ADS

Tuesday, December 1

नेपाल प्रहरी, प्रहरी सहायक निरीक्षक (जनपद) पदको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका प्रश्न र तिनका उत्तर

नेपाल प्रहरी, प्रहरी सहायक निरीक्षक (जनपद) पदको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका प्रश्न र तिनका उत्तरहरुः-
१. विश्व महिला दिवस कहिले मनाइन्छ ? मार्च ८ २. वि.सं. २०७१ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरेका हुन् ? अंगुरबाबा जोशी ३. संयुक्त राष्ट्र संघको पहिलो विशिष्टकृत सँस्था कुन हो ? WTO ४. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ? प्रशान्त महासागर ५. ओलम्पिक खेलको शुरुवात कुन देशबाट भएको हो ? ग्रिस ६. Islamic state कुन देशसँग सम्बन्धित छ ? सिरिया ७. "ग्रामी अवार्ड" कुन क्षेत्रसँ सम्बन्धित छ ? संगीत ८. विज्ञानका पिता (Father of science) भनी कुन वैज्ञानिकलाई भनिन्छ ? अल्वर्ट आइन्सटाइन ९. 'Black Box' भन्नाले के बुझिन्छ ? हवाइजहाजको दुर्घटनाको कारण पत्ता लगाउँन प्रयोग गरिने यन्त्र १०. रातो मच्छिन्द्रनाथको भोटो देखाउँने जात्रा कसले चलाएका हुन् ? नरेन्द्रदेव ११. नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ ? ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर १२. "नेपालको संविधान विधेयक, २०७२" मा कतिजना सभासदहरुले हस्ताक्षर गरेका थिए ? ५३७ १३. नेपालमा गणतन्त्रको घोषणा कहिले भयो ? २०६५ जेष्ठ १५ १४. वि.सं. २०७१ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ? विजयकुमार पाण्डे १५. वि.सं. २०६८ को जनगणना अनुसार हाल नेपालमा सबैभन्दा दोस्रो कम जनसंख्या भएको जाति कुन हो ? नुराङ [जनसंख्या कम भएका पाँचवटा जातिः कुनुराकलोः कुसुण्डा, नुराङ, राउटे, कलार, ल्होमी] १६. विनाशकारी महाभूकम्प २०७२ बाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला कुन हो ? सिन्धुपाल्चोक १७. नेपाली क्रिकेट टिममा विदेशी प्रशिक्षक कुन देशका हुन् ? श्रीलंका १८. नेपालको सबैभन्दा पूरानो शिलालेख कहाँ छ ? बज्रयोगिनी मन्दिर १९. काठमाण्डौंदेखि रसुवाको धुन्चेसम्मको लोक मार्गलाई के भनिन्छ ? पासाङल्हामु मार्ग २०. सन् २०१५ को अर्थशास्त्रतर्फ को नोबेल पुरस्कार कसलाई प्रदान गरियो ? आङ्गस डेटन २१. प्रहरी नायब महानिरीक्षक पद कुन श्रेणीभित्र पर्दछ ? विशिष्ट २२. प्रहरी नियमावली, २०७१ बमोजिम समावेशीतर्फ दलितको लागि कति प्रतिशत पद आरक्षणको लागि छुट्याउँने व्यवस्था रहेको छ ? २३. प्रहरी सहायक निरीक्षक पदमा नियुक्त गर्ने अधिकार कसलाई हुन्छ ? प्रहरी अतिरिक्त महानिरीक्षक/ प्रहरी नायब महानिरीक्षक २४. डण्डा क्रस खुकुरीमाथि एक तारा भएको दर्ज्यानी चिन्ह कुन दर्जाको प्रहरीले पाउँछ ? प्रहरी नायब उपरीक्षक २५. प्रहरी सेवामा कतिवटा श्रेणी रहेका छन् ? तीन