नेपाली सेनाको जंगी अड्डाले १ सय ७५ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। विभिन्न ट्रेडको प्राविधिक तथा बिल्दार पदहरुका लागि सेनाले दरखास्त माग गरेको हो। आजैको दिनदेखि फागुन ७ गतेसम्म इच्छुक आवेदकले शैक्षिक योग्यताको प्रमाणपत्रसहित आफू उपस्थित भएर फाराम भरेर बुझाउन सक्नेछन्।
पदीय ट्रेडअनुसार आवेदन दस्तुर २ सयदेखि ४ सय रुपैयाँसम्म तोकिएको छ। नेपाली सेनामा बहाल रहेका कर्मचारीबाहेक अन्यलाई उमेर हद पनि तोकिएको छ। उमेर हद नलाग्ने बहालवाला कर्मचारीको हकमा भने सेवा सुरु भएको १ वर्ष पुरा भएको हुनुपर्नेछ।
Online Foram