ADS

Showing posts with label लोकसेवा. Show all posts
Showing posts with label लोकसेवा. Show all posts

Wednesday, November 18

प्रदेशले सबै नयाँ कर्मचारी नियुक्त गर्न सक्ने

संघीयतामा निजामति सेवा
संविधानले मुलुक संघीयतामा गएपछि दुई किसिमका लोकसेवा आयोग रहने व्यवस्था गरेको छ। एउटा संघीय लोकसेवा आयोग र अर्को प्रदेश लोक सेवा आयोग। प्रदेश लोकसेवा आयोगको व्यवस्था संविधानको धारा २४४ मा गरिएको छ। धारा २४४ को उपधारा १ मा भनिएको छ,‘प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने छ।’ नयाँ संविधानअनुसार, अहिलेको लोकसेवा आयोग संघीय कानुन अनुरुप चल्ने छ। तर प्रदेश बनिसकेपछि भने प्रत्येक प्रदेशमा आफ्नै लोकसेवा आयोग रहने छ। यसको अर्थ, आफ्नो प्रदेशमा लोकसेवा आयोग कस्तो हुने भन्ने निर्धारण त्यहाँकै कानुनले गर्ने छन्। ‘प्रदेशमा बन्ने लोकसेवा आयोगहरु कस्तो हुने भन्ने चाँहि प्रदेश र त्यस प्रदेशको कानुन बनेपछि मात्रै थाहा हुने छ,’लोक सेवा आयोग अध्यक्ष उमेश मैनालीले भने। सुरुमा प्रदेशका आयोग गठन कसरी गर्ने,यसका काम कर्तव्य र अधिकार कसरी तोक्ने भनेर संघीय कानुनले आधार र मापदण्ड तोकिदिने छ। त्यसपछि आफ्नो प्रदेशमा कर्मचारी नियुक्ति गर्दा संघीय सरकारकै कर्मचारीको समायोजन गर्ने वा नयाँ कर्मचारी नियुक्ति गर्ने भन्ने विषयमा भने प्रदेशले नै निर्णय गर्ने छ। कुनै प्रदेशले अहिलेका कर्मचारी हामीलाई चाँहिदैन आफ्नै कर्मचारी नियुक्ति गर्छौँ भन्न पनि सक्छ। त्यो अझ बढी चुनौतिपूर्ण हुने मैनालीको आंकलन छ। ‘प्रदेशले हामीले आफ्ना कर्मचारी आफै गर्छौँ भन्यो भने प्रदेश लोकसेवाका चुनौतिहरु थपिने छन्,तर सुरुमा रिक्तपद मात्रै पुरा गर्दै गयो भने अनुभव पनि मिल्ने छ,’ उनले भने,‘त्यहाँको राजनीतिक नेतृत्वको विवेकमा भरपर्ने कुरा पनि हो।’ प्रदेशको लोकसेवा आयोग शून्यदेखि काम थाल्नुपर्ने छ। कार्यविधि बनाउने, पाठ्यक्रम निर्धारण,विज्ञहरुको छनोट लगायतका विषय पनि चुनौतिपूर्ण छन्।
प्रदेश निजामति कर्मचारी, संघीय निजामति सेवामा र संघीय निजामति कर्मचारी, प्रदेश निजामति सेवामा जान सक्ने व्यवस्था संविधानले गरेको छ। यसरी सट्टा सरुवा गर्दा संघीय लोकसेवा आयोगको परामर्श लिनै पर्ने उल्लेख छ।
निजामति कर्मचारी सेवा 
संविधानको धारा २८४ ले केन्द्रीय संघीय निजामति सेवा र अन्य सरकारी सेवा रहने व्यवस्था गरेको छ। त्यस्ता सेवाहरुको गठन सेवा, सुविधा र शर्तहरु भने ऐन बनाएर तोक्ने भनेको छ।धारा २८५को उपधारा ३ मा प्रदेश र स्थानीय कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाको गठन गर्न सक्ने उल्लेख छ।अहिले निजामति सेवामा लगभग ८० हजार कर्मचारी छन्। तिनको समायोजन कसरी गर्ने अध्ययन गर्न सरकारले काशीराज दहालको संयोजकत्वमा एउटा समिति गठन गरेको छ।सरकारका सचिव उपसचिवहरु समेत रहेको उक्त समितिले यी कर्मचारीलाई कति संघमा र कति प्रदेशमा समायोजन गर्न सकिन्छ भनेर प्रतिवेदन बनाउने छ। त्यसका लागि काम भैरहेको संयोजक काशीराज दाहालले सेतोपाटीसँग भने।हिजो बसेको समिति बैठकले सबै मन्त्रालयहरुलाई आफ्ना कर्मचारीको संख्या काम र कहाँ काम गर्न सक्छन भन्ने खाका दिन भनेको छ।‘हामीले काम सुरु गरिसकेका छौँ एकमहिना भित्र सबै मन्त्रालयले कर्मचारी कति छन् कसले के गर्न सक्छन् भन्ने खाका दिन भनिसकेका छौँ,’उनले भने।दाहालका अनुसार, प्रदेशको निजामति सेवा कस्तो हुने भन्ने प्रदेश गठन र प्रदेश कानून बनेपछि मात्रै थाहा हुनेछ।प्रदेश कर्मचारीको सेवा शर्त र सुविधा कस्तो हुने भन्ने संघीय निजामति ऐन र प्रदेश ऐन बनेपछि मात्रै थाहा हुने पनि उनले बताए।

Wednesday, November 4

निजामती सेवा नियमावली, २०५० मिति २०७२ असोज ७ मा १२ औं पटक संसोधन भएको छ ! त्यसका केही विशेषता निम्न अनुसार छन् !

निजामती सेवा नियमावली, २०५० मिति २०७२ असोज ७ मा १२ औं पटक संसोधन भएको छ ! त्यसका केही विशेषता निम्न अनुसार छन् !
- निजामती सेवा ऐनको तेश्रो र चौथो संशोधन अनुसारको संसोधन नियमावलीमा पनि गरिएको छ !
- प्रसुती बिदा ६० दिन बाट बढाएर ९८ दिन बनाइएको छ !
- सेवा संचालन गर्ने मन्त्रालयले प्रत्येक निजामती कर्मचारीलाई ३ वर्षमा कम्तीमा एक पटक कम्तिमा ५ कार्य दिन भएको तालिम दिनु पर्ने ,
- अध्ययन बिदा लिनेले प्रत्येक ६ महिनामा अध्यन गरिरहेको प्रमाण सहितको प्रगती विवरण पेश गर्नु पर्ने ,
- ऐन नियम बिपरित सरुवा भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सामान्य प्रशासन मन्त्रालयमा १५ दिन भित्र उजुरी दिन पाईने,
- रा.प. अन. तृतीय , चतुर्थ , पाँचौ तथा श्रेणी बिहिन पदमा कार्यरत कर्मचारी अवकाश भएमा उक्त पद स्वत: खारेज हुने ,
- रा प अन. दितिय श्रेणीको पदको लागी बढुवा समितिको ब्यबस्था जस्ता संसोधन तथा थप प्राबधान समेटेको छ ।
केही छुटेको भए थप गर्नुहोला ।

Wednesday, September 30

नेपालमा सर्वप्रथम

१. राष्ट्रबैंकको गभर्नर :- हिमालयशमशेर जबरा
२. त्रि. बि. को कुलपति :- कान्ति
राज्यलक्ष्मी
३. त्रि. बि. का उपकुलपति :- सुबर्ण शमशेर
४. राजसभा स्थायी समितिका सभापति :-
डा. के. आइ सिंह
५. निर्वाचन आयुक्त :- कालीप्रसाद उपाध्याय
६. महालेखा परिक्षक :- चन्द्रबहादुर थापा
७. लोकसेवा आयोगका अध्यक्ष :-
अनिरूद्रप्रसाद सिंह
८. पब्लिक सर्भिस कमिसनका सभापति :-
सरदार नरेन्द्रमान सिंह
९. सेनापति :- विराज थापा मगर
१०. युरोप जाने राजा :- त्रिभुवन
११. अमेरिका जाने राजा :- महेन्द्र
१२. बैज्ञानिक :- गेहेन्द्रशमशेर
१३. घरमा रेडियो राख्ने :- जुद्द शमशेर
१४. मुलुकी ऐन लागू गर्ने :- श्री ५ सुरेन्द्र
१५. चलचित्र सत्य :- हरिश्चन्द्र
१६. दरवार हाइस्कुलका हेडमास्टर :- मिस्टर
केनिङ
१७. दैनिक पत्रिका :- आवाज
१८. अन्टार्कटिका पुग्ने नेपाली :- भुवनसिंह
बिश्वकर्मा
१९. भिक्टोरिया क्रस पाउने नेपाली :- कुलबीर
थापा
२०. कविता महोत्सवमा पुरस्कार पाउने :- भैरव
अर्याल
२१. बजेट पेश गर्ने :- मात्रिका प्रसाद
कोइराला
२२. दुरवीन प्रयोग गर्ने :- प्रताप मल्ल

नेपालको संविधान, २०७२ मा व्यवस्था गरिएका सम्पूर्ण भागहरु

भाग १ - प्रारम्भिक
भाग २ - नागरिकता
भाग ३ - मौलिक हक र कर्तव्य
भाग ४ - राज्यका निर्देशक सिद्धान्त, नीति तथा
दायित्व
भाग ५ - राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भाग ६ - राष्ट्रपति र उपराष्ट्रपति
भाग ७ - संघिय कार्यपालिका
भाग ८ - संघिय व्यवस्थापिका
भाग ९ - संघिय व्यवस्थापन कार्यविधि
भाग १० - संघिय आर्थिक कार्यविधि
भाग ११ - न्यायपालिका
भाग १२ - महान्यायाधिवक्त ा
भाग १३ - प्रदेश कार्यपालिका
भाग १४ - प्रदेश व्यवस्थापिका
भाग १५ - प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६ - प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७ - स्थानीय कार्यपालिका
भाग १८ - स्थानीय व्यवस्थापिका
भाग १९ - स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० - संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध
भाग २१ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ - महालेखा परीक्षक
भाग २३ - लोकसेवा आयोग
भाग २४ - निर्वाचन आयोग
भाग २५ - राष्ट्रिय मानव अधिकार आयोग
भाग २६ - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त
आयोग
भाग २७ - अन्य आयोगहरु
भाग २८ - राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ - राजनीतिक दलसम्बन्धी व्यवस्था
भाग ३० - संकटकालीन अधिकार
भाग ३१ - संविधान संशोधन
भाग ३२ - विविध
भाग ३३ - संक्रमणकालीन व्यवस्था
भाग ३४ - परिभाषा र व्याख्या
भाग ३५ - संक्षिप्त नाम, प्रारम्भ र खारेजी

"कृपया शक्दो शेयर गर्नुहोला है"

नयाँ संविधानमा भएका १३ वटा संवैधानिक आयोगहरुः-

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२.महालेखा परिक्षकको कार्यालय
३.निर्वाचन आयोग
४.लोकसेवा आयोग
५.मानवअधिकार आयोग
६.महिला आयोग
७. दलित आयोग
८.मधेशी आयोग
९.थारु आयोग
१०.मुस्लिम आयोग
११.समावेशी आयोग
१२. आदिवासी जनजाति आयोग
१३. प्राकृतिक श्रोत तथा वित्तिय आयोग

Monday, September 21

नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका मौलिक हकहरु

१. सम्मानपूर्वक बाच्न पाउने हक (धारा१६)
२. स्वतंत्रताको हक (धारा१७)
३. समानताको हक (धारा१८)
४. संचारको हक (धारा१९)
५.न्याय सम्बन्धी हक (धारा२०)
६. अपराध पिढीतको हक (धारा२१)
७. यातना विरुद्धको हक (धारा२२)
८. निवारक नजर बन्द विरुद्धको हक (धारा२३)
९. छुवाछुत तथा भेदभाव विरुद्धको हक
(धारा२४)
१०. सम्पतीको हक (धारा२५)
११. धार्मिक स्वतन्त्रताको हक (धारा२६)
१२. सुचनाको हक (धारा२७)
१३. गोपनियताको हक (धारा२८)
१४. शोषण बन्द विरुद्धको हक (धारा२९)
१५. स्वच्छ वातावरणको हक (धारा३०)
१६. शिक्षाको हक (धारा३१)
१७. भाषा तथा संस्कृतीको हक (धारा३२)
१८. रोजगारीको हक (धारा३३)
१९. श्रमको हक (धारा३४)
२०. स्वास्थ्य सम्बन्धी हक (धारा३५)
२१. खाद्य सम्बन्धी हक (धारा३६)
२२. आवासको हक (धारा३७)
२३. महिला को हक (धारा३८)
२४. बालबालिकाको हक (धारा३९)
२५. दलितको हक (धारा४०)
२६. जेष्ठ नागरिकको हक (धारा४१)
२७. सामाजिक न्यायको हक (धारा४२)
२८. सामाजिक सुरक्षाको हक (धारा४३)
२९. उपभोक्ताको हक (धारा४४)
३०. देश निकाला विरुद्धको हक (धारा४५)
३१. संवैधानिक उपचारको हक (धारा४६

Friday, September 18

जो ०४७ सालको संविधानमा थिएनन, जो अहिलेको संविधानमा

१. गणतन्त्रको ब्यवस्था २. संघीयताको व्यवस्था ३. धर्मनिरपेक्षता ४. समावेशी/समानुपातिक सिद्धान्त ५. राष्ट्रिय समावेशी आयोग ६. राष्ट्रिय दलित आयोग ७. आदिबासी/जनजाति आयोग ८. मुस्लिम आयोग ९. थारु आयोग १०. प्रदेश सभालाई भाषा रोज्ने अधिकार १२. राष्ट्रपति, उपराष्ट्रपति, मुख्य मन्त्रीको ब्यवस्था १३. प्रमुख दुई पद मध्ये १ मा महिला अनिवार्य १४. चुनावमा पराजित प्रधानमन्त्री हुन नसक्ने १५. दलितलाई छात्रावृतीसहितको उच्च शिक्षा १६. आमा र बाबु दुवैको नाऊँवाट नागरिकता १७. प्रमुख पदहरुमा निर्वाचित, मनोनित र नियुक्त हुन अङ्गिकृतलाई छेकवार १८. राष्ट्रिय मानव अधिकार आयोगको व्यवस्था

Wednesday, September 16