ADS

Tuesday, March 22

लोकसेवा तयारी गरिरहनुभएकोहरुले हेर्नै पर्ने एक निशुल्क भिडियो सामाग्री हेर्नुहोस

निशुल्क लोकसेवा Online Test को लागी Click गर्नुहोस Subscribe

Thursday, March 17

गत वर्षको शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको मध्यमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न र तिनको उत्तर:-

ONLINE TEST
१• शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन 
२०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार 
प्रयोग गरी नेपाल सरकारले बनाएको हो ? 
> दफा १९ 
२• शिक्षा ऐन २०२८ (संशोधनसहित) मा गाउँ 
शिक्षा समितिको अध्यक्षमा को रहने
व्यवस्था गरिएको छ ?
> गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम
गर्न तोकिएको व्यक्ति
३• राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग,
उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै
कुराको आधारमा भेदभाव गरिनेछैन– भनी नेपालको अन्तरिम
संविधान २०६३ को कुन मौलिक हकमा भनिएको छ ?
> समानताको हक
४• कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष
सेवा अवधि पूरा गरी अवकाश
हुँदा निजको आखिरी महिनाको तलब भत्ता रु १८,००० रहेछ
भने उसको मासिक निवृतिभरणको रकम कति हुन आउछ ?
> रु ९,०००
५• विद्यालय व्यवस्थापन
समितिको अध्यक्षको राजीनामा कसले स्वीकृत गर्दछ ?
> सम्बन्धित जिल्ला शिक्षा समितिले
६• शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक
विद्यालयमा नेपाल सरकारबाट स्वीकृत
दरबन्दीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक
दरबन्दीमध्ये ४५ प्रतिशत पद
समावेशी समूहका लागि छुट्याइएकामा सोको कति प्रतिशत
महिलाका लागि छुट्याइएको हुन्छ ?
> ३३ प्रतिशत
७• सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालित
विद्यालयले उत्तराधिकारी तोक्दा कुन निकायबाट स्वीकृत
लिनुपर्ने व्यवस्था छ ?
> शिक्षा मन्त्रालय
८• तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय
बढी आवश्यक हुन्छ ?
> भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा
९• शिक्षक सेवा आयोगमा लिइने प्रतियोगितात्मक
परीक्षाका लागि अन्तर्वार्ताको पूर्णांक कति हो ?
> २५ अङ्क
१०• मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था गर्ने
सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित)
मा भएको प्रावधान तलका मध्ये कुनचाहि हो ?
> प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ
(बाँकी प्रश्नोत्तरका लागि प्रतिक्षा गर्नुहोला)

भागुन २२ गते सनिवार लोकसेवा आयोगले नायव सुब्बाको प्रारम्भिक परीक्षाको नतीजा आज ..

Check Result
Subscribe