ADS

Friday, April 24

लोक सेवा आयोगको तयारी कसरी गर्ने ।

2०६९ को सहसचिवको परीक्षामा सर्वोत्कृष्ट भएका वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव  किरणराज शर्माको लोकसेवाको तयारीको टिप्स :
सफलताका लागि टिप्स
  •  अध्ययन सामग्रीको खोजबिन गर्ने,
  •  पाठ्यक्रमअनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,
  •  राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,
  • बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्त्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।
  • सम्बन्धित विषयका विद्वान्हरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,
  • अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।
  • परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,
  • पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,
  • इन्टरनेटमा पाठ्यक्रमअनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।
  • पाठ्यक्रमअनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने,
  • उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,
  • बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।
  • एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,
  • कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,
  • एकाग्रताको विकास गर्ने,
  • पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेटजति ब्रेक लिने
  • दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,
  • ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,
  • ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,
  • लेख्दै पढ्ने,
  • मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने
  • शुद्ध र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,
  • अवधारणा, सिद्धान्त,(www.insuplazaa.blogspot.com) अभ्यासजस्ता विषयमा जानकारी राख्ने,
  • प्रश्नले सोधेको मात्र उत्तर राख्ने,
  • सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,
  • दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,
  • मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,
  • सीप सिक्ने चाँजोपाँजो मिलाउने,
  • धैर्य राख्ने, निरन्तर लगाब राख्ने,
  • आत्मविश्वास कायम गर्ने,
  • स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,
  • लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्दचयन गर्ने,
  • समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,
  • मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।
अन्तर्वार्ता फेस गर्दा
  • अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने,
  • इक्वायल आई कन्ट्याक्ट गर्ने,
  • शिष्टतापूर्वक जवाफ दिने,
  • विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने,
  • अवस्था र परिस्थितिअनुसार जवाफ दिने,
  • प्रश्नलाई आफूले(www.insuplazaa.blogspot.com) जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने,
  • जानकारी भए पनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने,
  • अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने,
  • मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने,
  • नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने
स्रोत :- http://enayapatrika.com/update/20106.html

मिति 2071 चैत्र 04 गते प्रकाशित गोरखापत्रको बस्तुगत छोटा प्रश्नहरु मिति 2071 चैत्र 04 गते प्रकाशित गोरखापत्रको बस्तुगत छोटा प्रश्नहरु

  1. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाउने गरिन्छ ?
    • मार्च 15
  2. नयाँ लक्ष्य निर्धारण गर्न र नयाँ सपना देख्न तिमी कहिल्यै बुढो हुदैनौ भन्ने विचारक को हुन ?
    • सीएस लेविस
  3. बनेपा-सिन्धुली-बर्दिवास सडकको लम्बाई कति रहेको छ र?
    • 160
  4. वि.सं. 2071 फागुन 24-26 सम्म नवजात शिशु, उनीहरुमा लाग्ने रोग, संक्रमण र निदान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (ILCON-2015) कहाँ सम्पन्न भयो ?
    • धरान
  5. ISBN को पुरा रुप के हो ?
    • International Standard Book Number
  6. सोलार इम्पल्स-2 भनेको के हो ?
    • सूर्य उर्जाबाट चल्ने हवाइजहाज
  7. नेपाल जैविक विविधतामा विश्वको कतिऔ स्थानमा रहेको छ ?
    • 25 एसियामा 11 औ
  8. वि.स. 2071 फागुन 28 मा राजधानीमा आयोजित एक विशेष समारोहमा चलचित्र वर्ष व्यक्तिका रुपमा सम्मानित हुने प्रतिभा कोको हुन् ?
    • सौगात विष्ट र प्रियंका कार्की
  9. ग्लोबल फाइनान्स वर्ड बेस्ट बैक अवार्डका साथै द वल्र्ड वेष्ट इमर्जिङ मार्केट्स बैक इन एसिया प्यासिफिक-2015 बाट सम्मानित हुने बैक कुन हो ?
    • स्टान्डर्ड चार्टड बैक नेपाल लि.
  10. नयाँ संसार भनि चिनिने महादेश कुन हो ?
    • उत्तर अमेरिका
  11. अफ्रिका महादेशको घाँसे मैदानलाई के भनी चिनिन्छ ?
    • भेल्ड
  12. बैदिक कालमा वेदको अध्ययन पछि सन्यास लिने महिलालाई के भनिन्थ्यो ?
    • ब्रह्मवादिनी
  13. प्रशान्त महासागर कुन आकारमा रहेको छ ?
    • त्रिभुजाकार
  14. 2007 सालको जनआन्दोलन पछिका पहिलो शिक्षा मन्त्री को थिए?
    • नृपजंग राणा
  15. एक क्यालोरीमा कति जुल हुन्छ?
    • 2 जुल
  16. उपग्रह नभएका ग्रहहरु कुन कुन हुन् ?
    • बुध र शुक्र
  17. तलकामध्ये तारापुञ्जको प्रकार कुन हो ?
    • माथिका सबै ( अण्डाकार, स्पाइरल, अनियमित)
  18. बेहोस भएको व्यक्तिलाई सबैभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ ?
    • Airway, Breathing and Circulation
  19. चण्डी पूजा कुन जातिमा प्रचलित छ?
    • राई
  20. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
    • रणजित मल्ल
  21. नेपालमा पर्यटन वर्ष 2011 को मुल नारा के थियो ?
    • पर्यटनका लागि सँगसँगै
  22. क्षयरोगबाट बाच्न कुन खोप प्रयोग गर्नु उपयुक्त हुन्छ ?
    • वी.सि.जी.
  23. महर्षि बाल्मीकिद्धारा लिखित राममायणका सात काण्डमा तलकामध्ये कुन पर्दैन ?
    • शान्तिकाण्ड
  24. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
    • सेन्सर गोश्वरा
  25. गाउँ विकास समितिको वर्षिक बजेट  तथा कार्यक्रम कसले पारित गर्छ ?
    • गाउँ परिषद्ले
  26. नेपालको पहिलो कलेज त्रिचन्द्र कलेज आफ्नो स्थापनाकालमा कुन विश्वविद्यालयसँग सम्बन्धित थियो ?
    • कोलकता
  27. निजामती कर्मचारीको बैक्तिक विवरण तथा अन्य अभिलेख कहाँ राखिन्छ ?
    • निजामति किताबखाना

सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict)

सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict)

विवाद:-समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्रिया, छलमल, असन्तुष्टिलाई विवाद भनिन्छ । विवादले द्वन्द्वको सिर्जना गर्छ । विवादको विकसित रुप नै द्वन्द्व हो । यो निश्चित समयका लागि रहने (छोटो) असहमति हो ।Short Term Phenomena हो । यो conflict को एक भाग मात्र हो ।
द्वन्द्व :-समाजमा Power, Authority, Resources & Opportunity (PARO) को प्रयोग र वितरणमा सबैको  समान पहुँच नभएको अवस्थामा उत्पन्न हुने मनमुटाव, असन्तुष्ति, झगडा, विवाद र विचारको बेमेललाई नै द्वन्द्व भनिन्छ । तापाइ अहिले  मा हुनुहन्छ। द्वन्द्व लामो अवधिसम्म रहने असहमति र विवाद हो । Long Term Phenomena हो । योUmbrella Term हो । Disagreement, Dispute, depute पर्दछन् ।

सामाजिक विवाद र द्वन्द्वका कारणहरु (Causes of Social Dispute and conflict)

  • वर्ग विभेद
  • असमान-वितरण
  • भाषिक तथा धार्मिक विभेद
  • सामाजिक हिंसा (दलित, बोक्सी, छाउपडी व्यवस्था)
  • संगठनात्मक कारण (विवाद समाधान गर्ने क्षमता, योजना, कार्यक्रम अभाव)
  • अशिक्षा/नागरिक शिक्षाको अभाव
  • विश्वव्यापीकरण निजीकरण
  • सूचना प्रविधिको तिब्र विकास

द्वन्द्वका दृष्टिकोणहरु

  1. नकारात्मक दृष्टिकोण :- यो मान्यता सन् 1930 सम्म रह्यो । यो मन्यता द्वन्द्व सिर्जना गरिनु हुन्न, यसले जनधनको क्षति पुर्याउछ । जसले गर्दा समाजमा हिंसा सिर्जना भई समाज पतन हुने खतरा रहन्छ तसर्थ यसको नियन्त्रण गर्नु वा यसलाई दबाउनु नै सर्बोत्तम हुन्छ भन्ने मान्यता यस दृष्टिकोणले राख्दछ ।
  2. सकारात्मक दृष्टिकोण :- यस दृष्टिकोणले द्वन्द्वलाई स्वभाविक र समाजको परिवर्तको अपरिहार्यता ठान्दछ । द्वन्द्वलाई स्वभाविक रुपमा लिई यसलाई सहि तरिकाले समाधान गरियो भने द्वन्द्व विकास हुन सक्दछ तसर्थ यसलाई दमन र नियन्त्रण गर्नुभन्दा यसको समाधान खोजिनुपर्छ भन्ने मान्यता यसको हो । यो मान्यताले सन् 1970 सम्म मान्यता पायो ।
  3. अर्न्तक्रियात्मक दृष्टिकोण :- सन् 1970 को दशकपछि मान्यता पाएको यो दृष्टिकोणले द्वन्द्वलाई एक हदसम्म प्रोत्साहित गर्नुपर्छ, ; समाज गतिशिल भएकोले समाजमा राखिने फरकमत र दृष्टिकोणलाई समर्थन गर्नाले नयाँ शैली र प्रविधिको प्रयोग हुन पाउछ जसले गर्दा समाजमा कोही कसैको एकाधिकार रहन पाउदैन र सिर्जनर्यशिलता र नविनतम् प्रविधिको विकास निरन्तर भइरहन्छ । तापाइ अहिले मा हुनुहन्छ। तसर्थ केही परिवर्तन र नविनतम्को लागि द्वन्द्वलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हो तर द्वन्द्वले विकराल रुप नल्यावस भन्नका लागि सजक हुनुपर्छ । 

द्वन्द्वका नकारात्मक पक्ष

  • सामाजिक सद्भाव विग्रने
  • हिंसा बढ्ने
  • सामाजिक विकासको कार्यमा बाधा पुग्ने
  • शान्ति सुरक्षामा चुनौती
  • जनधनको क्षती भई आर्थिक विकासमा असर
  • अन्तराष्ट्रिय छवि विग्रने
  • पर्यटन व्यापार विकासमा अवरोध
  • बसाइसराई
  • सामाजिक कुरिती र समस्या बढ्ने
  • देशलाई आर्थिक भार/ शैनिक  खर्च बढ्ने
  • बाह्य हस्तक्षेप
द्वन्द्वका सकारात्मक पक्ष
  • द्वन्द्वले समस्याको पहिचान र समाजको उपाय खोज्दछ ।
  • पिछडिएको वर्ग, समुदायको आवाजको प्रतिनिधित्व हुन्छ ।
  • द्वन्द्वको समाधान गरिएमा द्वन्द विकास हुनसक्छ ।
  • द्वन्द्वले समाजलाई गतिशिलता र परिवर्तनशिल बनाउछ ।
  • नयाँ सोच र चिन्तनको विकास गराउछ ।
  • समाजमा नेतृत्वको बिकास गराउछ  ।
  • नयाँ अवसरको सिर्जना गर्दछ ।

सामाजिक विवाद तथा द्वन्द्व व्यवस्थापन गर्ने तरिका

शान्तिपूर्वक द्वन्द्वको व्यवस्थापन
  • मेलमिलाप
  • बार्ता
  • मध्यस्थता
  • न्यायिक निर्णय
  • सामाजिक अन्तर्क्रिया
  • लेनदेन, सम्झौता
  • पञ्चनिर्णय
बलपूर्वक द्वन्द्वको व्यवस्थापन
  • बदला
  • प्रतिघात
  • शान्तिपूर्ण नकाबन्दी
  • प्रतिबन्ध
  • हस्तक्षेप

सामाजिक विवाद  तथा द्वन्द्व व्यवस्थापनमा संलग्न पात्रहरु (Agents)

  • सामाजिक अगुवा/ नागरिक समाज
  • राजनैतिक नेतृत्व
  • धार्मिक तथा जातिय समुदाय
  • नीजि क्षेत्र
  • अन्तराष्ट्रिय समुदाय/ दातृ निकाय
  • विभिन्न मध्यस्तकर्ता

नेपालमा द्वन्द्व व्यवस्थापनका लागि भएका प्रयासहरु

२०५२ सालदेखी मुलुकमा चलेको सशस्त्र युद्ध १० वर्षसम्म कायम रह्यो । यस अविधिमा हजारौ नेपाली जनताको मृत्यु एवम् भौतिक पूर्वाधारको  क्षति भयो । देशको आर्थिक विकास ठप्प रह्यो । २०६३ को शान्ति सम्झौतापछि मुलुकमा एक किसिमको शान्ति छायो । शसस्त्र द्वन्द्वका लडाकुहरुलाई हतियार व्यवस्थापनका साथ सेनामा समायोजन गरी एक किसिमको द्वन्द्व अन्त भएको देखिन्छ ।
तर अझै पनि गठित संविधानसभा २०६४ हाल गठित राज्य पुनसंरचना, शासकीय स्वरुप कस्तो रहने भन्ने कुरा विवादित नै छ । यस विवाद र द्वन्द्वले २०६४ सालमा गठित संविधान सभा विगठित भयो । तापाइ अहिले सुबोधघिमिरे डट कम डट एनपी मा हुनुहन्छ। हाल फेरी संविधानसभाको निवाचन घोषणा भएको छ र ति समस्याको समाधान अझै गर्न बाँकी छ भने द्वन्द्वकालको समस्य समाधान गर्न पनि सरकारले विभिन्न कार्यक्रम र नीति ल्याएको देखिन्छ ।
  • विपद् व्यवस्थापनका लागि ७५ वटै जिल्लामा विपद् पूर्वतयारी कार्यक्रम संचालित छन् ।
  • द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचना पूर्न निर्माण गर्ने कार्य भइरहेको छ ।
  • द्वन्द्व पिडित तथा सहिद परिवारलाई राहत प्रदान कार्य भएको ।
  • द्वन्द्वका कारण स्थानान्तरण/ विस्थापित भएकाहरुलाई पुनस्थापन गर्ने कार्य भएको छ ।
  • शिवरमा रहेका लडाकुको हतियार व्यवस्थापन तथा उनीहरुलाई स्वच्छिक अवकास तथा समायोजनको कार्य सम्पन्न भएको छ ।
  • शान्ति स्थापना, सशस्त्र द्वन्द्व गरिरहेका विभिन्न गुट एवम् समूहहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि बार्ता गर्ने, उनीहरुको न्यायोचित मागलाई सम्बोधन गर्ने कार्य शान्ति तथा पुनर्निर्माण मन्त्रालय तथा विभिन्न अगुवाहरुले गरिरहेको छ ।

द्वन्द्व व्यवस्थापनमा प्रशासनको  भूमिका

   समाजबाट सिर्जित द्वन्द्वबाट प्रशासन पनि अछुतो रहन सक्दैन । प्रशासन त्यो संयन्त्र हो जसले राज्यका नीति र कार्यक्रमलाई जनतासम्म पुर्याई जनताको जीवनस्तर उकास्ने गर्दछ । तसर्थ यसले गर्ने कार्यले पनि ठुलो भूमिका खेल्दछ ।
  • सार्वजनिक सेवाहरु विनाभेदभाव, निष्पक्ष र प्रभावकारी ढंगले प्रवाह गर्ने ।
  • विकास निर्माणका कार्य गर्दा जनसहभागितामूलक विकासमा जोड दिने ।
  • स्थानीय स्रोत साधनको परिचालनमा विशेष ध्यान दिने ।
  • स्थानीयस्तरमा सिर्जना भएका विवादहरु समाधान गर्न सम्बन्धित पक्षसँग छलफल /बार्ता गर्ने
  • द्वन्द्व सम्बन्धि सही सूचना तथा जानकारी समयमै उपलब्ध गराउने ।

स्रोत : अध्यनको क्रममा संकलन गरिएका विभिन्न लेखकहरुको किताब ।

स्रोत : insuplazaa.blogspot.com