ADS

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, December 2

घरैबाट लोकसेवा आयोगको दरखास्त फाराम पेश गर्ने तरीका हेर्नुहोस भिडियो सहित

बिगतमा दिनभरी लाइनमा बसेर लोकसेवा आयोगको दरखास्त फारम पशे गर्नुपर्ने बादयता रहेनी अब यो बाद्यात हटेको छ online Apllication दिने ब्याबस्ता संगई .

अब लाेक सेवा अायाेग काे फर्म Online भर्ने सकिन्नछ ।
http://www.psc.gov.np मा गएर Online Application मा Click गरी दिइएको निर्देशन अनुसार Sign Up गरी अावश्यक विवरण भरी Submit गरी अाफ्नाे फर्म भर्न सकिनेछ ।
अथवा direct तल को लिन्क क्लिक गर्नुहोस्

Below is the PDF manual provided by Lok Sewa Aaayog.

link 


Sunday, October 25

यसकारण दसैं मगरको मौलिक पर्व हुँदै होइन’

एमएस थापा मगर
MS  Thapa Magar
मगर समाजमा दशैं र तिहार मनाउने चलन कहिलेबाट सुरु भयो ? यसको ऐतिहासिक महत्व र कारण के हो ? यस सम्बन्धमा वास्तविक खोजी नगरी पुर्खाले मान्दै आएको भनी सबै मगरहरुले आँखा चिम्ली मान्दै आएको बुझिन्छ ।
रामायण र दशैंहिन्दू साहित्य ‘रामायण’ को कथनअनुसार अयोध्याको रामले लङ्काका राक्षस राजा रावणलाई दशौं दिनमा हराई लंका विजय गरी अयोध्यामा राम फर्केको खुसियालीमा दशैं अर्थात् विजया दशमी मनाएको भनी मगरहरुमा हिन्दु बाहुनहरुले प्रचार गरेको बुझिन्छ ।
दशैंमा पशुबली र त्यस जीवको रगतमा हात चोपली पाँच औंला छाप घरको भित्तामा लगाउन शासकहरुले आदेश दिएअनुसार राजाका कर्मचारी घरगाउँमा जाँच्न आउँदा जसको घरमा रगतको पाँच औंलाको छाप देखिन्थ्यो, उसले राजाज्ञा मानी काटमार गरेको ठहरी स्याबासी पाउने प्रचलन थियो । आजकल पनि मगरहरुले दशैंमा सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन हटेको छैन ।
वास्तवमा ऐतिहासिक दृष्टिले हेर्ने हो भने आर्यहरुको अनार्य भारतीयहरुमाथि विजयको रुपमा रामायणको कथा लेखिएको स्पष्ट हुन्छ । अर्थात् इरानबाट भारत बसाइँ सरेका आर्यहरुको पुरानो भारतीय बासिन्दा भील, द्रविड, गौड र कोलहरुका बीचको लडाइँको कथा रामायणको कथा हो । ऋग्वेदको पात्र इन्द्र र वृत्रको कथालाई रामायणमा इन्द्रलाई राम र वृत्र (अनार्य) लाई रावणको नाम दिई लेखिएको कथा रामायण हो भनिएको छ (The study of caste, P.L. Narsu, page 34) ।
अर्कोतर्फ रामायणको कथालाई भारतका महान् शासक अशोक (ई.पु.३७२–३३२ को कथा हो, अशोकको छोरा कुणालको श्रीमती कञ्चनमालालाई सीताको नाउँ लिई लेखिएको कथा हो र यसमा बौद्ध जातक कथाहरु (जातक संख्या ४६१) मिसाएर लेखिएको हो भनेको पाइन्छ (बैद्धिक मतका सुख मर्दन, पृष्ठ ११) ।
उपरोक्त उदाहरणबाट के स्पष्ट हुन्छ भने रामायणको कथा वास्तविकतामा आधारित नभई अधिकांश काल्पनिक कथा वा एउटा कथाको काल्पनिक, कथ्यौरी मात्र हो । भारतमा १६ औं शताब्दीभन्दा अघि राम मन्दिर बनेको वा रामलाई ईश्वरको रुपमा पूजा गरेको पाइँदैन । सन् १५५४ वा १५३२ मा जन्मेका तुल्सीदासको इष्टदेव रामको महिमालाई ईश्वरतुल्य बनाई तुल्सीदासको रामायण लेखेपछि मात्र रामलाई ईश्वरको अवतारको रुपमा मानिने वा पूजा गरिने चलन भारतमा चलेको हो (नवभारत टाइम्स, ४ जनावरी १९९०) । कालान्तरमा आएर रामायणको कथामा देश, काल, परिस्थितिअनुसार विभिन्न अन्धविश्वास, परम्परा र प्रचलन थपिँदै गएर आज विकृत रुपमा रामायणको कथा हाम्रो सामु छ । पहिले पहिले दशैंमा मार हान्ने दिनमा बाहुनहरु मगरको घरमा आई मालश्री गाउने गर्थे तर पछि तिनीहरुले छोडी स्वयं मगरहरुले गाउन सुरु गरे । यस्ता कुराहरु लेख्दै जाने हो भने धेरै छन् ।
मगर र दशैं
नेपालमा मगर जातिहरुको इतिहास हेर्दा मगरहरु सुरुमा हिन्दु चाडपर्व मान्ने जाति थिएनन् । तेह्रौं शताब्दीमा मुसलमानहरुको भारत प्रवेशपछि नेपाल पसेका शरणार्थी बाहुनहरुको चपेटामा सबैभन्दा पहिले यहाँका खसहरु (बाहुनबाट खसेको क्षेत्री होइन) थारुहरु र मगरहरु परेका हुन् । मध्य–नेपाल हालको गण्डक–लुम्बिनी, गण्डकको, धौलागिरी क्षेत्रमा बाहुनहरुले प्रवेश गर्दा सर्वप्रथम यस क्षेत्रका मगर राजाहरु र मगर मुखियाहरुलाई प्रभावित पारी हिन्दू क्षेत्री बनाए । फलस्वरुप आज अमरसिंह थापा, भीमसेन थापाहरु थापा क्षेत्री भनी बाहुनहरुले लेखेको इतिहासमा पढ्न पाइन्छ । वास्तवमा यिनीहरु मगर हुन् (Gurkhas, Vansitart, पृष्ठ ६१) ।
पाल्पाका मुकुन्द सेन मगर नै हुन् (Nepal, Daniel Right, पृष्ठ १०२) । यहाँसम्म कि गोरखाको राजालाई पनि मगर हो भनी प्रस्ट उल्लेख गरेको पाइन्छ (हिमपत साँस्कृतिक, वि.सं २०१६, पृष्ठ ९) । जेहोस्, बाहुनहरुको हिन्दुकरणको अभियानबाट सबैभन्दा बढी मगरहरु प्रभावित भएका छन् ।
नेपालमा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि मात्र खस भाषाको विकास भएको देखिन्छ । पृथ्वीनारायण शाहको समयदेखि नै नेपालमा हिन्दुवादको विस्तार भएको मात्र भएको होइन, यहाँका आदिवासी जनजातिहरुका संस्कृति तथा चाडपर्वलाई पनि विकृत पार्ने काम भयो र कतिपय चाड मनाउन बाध्य पारियो । भानुभक्त आचार्यले रामायणलाई खस भाषामा लेखी नेपालमा प्रचार गरेपछि रामायण वा रामको विजयादशमी मनाउने चलन अझ व्यापक भएको पाइन्छ ।
प्राचीन भारतमा देउतालाई खुशी पार्न फलफूलले पूजा गरिन्थ्यो भने पछि बसाइँ सरी भारत र त्यसपछि नेपालमा प्रवेश गर्ने हिन्दूहरुले देउतालाई खुशी पार्न जीवजन्तुको बली चढाएर “होम” गर्ने चलन थियो । त्यसप्रकार पूजा प्रथा अनार्य र होम प्रथा आर्य हिन्दूहरुको प्रचलन हो (Kirat Janakriti, Suniti Kumar Chaterjee) ।
प्राचीन भाषामा “फाइलो” भनेको हामीले बचायौं भनेको हो । “देउसी” भनेको धमात्मा पुजारी र “रे” भनेको राजा हो । कालान्तरमा यो प्राचीन मगर भाषा “फाइलो” बिग्रँदै गई “भइलो” भएको इमानसिं चेम्जोङले लेखेका छन् ।
नेपालमा हिंसापूर्ण बली प्रथा प्रचलनमा ल्याउन दशैं चाडको सुरुवात गरिएको हो । दशैंमा पशुबली र त्यस जीवको रगतमा हात चोपली पाँच औंला छाप घरको भित्तामा लगाउन शासकहरुले आदेश दिएअनुसार पछि राजाका कर्मचारी घर गाउँमा जाँच्न आउँदा जसको घरमा रगतको पाँच औंलाको छाप देखिन्थ्यो, उसले राजाज्ञा मानी काटमार गरेको ठहरी स्याबासी पाउने प्रचलन थियो । आजकल पनि मगरहरुले दशैंमा सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन हटेको छैन ।
पहिले पहिले दशैंमा मार हान्ने दिनमा बाहुनहरु मगरको घरमा आई मालश्री गाउने गर्थे तर पछि तिनीहरुले छोडी स्वयं मगरहरुले गाउन सुरु गरे । यस्ता कुराहरु लेख्दै जाने हो भने धेरै छन् । यहाँ छोटकरीमा भन्न खोजिएको के हो भने दशैं चाड मगरहरुको पर्व होइन र यसलाई नमानेमा कुनै मगर नक पस्दैन । मगर जातिको पूर्व इतिहास, परम्परा र संस्कृतिसँग दशैं पर्वको कुनै सम्बन्ध छैन ।
मगर र तिहार
तिहार (त्योहार, दीपावली) पर्व सम्बन्धमा भने अझै अनुसन्धान गर्न बाँकी छ । किराँतीहरुको मुन्धुममा तिहार मगरहरुले चलाएको चाड हो भन्ने उल्लेख गरिएको छ । श्री इमानसिंह चेम्जोङले लेख्नुभएको History and Culture of the Kirat People नामक पुस्तकको पृष्ठ ७७–८१ मा किराँतहरुको मुन्धुममा दीपावलीसम्बन्धी कथा उल्लेख छ । त्यसलाई यहाँ छोटकरीमा उल्लेख गरिएको छ :
“प्राचीन नेपालमा हालको पोखरादेखि गोरखपुरसम्मको राज्य बलिहाङ नामको राजा थिए । उनी धर्मात्मा र भविष्यसम्बन्धी जान्ने पुजारी पनि थिए । उनलाई प्रजाले ज्यादै माया गर्थे ।
“बलिहाङ राजाले आफू अब मर्ने कुरा थाहा पाई यो कुरा प्रजालाई भनिदिए । आफ्नो प्यारो राजा छिटै मर्ने भए भनी प्रजाले साह्रै पीर मानी बाँच्ने उपाय के छ भनी प्रजाहरुले राजालाई सोध्दा ‘मंसिर महिनाको पूर्णिमाको अन्त्य र औंसीको सुरुवातमा म मर्ने भएकोले त्यस दिन राती यमदूतले लिन आउँछ । यमदूत आउँदा सबैले रोइकराइ बिन्ती गरी बत्ती बाली मेरा प्राण माग्नू । यमदूत खुशी भएमा मलाई प्राणदान दिई बचाउनेछ’ भनेकोले सोही दिन राती सबै प्रजाले आआफ्नो घरमा बत्ती बाली नुहाई चोखो भई जागा बसे ।
“राजाले भनेको समयमा यमदूत आउँदा सबै प्रजाले रोइकराइ राजाको प्राणदान माग्दा यमदूत खुशी भई राजालाई प्राणदान दिई फिर्ता भएकोले सो दिनको सम्झनाको खुशीयालीमा मगर प्रजाहरुले घरमा बत्ती बाली नाच्दै गाउँदै हिँडेका थिए ।”
प्राचीन भाषामा “फाइलो” भनेको हामीले बचायौं भनेको हो । “देउसी” भनेको धमात्मा पुजारी र “रे” भनेको राजा हो । कालान्तरमा यो प्राचीन मगर भाषा “फाइलो” बिग्रँदै गई “भइलो” भएको भनी चेम्जोङको उक्त किताबमा उल्लेख भएको छ ।
वास्तवमा आज पनि देउसी र भैलो खेल्दा हामी त्यसै आएका होइनौं बलिराजाले पठाएको भनी तिहारमा भट्याउने चलन छ । तर यस पर्वलाई पनि कौवा पूजा, कुकुर पुजा, पशु मार्ने प्रथा चलाई गाईको तिहार भनी बाहुनहरुले विकृत पारेको बुझिन्छ । त्यसैमा उल्टै जुवा, तास खेल्ने प्रचलन घुसाएको बुझिन्छ ।
माथि उल्लेखित कथामा कत्तिको सत्यता छ त्यसबारे अध्ययन र अनुसन्धानको खाँचो छ । तापनि तिहारमा मगर राजा बलिहाङ (हाङ भनेको किराँत भाषामा राजा, राज्य आदि हुन्छ) को उल्लेख भएकोले धेरैजसो सत्यताको नजिक देखिन्छ ।

Tuesday, October 20

दशैं बहिष्कार किन ?

-डम्बर चेम्जोङ
दशैं कस्तो र कस्को चाड हो भन्नेमा केहि भ्रम छन् । पूजाआजा, आराधना, अनुष्ठान भनेको कुनै पनि समुदाय तथा समाजको सामाजिक, सांस्कृतिक र जीवन परम्परासँग अभिन्न रुपमा गाँसिएर आएको हुनुपर्छ । पुर्खासँगको सम्बन्ध, भूमिसँगको सम्बन्ध, आफ्नो ईष्ट देविदेवतासँगको सम्बन्ध सुचारु राख्न पूजाआजा, अनुष्ठान गरेर मनाइने चाडपर्व सांस्कृतिक तथा धार्मिक चाड हो । तर नेपाली हिन्दुहरुले मनाउने दशैं पूजाआजा गरिने चाड भने होइन ।
नेपालमा दशैंको सान्दर्भिकता मूलतः राजनीतिक अर्थमा छ । पछि आएर चाँहि दशैंले सामाजिक रुप लिएको हो । बली दिएर पूजाआजा गरिने भएकाले दशैंको सन्दर्भ राजनीतिक रुपमा जोडिएको छ । हिन्दु राज्यको बिस्तारमा आदिवासी जनजातिलाई समाहित गर्न दशैं मान्नैपर्छ भनेर उनीहरुलाई बाध्य पारियो । हिन्दु सत्ताले दशैं मान्नैपर्छ भनेर आदेश र हुकुमहरु समेत जारी ग~यो । सत्तामा रहनेहरुले भैंसी, राँगा, खसीको बली दिँदै दशैं मनाउनुको अर्थ पनि हिन्दु राज्यको बिस्तार र हैकम नस्वीकार्ने तथा चुनौती दिनेहरुलाई प्रतिकात्मक रुपमा डर देखाउनु समेत हो । केन्द्रीय सत्ता निर्माणको क्रममा उनीहरुले आफ्ना वरिपरीकालाई आशिर्वाद दिने नाममा उस्को हैकम र अधिनस्थतालाई स्वीकार गर्न लगायो । स्थानीय सत्ताधारीहरुले पनि आफ्नो हैकम र अधिनस्थतालाई कायम राख्न बलीपूजा गरेर या आशिर्वाद दिएजस्तो गरे । केन्द्रीय सत्ताकै चलाखि अनुरुप स्थानीय सत्ताधारीले पनि आफ्नो अधिनस्थता आसेपासेलाई स्वीकार्न बाध्य पारे ।
दशैं आदिवासी जनजातिको सांस्कृतिक र राजनीतिक चाड होइन । तर आदिवासी जनजातिले पनि दशैं मनाउनुको कारण चाँहि केन्द्रीय सत्ता (हिन्दु राज्य)ले आफ्नो हैकम र अधिनस्थता स्वीकार्न लगाएजस्तै स्थानीय सत्तामा रहेकाले आफ्नो हैकम र अधिनस्थतालाई कायम राख्ने क्रममा बाध्य पारेर हो । यो मान्ने र मनाउने क्रममा एक किसिमको सामाजिक सम्बन्धहरुको विकास भने भएको छ । लिम्बूहरुकै कुरा गर्दा पनि दशैं नमान्ने भनेर उनीहरुलाई उम्किने ठाउँ नै थिएन । कसरी भने दशैं सकिएलगत्तै हिन्दु सत्ताले पठाएका दूतहरु गाउँगाउँमा जाने र दशैं मनाए कि मनाएनन् ? राँगा बली चढाएर त्यस्को रगतको पञ्जा–छाप घरको ढोका/भित्तामा लाएर राखेका छन् कि छैनन् ? त्यो निरन्तर निरीक्षण भइरह्यो । खासमा त्यो जबरजस्तीपूर्वक नै भएको थियो । रणबहादुर शाहको पालामा दशैं मनाउनैपर्छ भनेर लिम्बूहरुलाई विशेष इस्तिहारहरु जारी भएको प्रमाणहरु भेटिन्छन् । सुब्बाहरुले बली दिए नदिएको, बलीपछिको रगतको पञ्जाछाप लाएको छ कि छैन भनेर निरीक्षण गर्न केन्द्रीय सत्ताले आदेश नै जारी गरेको थियो । त्यस्माथि आफ्नो हैकम कायम रहने भएकाले स्थानीय सत्ताधारीले पनि अझै तलकालाई दशैं स्वीकार्न बाध्य पारे । त्यस्ले राजनीतिक र सांस्कृतिक रुपमा आफ्नो पर्व नभए पनि आदिवासी जनजातिले सामाजिक रुपमा चाँहि दशैं मान्न थाले ।
आख्यानहरुमा सूर शक्ति (देउताहरु)ले असूर शक्ति (राक्षसहरु)माथि विजय प्राप्त गरेको खुशियालीमा दशैं मनाइएको भन्ने छ । देव शक्तिको रुपमा आर्यहरु र राक्षस शक्तिको रुपमा अनार्यहरु हुन् भन्ने उनीहरुकै व्याख्याहरुले देखाउँछ । अर्कोतर्फ आदिवासी जनजातिहरु माझ पनि आफ्नै पुर्खाको हत्या गरेर रगतको रातो टिका दशैंमा लगाइएको हो भन्ने मिथक व्याप्त छ । झट्ट हेर्दा त्यो होइन कि जस्तो देखिए पनि ऐतिहासिक र राजनीतिक घटनाक्रमहरुले त्यो मिथकभित्र वास्तविकता उजागर भएको भेटिन्छ । खासगरी हिन्दुहरुले अहिन्दुहरुमाथि विजय प्राप्त गरेको उल्लासमा दशैं मनाइएको कुरालाई आदिवासी जनजातिले मिथक श्रृजना गरेको देखिन्छ । त्यै मिथकको विश्वासमा आदिवासी जनजातिले दशैंमा सेतो टिका लगाउने गर्छन् । उनीहरुले दशैं मनाउनुलाई गलत भनिहाल्नु चाँहि हुन्न । तर दशैं निरन्तर मनाइरहनुले हिन्दु राज्य बिस्तारको प्रक्रियालाई अझै पनि स्वीकारिरहन्छौं भन्ने सन्देश गइरहन्छ । दशैं सांस्कृतिक र धार्मिक पर्व होइन । दशैं सत्ताधारीको पर्व हो । स्थानीय सत्तामा रहन पाएकाले आदिवासी जनजातिले दशैं मनाएका हुन् । तर उनीहरुले आफ्नै सामाजिक परिवेशमा ढालेर मात्रै दशैं मनाएका छन् । उनीहरुले सुँगुरको मासु, जाँड, रक्सी (हिन्दुहरुका लागि अपवित्र) चढाउने र त्यस्को कोसेली बाँडचुँड गरेर दशैं मनाएको देखिन्छ । यसहिसाबले आदिवासी जनजातिले दशैं मनाएजस्तो त देखिन्छ । तर त्यो खासमा बहिष्कार नै हो । रुपमा दशैं मनाइरहे पनि आदिवासी जनजातिले सारमा चाँहि बहिष्कार नै गरिरहेका छन् । हिजो हिन्दु अधिराज्यको बिस्तार, हैकम र त्यस्को अधिनस्थताको स्वीकारोक्तीका प्रमाण स्वरुप जनावरको बली चढाएर दशैं मान्ने चलन बसेको हो । अहिले ऐतिहासिक प्रमाण र पहिचानका आधारमा संघीय प्रान्तहरुको निर्माण हुनुपर्छ भन्ने बहस चलिरहेको बेला दशैंको बहिष्कार गरिनु सान्दर्भिक देखिन्छ । अर्कोतर्फ हिजोको एकात्मक हिन्दु सत्ताले जबरजस्ती थोपरेको व्यवस्थालाई चुनौती दिन पनि दशैं बहिष्कार अर्थपूर्ण छ ।
अहिले दशैं बहिष्कारको आन्दोलन कमजोर भएको भन्ने भनाई सहि होइन । बरु त्यो सफल भएको हो । हिन्दु धार्मिक, एकात्मकता, अधिनस्थता हामीलाई स्वीकार्य छैन भनेर आदिवासी जनजातिले आफ्नै विशिष्ट चाडपर्व मनाउन थालेका छन् । त्यस्ले पनि दशैं बहिष्कारको आन्दोलन सफल भएको देखिन्छ । गैर हिन्दुहरु एकढंगले एकतावद्ध हुनुलाई पनि आन्दोलनको सफलता भन्नुपर्छ । बरु त्यो आन्दोलनले बिस्तारै ठोस आकार लिदैँछ । दशैं बहिष्कार आन्दोलनको अगुवाई गर्ने गोरेबहादुर खपांगीले दशैंमा टिका लगाउनु व्यक्तिगत आकांक्षा हो । तर उन्को त्यो कदमले आन्दोलनमै असर पारेको छ भन्न मिल्दैन । बरु व्यक्तिगत तहमा खपांगीलाई नै असर प~यो । दशैं बहिष्कार आन्दोलनका अगुवाले नै टिका लगाउन थाले । त्यो ठीक होइन रैछ भनेर आदिवासी जनजातिले दशैं बहिष्कार गर्न छाडेनन्, नेताले नै बाटो बिराए पो भने त !

Friday, October 9

निशुल्क अनलाइन बाट Dv Lottery फम भर्ने तरीका Youtube भिडियो हेर्नुहोस

डिभि निसुल्क रुपमा आफैले ऑनलाइन बाट भरन सकिन्छ.यदि तपाई नेपाली भएर नेपाल बहिर हुनुहुन्छ भनेपनी भरन सकिन्छ .शैक्षिक योग्यता एसएलसी माथी साथाई तपाईको शैक्षिक योग्यता एसएलसी भन्दा कम भएपनि कामको अनुभबको आधारमा भरन सक्नुहुन्छ.
डिभि फम भरन यहाँ थिच्नुहोस
कसरी फम भरने जान्नको लागी भिडियो हेर्नुहोस

Wednesday, October 7

​रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई


एजेन्सी, २० असोज । 
रसायनशास्त्र तर्फ यस बर्षको  नोबेल पुरस्कार डिएनए सुधारका लागि गरिएको महत्वपूर्ण आविष्कार गरेको भन्दै तीनजना वैज्ञानिकलाई संयुक्तरुपमा दिइने भएको छ ।
स्वीडेनको स्टकहोममा भएको पत्रकार सम्मेलनमा टोमस लिनदाल, पल मोडरिक र एजिज स्याङ्गसरलाई सो पुरस्कार दिने घोषणा गरिएको हो । ती वैज्ञानिकले क्षति पुगेका डिएनएलाई पुर्नजार्गित गराउन तन्तुले अपनाउने विधिको पहिचान गरेका थिए ।
सो विधि क्यान्सरको उपचारमा महत्वपुर्ण सावित भएको छ । नोबेल पुरस्कार विजेता तीन वैज्ञानिकले संयुक्तरुपमा ८० लाख स्वीडिस क्रोनर पाउने भएका छन् ।

मिसेस मंगोलको उपाधि सेम्फुङमा लिम्बूलाई

अमेजन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा मिसेस मंगोल नेपालको दोस्रो संस्करण सम्पन्न भएको छ। राष्ट्रिय नाच घर जमलमा सम्पन्न बिबाहित मंगोलियन समुदायका महिलाहरुको कार्यक्रममा कुल पन्ध्र जनाको सहभागिता रहेको थियो। 
प्रतियोगितामा सेम्फुङमा लिम्बुले मिसेस मंगोल नेपाल – २०१५ को बिजेता बनि उपाधि हात पार्न सफल भएकी छन् भने सुभेच्छा राई फस्ट रनर अप तथा रेखा लिम्बु सेकेण्ड रनर अप र नविना मगर लिम्बु थर्ड रनर अप भए।
त्यसै गरी सब टाइटलतर्फ बेस्ट ट्यालेन्ट रमा मगर, बेस्ट फोटोजेनिक मधु लिम्बु, बेस्ट पर्सनालिटी जुनु कन्दङवा, बेस्ट हेयर रेखा याङदेन लिम्बु, मोस्ट डिसिप्लिन बिमला तामाङ, बेस्ट ड्रेस सुकमाया थेबे, बेस्ट स्माइल रजनी राजभण्डारी, मोस्ट इण्टिलिजेन्ट सुभेच्छा राई मगर मोस्ट बिउटिफुल नविना मगर लिम्बु, मोस्ट ईनोसेन्ट शान्ति राना मगर, बेस्ट स्क्रिन सेम्फुङमा लिम्बु, बेस्ट क्याटवाक मधु लिम्बु, मोस्ट पपुलर रमा मगर र मोस्ट चार्मिङ नविना लिम्बुले हात परेका छन्।
बिस दिनसम्मको व्यक्तित्व बिकाश, कुशल बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, आत्माविश्वास अभिबृद्धि तथा भ्रमणलगायतका बिबिध बिषयहरुमा प्रशिक्षण रहेको कार्यक्रममा हिमानी सुब्बाको कोरियोग्राफी रहेको थियो भने कला सुब्बाद्वारा बोलीचाली अभ्यास एबम क्षमता अभिबृद्धिलगायत बिषयमा तालिम दिइएको थियो।
उक्त सौन्दर्य प्रतियोगिताको निर्णायक मण्डलीमा कला सुब्बा, सुर्य चन्द, दिक्पाल कार्की, बिष्णु लिम्बु रहेका थिए भने प्रमुख अतिथिमा गायिका पवित्रा सुब्बा रहेकी थिइन्। यस सौन्दर्य प्रतियोगिताले गर्दा बिशेष गरी गृहणी बिबाहित महिलाहरुबीच व्यक्तित्व विकास र आफूसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा कार्यक्रम संयोजक कमल खतिवडा बिश्वस्त छन्।




Source HKnepal

कक्षा १२ नतिजा प्रकाशित-Marksheet सहित नतिजा हेर्नुहोस


२० असोज । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा आज सार्वनजिक गरेको छ । यसपटक नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषदले जानकारी दिएको छ ।
यसैगरी नियमिततर्फ १ सय २१ जनाको परीक्षा रद्द र २ जनाको स्‍थगित गरिएको छ ।
परिषदका अनुसार आंशिक तर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ हजार ९ सय २६ अर्थात् ३२.४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण मध्ये ११ परीक्षार्थीको स्थगित र १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ । गत वर्ष जेठ/असारमा लिइएको परीक्षाको विज्ञान संकायको परीक्षाफल भने यसअघि नै प्रकाशित भइसकेको छ ।

नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्


Tuesday, October 6

क्रिकेट प्रशिक्षक दासानाइकेद्वारा राजीनामा

असोज १९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिनुभएका छन् ।
प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई आफ्नो राजीनामा बुझाउनुभएको हो ।
सन् २०११ देखि नेपाली टोलीका श्रीलङ्काली मूलका क्यानेडाली नागरिक प्रशिक्षक दासानायकले व्यक्तिगत कारणले राजीनामा दिनुभएको बताइएको छ ।
उहाँकै प्रशिक्षणमा नेपालले सन् २०१४ को मार्चमा बङ्गलादेशमा विश्व ट्वाण्टी–२० विश्वकप खेलेको थियो । यो क्रिकेटमा मात्र नभएर नेपाली खेलकूदकै अहिलेसम्मकै ठूलो उपलब्धि हो ।
राजीनामा दिएपनि अर्को महिना युएई पपुवा न्युगिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको एक दिवसीय खेलसम्म दासानायकेले नेपाली टोली हेर्ने क्यानले जनाएको छ । रासस

Sunday, October 4

शिक्षक दिवस : किन मनाउने ? कसरी मनाउने ?

स्वस्फुर्त रुपमा परिवर्तनका लागि राजि नहुने र राजनीतिमा लागेका केही शिक्षकका कारण शिक्षण पेशा प्रति वितृष्णा र गुनासाहरु बढ्दो छ । यसलाई थप सघाएका छन् सहकर्मी साथिहरुको सहकार्यलाई महत्व नदिने, पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्ने र शिक्षण सिकाइको वातावरणलाई प्रभावकारी वनाउन नसकेको जस्ता कुराले । यति हुँदा हुँदै पनि समग्रतामा अपेक्षित वातावरण सिर्जना गर्न सक्दा यो पेशाको महत्व उच्च नै छ ।
नेपालमा शिक्षकलाइ केन्द्रित गरेर धेरै पर्वहरु मनाउने गरेको पाइन्छ । कुन दिन दिवसको रुपमा मनाउन सवै भन्दा उपयुक्त होला ? शिक्षक दिवस  किन मनाउने ? कसरी मनाउने ? यो आलेखलाई त्यसमै केन्द्रित गरिएको छ ।
नेपालमा प्रत्येक वर्ष हिन्दुहरुका दुई ठुला पर्व दशै र तिहारको  छाँयामा परेर त्यति चर्चामा नआएको अक्टुवर पाँच अर्थात विश्व शिक्षक दिवस शिक्षकहरुको मुक्तिको इतिहास सित जोडिएको एक महत्तपुर्ण दिनको रुपमा लिने गरिन्छ । यो दिवसलाइ विश्वमा करिव एक सय भन्दा वढी देशहरुले भव्यताका साथ विभिन्न कार्यक्रमहरु गर्दै मनाउने गरेको पाइन्छ ।
सन १९६६ अक्टुवर पाँचमा फ्रान्सको राजधानि पेरिसमा गैरसरकारी स्तरमा शिक्षकहरुको अवस्थाका वारेमा छलफल गर्न एउटा भेला आयोजना गरिएको थियो । उक्त भेलाले शिक्षकका सेवा सुविधाका सन्दर्भमा  केहि सिफारिसहरु गरेको थियो । उक्त सिफारिसमा युनेस्को र अन्तराष्ट्रिय मजदुर संगठनका प्रतिनिधिले समेत हस्ताक्षर गरेका कारण यसकोअर्थ बेग्लै छ । वैधानिक रुपमा यसलाइ मनाउने प्रचलनको सुरुवात भने सन १९९४ अक्टुवर पाँच देखि नै युनेस्को अग्रसरतामा भएको पाइन्छ ।
विश्वका प्राय सवै देशहरुले वर्षमा एक दिन शिक्षक दिवसको रुपमा मनाउने प्रचलन रहे पनि तिथि भने आ—आफनै अवसरको आधारमा तय गरेको देखिन्छ । यसै सन्दर्भमा भारतमा सेप्टेम्वर १५ मा दोस्रो राष्ट्रपति राधा किसनको जन्मदिन पारेर, चिनमा र ताइवानमा सेप्टेम्वर १० मा कन्फ्युसियसको जन्मदिन पारेर, मे २ मा भुटानको आधुनिक शिक्षाको विकास गर्ने तेस्रो राजाको जन्मदिनको अवसर पारेर शिक्षक दिवस मनाउने गरेको पाइन्छ ।
नेपालको सन्दर्भमा भने गुरु पुर्णिमाको अवसर पारेर सामान्य कार्यक्रमहरु गरेर शिक्षक दिवस मनाउने र कतिपय विद्यालयहरुले यो अवसरमा विदा दिने प्रचलन रहेको पाइन्छ । त्यस्तै शिक्षक निकटका केहि संघ संगठनहरुले चैत्र २९ गतेलाइ समेत शिक्षक दिवसको रुपमा सम्झने चलन छ । सवै पेशामा आवद्ध मानिसहरुले वर्षमा एक पटक आफ्नो पेशागत दिवस मान्ने संसारभरकै प्रचलन हो ।
सरकारी र गैरसरकारी शिक्षण सस्थाहरुमा गरेर करिव दश लाख व्यक्तिहरु शिक्षण पेशामा आवद्ध भएको पाइन्छ । यसले नेपालको सन्दर्भमा सवै भन्दा धेरै पेशाकर्मि भएको पेशा शिक्षण हो भनेर सहजै अनुमान गर्न सकिन्छ । विडम्वना शिक्षकहरुकै लागि भनेर कुनै खास दिनलाइ सरकारी तवरवाट शिक्षक दिवसको रुपमा मनाउने चलन भने अझै सुरुवात हुन वाँकी नै छ ।
शिक्षा क्षेत्रमा सरस्वति पुजा, साक्षरता दिवस, वालदिवस, गुरुपुर्णिमा जस्ता थुप्र्रै पर्वहरु मनाउने गरिन्छ । उक्त अवसरहरुमा सरकारले विदा दिने पनि गरेको छ । यि पर्वहरु मनाउँदा शिक्षकमा खासै उत्साहित हुने अवस्था आएको देखिदैन ।  यसो भनि रहदा किन अहिले सम्म पनि शिक्षक दिवसलाई भब्यताका साथ मनाउन सकिएको छैन ? यो सोचनीय प्रश्न छ ।
हरेक दोषमा सरकारलाइ धारे हात लगाउने हाम्रो संस्कृति नै वनि सकेको छ । शिक्षक दिवस घोषणा गर्न नसक्नुमा भने  सरकार भन्दा अरुको दोष वढी देखिन्छ । यसमा राजनीतिक पार्टीको सामानान्तर संख्यामा खुल्दै गएका वेलावेलामा पेशागत भन्दा राजनितिक वढी भएको आरोप लाग्ने गरेका शिक्षक संघ संगठनहरुको आपसी विमतिले काम गरेको छ ।
अहिले वर्षको एक दिन शिक्षक दिवस मनाउनु पर्दछ भन्नेमा सवै पक्षहरु सहमते भए पनि दिवस मनाउने तिथिको घोषणाको सन्दर्भमा भने सरोकारवाला विच थुप्रै मतभेदहरु रहेको पाइन्छ । नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतका केहि शिक्षकका संगठनहरुले २०३७ साल देखि नै नेपाल राष्ट्रिय शिक्षक संगठनको दर्ता भएको दिन चैत्र २९ गतेलाइ शिक्षक दिवसको रुपमा मनाइएको पाइन्छ । यो दिनलाइ सवैले मान्दा अरु संगठनहरुले अप्ठयारो मान्न सक्छन् । त्यस्तै पौराणिक काल देखि नै व्यासको जन्मदिनको अवसर पारेर गुरु पुर्णिमालाइ समेत शिक्षक दिवसको रुपमा  विद्यार्थीहरुले शिक्षकहरुलाइ गुरुको रुपमा सम्मान गर्दै मनाइदै आएको छ । यो दिनलाइ पनि सवै समुदायका शिक्षकहरुले असल दिनको रुपमा लिन्छन् भन्न सकिदैन ।
यसको साथसाथै युनेस्को लगायतका विश्वका एक सय भन्दा वढी देशहरुमा उत्सवको रुपमा मनाइदै आइरहेको र विश्व भरीका शिक्षकहरुको मुक्तिको इतिहास संग जोडिएको दिन ५ अक्टुवरलाइ शिक्षक दिवसको रुपमा मनाउने प्रचलन पनि  नेपालमा आइसकेको छ । त्यसैले वर्षमा पटक पटक मनाइने शिक्षक दिवसहरुको साटो वर्षको कुनै एक दिनलाइ आम सहमतिमा शिक्षक दिवस घोषणा गर्न सक्नु पर्दछ । यसका लागि अक्टुवर पाँच मिलन विन्दु हुन सक्छ ।
दिवस त मनाउने तर कसरी ?
शिक्षक दिवस विद्यालय वन्द हुने दिनको रुपमा भने कदापि सुचिकृत नहोस् । त्यस्तै विगतमा शिक्षकहरुको काम भन्दा ठुलावडाको तजविजलाइ आधारमा वितरण गरिने शिक्षा पुरुस्कार जस्तो राजनितिक दलहरुको भागवण्डाको मसला वितरणको प्लेटफर्म पनि नबनोस् । यसले असल शिक्षकलाइ समाजमा परिचित हुने प्रर्याप्त अवसर प्रदान गर्न सक्नु पर्दछ । शिक्षकले गरेको योगदान र क्षमताको आधारमा अभिभावक र विद्यार्थीको सिफारीसमा पुुुरस्कृत हुने प्रर्याप्त अवसर पाउनु पर्दछ । त्यस्तै विद्यार्थी र शिक्षकको विचमा आत्मिय सम्वन्धका आधारमा खुसियाली र मान सम्मान आदान प्रदान गर्ने दिनको रुपमा परिचित गराउनु पर्दछ ।
वर्षकै सवै भन्दा उत्कृष्ट शिक्षक, विषय शिक्षक, र प्रधानाध्यापकहरुका नामहरुको घोषणा पारदर्शी मापदण्डको आधारमा गर्नु पर्दछ ।  यो दिन हरेक विद्यालयमा भुतपुर्व विद्यार्थी, अभिभावक र शिक्षकहरुको मिलन स्थलको रुपमा विकास गर्न सक्नु पर्दछ । शिक्षकले आफनो जिवनमा अनुभव गरेका महत्वपुर्ण अनुभवहरुलाइ विद्यार्थी समक्ष प्रस्तुत गर्ने दिनको रुपमा, वर्ष भरिको लागि शिक्षण सिकाइलाइ प्रभावकारी वनाउन तयार गरेका योजनाहरु शिक्षक शिक्षक विच आदानप्रदान गर्ने दिनको रुपमा र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले आफ्ना योजना र अनुभवहरु सहपाठिहरु विच साटासाट गर्न समेत यो दिवसलाइ उपयोग गर्न सकिन्छ । यसो गर्न सकिएमा शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गर्न सकिने छ ।
सवै भन्दा प्रमुख कुरा शिक्षकलाइ समाजले हेर्ने उपेक्षाको दृष्टिकोणमा व्यापक परिवर्तन आएर शिक्षकको आत्म सम्मान वढ्ने छ । यसको साथसाथै समाजमा उच्च सम्मान गर्ने पेशाको रुपमा विकास हुनेछ । सवै शिक्षकहरु एकै प्रकारका छैनन् देशलाइ उत्कृष्ट योगदान दिन सक्ने क्षमता भएका शिक्षकहरु समेत हाम्रो समाजमा छन् भन्ने सन्देश आम जनमानसमा पठाउन सफल हुन सकिन्छ ।
अर्को पाटो शिक्षक स्वयमले पनि आफ्नो निरन्तर अनुगमन भइरहेको महसुस गरी असल सार्वजनिक व्यवहार प्रदर्शन गर्न व्यवहार सुधारमा अग्रसर हुने छन् । त्यस्तै एक पटक समाजले प्रसंसा गरेको शिक्षकले त्यसलाइ कायम राख्न राजनिति र व्युरोक्रेसि प्रति भन्दा समाज र वालवालिका प्रतिको उत्तरदायीत्व वढी महसुस गर्ने छ । यो दिवसमा प्रसंसा नभएकाले अर्को शिक्षक दिवसमा राम्रो शिक्षकको सुचिमा कसरी दर्ज हुने भन्ने चिन्ताका साथ कार्य क्षेत्रमा खटेर अपेक्षित उपलब्धिहरु प्राप्त गर्न तिर ध्यान केन्द्रित गर्ने छन् । यस अर्थमा शिक्षक, अभिभावक, प्रधानाध्यापक र विद्यार्थी सवैको अन्तर सम्वन्ध सुधारमा यो शिक्षक दिवसले पृष्ठपोषकको भुमिका निभाउनु पर्दछ ।
समग्रमा नेपालको वर्तमान शिक्षा प्रणालीका थुप्रै कमजोर पाटाहरु वेलावेलामा छचल्किने गरेको देखिन्छ । त्यसैले निरन्तर रुपान्तरणको लागि विभिन्न समयमा नीतिगत व्यवस्थाहरु पनि भइरहेकै छन् । विडम्वना अझै यो अपेक्षित मार्गमा गतिशिल भएको देखिदैन । यसले शिक्षा र शिक्षणको क्षेत्रमा निरासाको विजारोपण गरेको जस्तो देखिन्छ । केन्द्रियस्तरका नीति निर्माणमा शिक्षकहरु त्यति धेरै सहभागि नभए पनि कार्यन्वयनको  पाटोमा भने महत्वपुर्ण हिस्सेदार रहेको देखिन्छ ।
यस अर्थमा शिक्षा क्षेत्रमा शिक्षकको पाटो स्वस्थ हुनु जरुरि छ ।  तसर्थ तालिम, विभिन्न मौद्रिक तथा गैर मौद्रिक उत्पे्ररकहरु शिक्षकको पाटोलाइ सुधार गर्ने महत्वपुर्ण साधन हुन सक्छन् । गैरमौद्रिक पाटो भित्र पनि शिक्षक दिवसलाइ अर्थपुर्ण ढंगवाट मनाएर नेपालका शिक्षकहरुमा खस्कदै गएको आत्मसम्मान, उत्साह, जिम्मेवारी वोध, जवाफदेहिता र समाजले शिक्षकलाइ हेर्ने लेन्समा समेत अपेक्षित परिवर्तन ल्याउन कोशेढुङ्गा सावित हुन सक्छ ।
यति हुदाँहुदै पनि सवै पेशामा सफल त्यो व्यक्ति हुन्छ जो संग फिडव्याक कुर्नको लागि समय हुदैन, सफलताको क्रेडिट खोज्दैन, प्रतिवद्धता तोड्दैन, कामवाट पछि हट्दैन, इष्र्या गर्दैन, यो काम मेरो होइन भन्दैन ।
Source Edukhabar

भूमिगतकालमा पार्टीले मलाई मार्ने षडयन्त्र गरेको थियो : डा. बाबुराम भट्टराई

आश्विन १७, २०७२- पूर्वप्रधानमन्त्री  डा. बाबुराम भट्टराईले माओवादीको भूमिगतकालमा संविधानसभाको एजेण्डा पार्टीमा पारित गराउने प्रस्ताव गर्दा आफूलाई तत्कालीन पार्टी नेतृत्वले मार्ने सम्मको योजना बनाएको र संघर्षकै कारण बाँच्न सफल भएको दाबी गरेका छन् ।
नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगग्राम भित्र आयोजित छलफल कार्यक्रमममा भट्टराईले उक्त खुलासा गरेका हुन् । पार्टी नेतृत्वले भूमिगतकालमा आफूलाई अनावश्यक लान्छाना लगाउँदै बन्दी बनाएको र बन्दी अवस्थामै सिध्याउने षडयन्त्र गरेको बताए ।
आफ्नै विरुद्ध भूमिगत र अनुशासित पार्टीले त्यस्तो गम्भीर षड्यन्त्र गर्दापनि देश र जनताको मुक्तिकालागि निरन्तर संघर्ष गरेको सुनाउँदै उनले ती संघर्ष सम्झँदा गर्व लाग्ने गरेको बताए ।
नेपालमा नेकपा एमाओवादीको सान्दर्भिकता अब सकिएको बताउँदै उनले देश नयाँ युगमा प्रवेश गरेकाले नयाँ सोच सहित मुलुकलाई वैज्ञानिक नेतृत्व गर्न सक्ने नेता आवश्यक रहेको जनाए ।
कुनै व्यक्तिको नाम उल्लेख नगरीकन उनले अगाडि भने, ‘पार्टीमा हालीमुहाली गर्दै रहेका केही उच्च खराब नेतृत्वको कारण एमाओवादीलाई सुधार्न सकिँदैन र त्यसले परिणाममूखी राजनैतिक नेतृत्व पनि दिन सक्दैन भन्ने स्पष्ट भएकाले आफूले पार्टी र सांसदबाट राजीनामा दिएको हुँ ।’
उनले अगाडि भने, 'संविधानसभाको मुद्दा विपी कोइरालाले पनि उति बेलै उठाउनु भएको थियो तर परिणाम दिन सक्नु भएन । त्यसपछि नेपालका धेरै कम्युनिष्ट पार्टीहरुले उठाए पार लागेन ।'
उनले २०५० सालपछि निरन्तररुपमा संविधानसभाको एजेण्डा जनता समक्ष लैजाने काम जोडदार रुपले गरेको बताए । '७२ सालमा संविधानसभाबाट संविधान जारी भैसकेपछि पुरानै सोचका साथ पार्टीमा बस्न उपयुक्त थिएन र मैले पार्टी छोडेँ,' उनले भने ।
उनले एमाओवादी पार्टी किन छोड्न पर्‍यो भनेर स्पष्ट पार्न जिल्ला दौडाहामा लागेको बताए ।
'तपाईंहरुलाई पनि यसले पार्टी किन छोड्यो भनेर पनि दिमाग खल्बलियो होला । त्यो स्वभाविक पनि हो,' उनले भने, 'म भारतपरस्त व्यक्ति होइन । मलाई संविधान जारी हुँदै गर्दा ( मेरो एजेण्डाले अन्तिम रुप पाउँदै गर्दा ) भारत परस्त भनेर पार्टीका ठूला नेताले घोक हाले । म भारत परस्त हुँदै होइन । अरु उपाए थिएन उनीहरुसँग । अनि मेरो खोइरो खन्न थाले । हुँदाहुँदा त 'रअ'को कार्यकारी नै बाबुराम हो भन्ने सम्मका निकृष्ठ बचन पनि पोखे ।'
'खराब मित्रहरु म सँग आउलान र मेरो नयाँ अभियान बिर्गालान भन्ने हेक्काकै कारण म एक्लै पार्टी छोडेको हुँ । एमाओवादीलाई अब यो भन्दा सुधार्न सक्दैसकिँदैन र नसुधरिने पार्टीमा बसेर जनतालाई देश र विषय वा चेतना साटने संघर्ष गर्ने अवस्था नै थिएन । त्यसैले बाहिर विभिन्न दलमा रहेका वा स्वतन्त्र रहेका साथीहरुसँग सल्लाह छलफल गरौं र निचोडमा पुगौला भन्ने चाहना र उद्देश्य मेरो हो,' उनले भने ।
डा. बाबुराम आजै रुपन्देहीमा आयोजित कार्यक्रमका लागि भैरहवा गएका छन् ।

Saturday, October 3

परीक्षामा सोधियो अनौठो प्रश्न, आमालाई बचाउँछौ कि प्रेमिकालाई ?


Image result for fire house
घरमा आगो लागिरहेको छ । घरभित्र तपाइँको आमा र प्रेमिका छन् । एकजनालाई मात्र बँचाउन सक्नुहुन्छ भने तपाइँले आमा र प्रेमिकामध्ये कसलाई रोज्नुहुन्छ ?
धर्मसंकटमा पार्ने यो प्रश्न ख्यालख्यालमा सोधिएको वा कसैको मन बुझ्नलाई हँसिमजाकमा सोधिएको प्रश्न होइन । वकिल तथा न्यायाधीशको परीक्षामा सोधिएको प्रश्न हो ।
चीनमा हालै भएको वकिल तथा न्यायधीशहरुको परीक्षामा यहीँ प्रश्न सोधियो । स्मरण रहोस् सरकारले लिने यो परीक्षा पास गरेपछि मात्र चीनमा वकालत गर्न वा न्याय क्षेत्रमा जागिर खान पाइन्छ ।
सरकारी परीक्षामा यस्तो प्रश्न सोधिएपछि परीक्षार्थीहरुले आ आफ्नो तर्कका आधारमा उत्तर दिए । तर पछि चीन्को न्याय मन्त्रालयले यो प्रश्नको सही उत्तर प्रकाशित गर्यो र भन्यो प्रेमिका र आमामध्ये आमालाई बचाउनु नै सही उत्तर हो ।
आमालाई बचाउनु परीक्षार्थीहरुको कर्तव्य रहेको भन्दै मन्त्रालयले आमालाई छाडेर प्रेमिकालाई बचाउन लाग्नु अपराध भएको ठहर गरेको छ ।
तर सरकारको यो उत्तरले सबै चिनियाको चित्त बुझाएन । चिनिया इन्टरनेट प्रयोगकर्ताले सरकारले सोधेको प्रश्नमाथि नै प्रश्न उठाए ।
आफ्नो अभिभावकलाई सहयोग गर्ने कर्तव्यसँग आपतकालमा अरु कोहीलाई उद्धार गर्ने कुरालाई तुलना गर्नु नै हास्यास्पद रहेको टिप्पणी नेटिजन्सको छ ।
कतिपयले कानूनी तर्क लगाएर भनेका छन् । एकजनाले लेखेका छन् : कानून अनुसार कुनैपनि छोराको आमा हुनैपर्छ । तर अरु मानिसपनि खतरामा भएको बेला आमालाई नै बचाउनु पर्छ की पर्दैन भन्ने कुरा कानूनमा बोलिएको छैन ।
एकजना युवाले अलिक दह्रो मन बनाएर लेखेका छन् : केटीहरु त जहाँतहीँ पाइन्छन् तर मेरी आमा भने एउटै मात्र हुनुहुन्छ ।
एक अर्का नेटिजनको तर्क भने बेग्लै छ । उनले यस्तो अवस्थामा आफुले आमालाई नै बचाउने भन्दै लेखेका छन् : आमाले मलाई हुर्काउनुभयो । गर्लफ्रेण्ड आमाभन्दा जवान पनि छिन् र उनी आगलागी हुँदा आफै भाग्नसक्ने सम्भावना पनि बढि हुन्छ ।
तर वकिल तथा न्यायाधीशको परीक्षामा यस्तो एकलिंगीय प्रश्न अर्थात् केटाका लागि मात्र सुहाउने प्रश्न किन सोधेको भनेर प्रश्न गर्ने भने भेटिएनन् । आशा गरौँ अर्को वर्षको परीक्षामा सोधिनेछ : तपाइँले आफ्नो ब्वायफ्रेण्डलाई बँचाउनुहुन्छ की बुवालाई ?-बीबीसी

Friday, October 2

फेसबुक प्रोफाइल फोटोमा नेपाली झण्डा यसरी राख्नुहाेस्

अहिले नेपाली फेसबुक प्रयोगकर्ताहरुको फेसबुक प्रोफाइल फोटोमा नेपालीपन झल्केको देख्न सकिन्छ। आफ्नो फेसबुक प्रोफाइल फोटोमा नेपाली झण्डा राख्ने होड अहिले सबै नेपाली फेसबुक प्रयोगकर्ताहरुमा रहेको छ।  
 
यो एप्लिकेशन आएको मात्र तीन दिन भयो। तीन दिन मै यो एप्लिकेशन यति प्रख्यात भयो कि मात्र तीन दिनमा यसले २२ हजार लाइक्स पाएको थियो। यही एपका कारण अहिले नेपालीहरुले आफ्नो प्रोफाइल फोटोमा राष्ट्रियताको भाव झल्काउन सकेका छन्। 
 
यो एप्लिकेशन २० बर्षिय सुवास पाठकले बनाएका हुन्। उनी एक सफ्टवेयर डेभ्लपर हुन्। 
 
अहिले भइरहेको नेपालको स्थितिमा राष्ट्रियता झल्काउन फोटोसपका मद्दतले उनले आफ्नो प्रोफाइल फोटोमा नेपालको झण्डा राखेको थिए। सबै साथीहरुले पनि फोटोसपका मद्दतले आफ्नो प्रोफाइल फोटोमा पनि नेपालको झण्डा राख्न उनलाई आग्रह गरे। 
 
‘एक एक गरेर सबैको फोटोकमा नेपालको झण्डा राख्न असम्भव थियो। यहि कुराले गर्दा मलाई यो एप्लिकेशन बनाउने सोच आयो र २ घण्टामै मैले यो एप्लिकेशन तयार पारँे। यो एप्लिकेशन यति धेरै लोकप्रिय हुन्छ भन्ने कुरा मैले सोचेको पनि थिइन,’। 
 
हाल यो गुगल क्रोम र मोेजिला फायरफक्समा उपलब्ध रहेको छ। 
 
आफ्नो प्रोफाइल फोटोमा नेपालको झण्डा राख्न यो लिंकमा क्लिक गर्नुहोस्।
 

Thursday, October 1

प्रधानमन्त्रीले भोलि राजीनामा दिने

Image result for prime minister of nepalधानमन्त्री सुशील कोइरालाले शुक्रबार राजीनामा दिने भएका छन् । संविधानसभाबाट संविधान जारी भएपछि नयाँ सरकार निर्माणका लागि बस्न लागेको व्यवस्थापिका संसद्को बैठकमा प्रम कोइरालाले राजीनामा दिने भएका हुन् । प्रम कोइरालाले भोलि नै राजीनामा दिने संकेत भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा गरेका हुन् । काठमाडौंको होटल अन्नपूर्णमा विदेशी सञ्चारमाध्यमका नेपालस्थित पत्रकारहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अन्तरक्रियामा सहभागी पत्रकारहरुले प्रधानमन्त्रीको राजीनामा भोलि नै हुन्छ त भन्ने प्रश्नमा उनले सकारात्मक प्रतिक्रिया दिए । असोज ३ गते संविधान जारी गरेर संविधानसभा विघटन भएपछि सभामुख सुबास नेम्वाङले शुक्रबारका लागि संसद् बैठक आह्वान गरेका छन् । नयाँ संविधानमा संसद् बैठक शुरु भएको सात दिनभित्र नयाँ प्रधानमन्त्री छानिसक्नुपर्ने प्राबधान छ ।

Wednesday, September 30

अमेरिका जाने चिठ्ठा खुल्यो


आश्विन १३, २०७२- अमेरिकाको स्थायी नागरिक भएर जाने सबभन्दा सहज प्रक्रिया अमेरिकी डिभी चिठ्ठा २०१७ को बिहीबारदेखि खुला भएको छ  ।
डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि कात्तिक १७ सम्म रहने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख छ ।  
आवेदन नि:शुल्क रुपमा गर्न सक्ने र त्यसको लागी वेबसाइटमा गए हुने समेत उल्लेख गरेको छ । कुनै कन्सलटेन्सी वा कतै गएर भर्नुभन्दा आफैंले भर्न प्रोत्साहन गर्दै उक्त चिठ्ठामा अरुको सहयोग लिएर भरेपनि सबै जिम्मवार डिभी जसको नाममा भरिन्छ उसैको हुनेसमेत उल्लेख छ ।
अमेरिकी वेवसाइट डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जीओभीमा गएर भर्न सकिने समेत उल्लेख गरेको छ  । डीभी भर्दा आफ्ना २१ बर्ष भन्दा मुनीका सबै सन्तानको विबरण उल्लेख गर्नपर्ने समेत जनाएको छ । डीभी चिठ्ठामा छानिदैमा भिसा पाउने निश्चित नहुने पनि दूतावासले स्पष्ट पारेको छ ।
चिठ्ठा परेपछि भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले योग्यता पूर्ण छ वा छैन परीक्षण गर्नेछ । त्यसपछि अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि योग्य  रहे नरहेको हेरेरमात्र निर्णय लिनेछन् ।

Saturday, September 26

शिक्षकको आवेदन दिँदा कुटाइ

१० असोज, खोटाङ । खोटाङको कृष्ण उच्चमावि टेम्मामा अनुदान कोटामा अंग्रेजी र नेपाली विषयको शिक्षक आवश्यक भन्ने सूचना पाएपछि आवेदन दिन आएका आवेदकलाई स्थानीय युवाबाट कुटिएका छन् । school_teacher5विद्यालयले भदौ २९ देखि असोज ६ सम्म आवेदन दिन पाउने गरी आवेदन खुलाएपछि आवेदन दिन विद्यालय पुगेकामध्ये कल्याण बस्नेतले कुटाइ खाएको अन्नपूर्ण पोष्टमा खबर छ । ‘तुरुन्त आवेदन फिर्ता लैजा । हामी हाम्रो मान्छेलाई शिक्षक बनाउने अभियानमा छौं, आफूले परीक्षाका लागि योग्यता पुगेका नेपालका जो सुकैले पनि सहभागी हुन पाउनुपर्छ भन्दा कुटपीट गरिएको बताउँदै पीडित बस्नेतले भने, ‘आफ्नो ज्यान जोगाउन मैले आवेदन फिर्ता गरेको हुँ ।’ स्थानीय विष्णुराज राईको नेतृत्वमा मनकुमार राई, सानुकाजी राई, प्रेमकुमार राई र खड्गबहादुर राईले आफ्नो मान्छे हीराकला राईलाई शिक्षक बनाउने भन्दै कुटपीट गरेको गुनासो बस्नेतले गरे । हीराकलालाई जागिर खुवाउन उनीहरुले आवेदन दिन आएकालाई आवेदन फिर्ता लिन दबाब दिँदै आएका छन् । ओख्रे डाँडागाउँका सुभाव पराजुली, सोही ठाउँमा रमेश थापा, मंगलटारका नन्दराज राईलगायतलाई आवेदन फिर्ता लिन धम्क्याएपछि उनीहरुले आवेदन फिर्ता लिएका थिए ।

लोकसेवाले लिने परीक्षा नरोकिने-आयोगका सदस्य डा. गोविन्द कुसुम

काठमाडौं – लोकसेवा आयोगले क्यालेन्डरअनुसा र नै सरकारका विभिन्न सेवा समूहका परीक्षा लिने भएको छ । मुलुक संघीय शासनमा गएको भए पनि त्यसको पूर्ण व्यवस्थापन हुन बाँकी रहेकाले आयोगले क्यालेन्डरअनुसा र नै परीक्षाका लागि गृहकार्य थालेको हो । आयोगका सदस्य डा. गोविन्द कुसुमले आयोगले सञ्चालन गर्ने परीक्षालगायतका कुनै पनि कार्य नरोकिने जानकारी दिए । ‘आयोगले यस वर्ष पनि वार्षिक क्यालेन्डरअनुसा रको परीक्षा सञ्चालन गर्ने तयारी थालिसकेको छ’, कुसुमले भने,‘सबै सेवा समूहका परीक्षा निर्धारित समयमा नै हुनेछन् ।’ नयाँ संविधान जारी भएपछि मुलुक संघीय शासनमा प्रवेश गरेकाले हालका केन्द्रीय निकायका कर्मचारीलाई कसरी कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या उत्पन्न भएको छ । केन्द्रमा रहेका ८० हजारभन्दा बढी कर्मचारीलाई प्रान्तमा कसरी पठाउने भन्ने मोडालिटी बन्न सकेको छैन ।