त्रिभुवन विश्वविद्यालयले २०७२ सालमा सञ्चालन गर्ने स्नातक प्रथम वर्ष र स्नातकोत्तर प्रथम वर्षको परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।
त्रिविका अनुसार मानविकी, विज्ञान, व्यवस्थापन, कानुन र शिक्षाशास्त्र विषयको नियमित र आंशिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो ।
स्नातक तहको मंसिर २४ देखि र स्नातकोत्तर तहको मंसिर २० गतेबाट परीक्षा सञ्चालन हुने छ । स्नातक तहको विहान ७ देखि १० बजेसम्म र स्नातकोत्तर तहको दिउँसो १२ देखि अपरान्ह ४ बजेसम्म परीक्षा सञ्चालन हुने जनाइएको छ । तालिका आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।
Download