ADS

Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

Sunday, October 25

अमृतजस्तै अंगुर (जान्नुहोस् के को औषधि हो र के के पोषक तत्व पाइन्छ |

अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ । यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन् । यसका फाइदा ः दममा – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ ।
मुटु रोगमा – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ । माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ । कब्जियतमा- यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ । अपचमा ः यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ । ">थकानमा- सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ । मिर्गौलाको समस्यामा- अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ । स्तन क्यान्सरमा- अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन् ।
अल्जाइमर रोगमा – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ । यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ । अंगुरमा पाइने पोषक तत्व (सय ग्राममा) इनर्जी– २८८ केजे (६९ केसिएएल) कार्बोहाइड्रेट– १९.१ ग्राम सुगर– १५.४८ ग्राम डाइटरी फाइबर– ०.९ ग्राम फ्याट– ०.१६ ग्राम प्रोटिन– ०.७२ ग्राम भिटामिन बी १ं– ०.०६९ एमजी बी २– ०.०७ एमजी बी ३– ०.१८८ एमजी बी ५– ०.०५ एमजी बी ६– ०.०८६ बी ९– २ एमजी कोलिन– ५.६ एमजी भिटामिन सी– ३.२ एमजी भिटामिन ई– ०.१९ एमजी भिटामिन के– १४.६ एमजी म्यागनिज– ०.०७१ एमजी फोस्फोरस– २० एमजी पोटासियम– १९१ एमजी सोडियम– २ एमजी जिंक– ०.०७ एमजी फ्लुराइड– ७.८ एमजी

यो पढेपछि तपाइले लसुन कहिलै भुल्नुहुने छैन

लसुन प्राय हामी सबैको भान्छामा प्रयोग भइरहने खाद्य सामग्री हो। यसलाई विभिन्न थरिका तरकारीमा हाली प्रायो गर्ने गरिन्छ । लसुनको स्वाद जति स्वादिलो हुन्छ त्यसले स्वास्थ्यलाई पनि त्यति नै फाइदा पुर्‍याएको हुन्छ । नियमित लसुन खाने हामीले विभिन्न स्वास्थ्यसम्बन्धी समस्या बाट छुट्कारा पाउन सक्छौ । भान्सामा तरकारी मिठो बनाउने उद्देश्यले मात्र लसुन उपयोग गर्ने गृहिणीलाई पनि थाहा नहुन सक्छ लसुनको अधिक उपयोगिता । लसुन सेवनका कारण हुने फाइदा थुप्रै छन् । लसुनमा क्यान्सर प्रतिरोधी क्षमताको जर्मानियम तत्व हुने भएकाले यो क्यान्सरका लागि पनि उपयोगी हुने देखिएको छ । यो तत्व अन्य कुनै पनि जडिबुटीभन्दा बढी लसुनमै पाइने अध्ययनले देखाएको छ । *लसुनमा भएको एन्टिब्याक्टेरियल र एन्टिफंगल (ढुसी प्रतिरोधी गुण)ले एलर्जी हुनबाट जोगाउँछ । रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले नियमित लसुन उपभोग गर्दा फाइदा गर्छ ।*कुटेको लसुनलाई पानीमा मिसाएर घाउ सफा गरे घाउ पाक्न दिँदैन।*बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ।>*यसले कलेजोमा पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।*लसुनको रसमा नुन मिसाएर मालिस गरेमा भित्री चोटको दुखाइ कम गर्छ।

Thursday, October 1

बिहान उठेर पानी पिउनुका ५ फाइदा, आजैबाट पिउन थाल्नुस् !

प्राय मानिसहरु बिहान जुरुक्क उठेर १ गिलास पानी पिउँछन्, अनिमात्रै अन्य काम गर्न थाल्छन् । तर, यसको फाइदाबारे स्वयम् उनीहरु नै अनविज्ञ हुन सक्छन् ।
बिहान उठेर पिइने पानीका कारण कैयन रोगहरुमा नियन्त्रण पाउन सकिन्छ । खाली पेटमा पानी पिउँदा पेटमा जम्मा भएको विकार पदार्थ पिसाबको माध्यबाट बाहिर निस्किन्छ, भने रगत पनि सफा हुन्छ ।
त्यसैले बिहान उठेर कम्तिमा ४/५ गिलास पानी पिउनु अति आवश्यक छ । यस्तो बानी बसाउनका लागि सुरुमा १/२ गिलास पानी पिउन थाल्नु उपयोगी हुन्छ ।
Watter

के छन् यसका फाइदा ?


१. बिहान उठेर पिउने पानीले शरीरमा रहेका विकार पदार्थ निस्किन्छ, जसले रगत सफा गर्न पनि मद्दत पुग्छ । रगत सफा हुँदा त्यसको सकारात्मक प्रभाव छालाको चमकमा पनि देखिन्छ ।
२. बिहानै उठेर पानी पिउँदा नयाँ मांसपेशीहरु निर्माण हुन्छन् । यसले मांसपेशीहरुलाई मजवुत पनि बनाउँछ ।
३. बिहानै पिउने पानीले मेटाबोलिज्म सक्रिय हुन्छ । तोल घटाउन चाहनेहरुका लागि पनि बिहान उठेर पानी पिउनु फाइदाजनक हुनसक्छ ।
४. यसले कब्जियतको खतरा कम गर्छ । पेट सफा भएपछि खाएका कुराहरुबाट पूरा तत्व शरीरले प्राप्त गर्छ ।
५. बिहान उठेर पानी पिउँदा घाँटी, आँखा, पिसाब तथा किड्नी सम्बन्धी सम्याबाटसमेत मुक्ति पाउन सकिन्छ ।