गतेबाट तथा निम्न माध्यमिकको अन्तर्वार्ता कात्तिक २० गतेबाट शुरु हुँदै छ । अन्तर्वार्तामा जानु अघि उम्मेद्वारहरुले के कस्ता तयारी गर्न आवश्यक छ त ? अनुभवका आधारमा केही टिप्स
स्थायी शिक्षकका लागि हुने अन्तर्वार्तामा सामेल हुने सबैलाई शुभकामना ब्यक्त गर्दछु । म आफ्नो अनुभवको आधारमा अन्तर्वार्तामा सामेल हुनेलाइ केही सल्लाह दिन चाहन्छु :
१. परिचय दिदाँ नाम, ठेगाना र योग्यता भन्नुहोला
२. योग्यता भन्दा डिग्री पढेको छु भन्नुहुन्छ भने तपाईंलाई त्यहिबाट प्रश्न सोध्ने सम्भावना बढी हुन्छ
३. ३ जनाले पालौ पालो प्रश्न सोध्छन्
४. बिषय नेपाली हो भने सम्बन्धित क्लासको कबिता कम्तिमा ४ लाइन याद गरेर जानु होला
५. सम्बन्धित बिषयको क्षेत्र, क्रम पढेर जानुहोला
६. नेपालीले ब्याकरण, रस, छन्द पढेर जानुहोला
७. पाठ योजना, एकाई योजना, बिशिष्टिकरण तालिका, मुल्याङ्कनका प्रकार र CAS पढेर जानुहोला
८. कानुन, नियम र नियमावली पनि पढ्नुहोला
९. अन्तर्वार्तामा सामेल हुदाँ आफुलाई सुहाउँदो साधारण पहिरन लगाउनुहोला
१०. अन्तर्वार्ता दिदाँ जति धेरै समय भित्र बिताउनु हुन्छ त्यति राम्रो भएको मानिन्छ
११. अन्तर्वार्तामा कुटनैतिक पाराले जवाफ नदिने, आउँछ भने जवाफ दिने आउँदैन भने नढाँटि आउँदैन भन्ने
१२. हँसिलो अनुहार बनाएर प्रश्नको जवाफ दिने, नआएको खण्डमा परीक्षकले आँफै भन्दिने वा हिन्स दिने गर्छन्
१३. अन्तर्वार्तालाई परीक्षक स्वयमले सरल वातावरण बनाई दिन्छन् त्यसैले नआत्ति दिनुहोला
१४. प्रश्नको उतर दिदाँ हात हल्याएर वा उठाएर र खुटटा चलाएर नदिनुहोला, शान्त स्वभावसंग अन्तर्वार्ता लिनेको अनुहारमा सिधा हेरेर हास्दै भन्नुहोला
१५. समसामायिक कुरा नि पढेर जानुहोला
१६. अन्तर्वार्तामा सामेल हुन जाँदा तपाईलाई विभिन्न कुराहरू सुनाएर मन बिगार्न खोज्छन् त्यस्ता कुराहरूलाई ध्यान नदिनुहोला
१७. अन्तर्वार्ता दिन जान भन्दा अगाडि रात भरि नपढ्नुहोला जसले मुख अनिन्द्रो नदेखियोस्
१८. र, आफ्नो शैक्षिक प्रमाणपत्रहरु मिलाएर लानुहोला
यी माथिका कुराहरूलाई ख्याल गर्नुहोला र यस अघि नै आयोगको परीक्षा दिएर सम्बन्धित बिषयमा पास गरेकाहरुसंग पनि सल्लाह लिनुहोला ।
फेरि एकपटक अन्तर्वार्तामा सामेल हुने तपाई सबैलाई शुभकामना !
फेरि एकपटक अन्तर्वार्तामा सामेल हुने तपाई सबैलाई शुभकामना !
Subscribe to:
Posts (Atom)
-
१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ? उत्तर :- भू-मध्य रेखा २. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ? उत्...
-
सामान्यज्ञान प्रश्नोत्तरहरु: १. बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? -क) कुलमान सिंह थापा, -ख...
-
www.youtuubenp.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित कक्षा लिएका ...
