तलाका फोटोमा लाइक गरी थप जानकारी लिनुहोस
मावि शिक्षकमा ६ सय कोटा खुल्दै
काठमाडौँ, २ फागुन । शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि ६ सय विज्ञापन गर्ने भएको छ । विभागले देशभरमा ६ सय ११ शिक्षकको पद रिक्त भएको विवरण दिएपछि नयाँ रोजगारीका अवसर खुलाउन थालेको हो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले फागुन महिनामै शिक्षकको विज्ञापन गरिने बताए ।
नेपालको सबैभन्दा बढी पश्चिमाञ्चल विकास क्षेत्रमा शिक्षक दरबन्दी रिक्त रहेका छन् । सो विकास क्षेत्रमा माध्यमिक तहमा मात्र कुल १ सय ९२ शिक्षकको पद रिक्त रहेको शिक्षा विभागका निर्देशक तथा प्रवक्ता वैकुण्ठ अर्यालले बताए । उनका अनुसार माध्यमिक तहका लागि ६ सय ११ दरबन्दी विवरण शिक्षक सेवा आयोगलाई पठाएको हो । अन्य तहका लागि पनि विभागले विवरण माग गरेको छ ।
एकैचोटी धेरै तहमा विज्ञापन गर्दा सेवा आयोगको परीक्षा दिने व्यक्तिदेखि व्यवस्थापनमा समेत समस्या पर्ने भएकाले पटक–पटक गरेर रिक्त पदपूर्ति गर्दैछ ।
सुविधा राम्रो भएकाले यो पेशामा युवाको आकर्षण धेरै छ । शिक्षक सेवामा प्रवेश गर्नका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छ । आयोगका प्रशासकीय प्रमुख पौडेलका अनुसार प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक गरी तीन तहमा सात लाखको हाराहारीमा अध्यापन अनुमति लिएर बसेका युवाहरु छन् आजको एजु खबरले छापेको छ ।
मावी तहमा कुन–कुन विषयमा कति–कति शिक्षक आवश्यक ?
विज्ञानः १४५
अंग्रेजीः १२८
नेपालीः १०७
सामाजिकः ९३
गणितः ८४
लेखाः २०
गणित विज्ञानः ९
स्वास्थ्य, जनसंख्या तथा वातावरणः ७
अर्थशास्त्रः ६
संस्कृत साहित्यः ३
कम्प्युटर विज्ञानः ३
संस्कृत भाषाः ३
शिक्षाः २
ज्योतिष तथा वेदः १
कृषि शिक्षाः 1
Download
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...