खण्ड (क) बहुबैकल्पिक प्रश्नहरू
१. नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यमध्ये तलको कुनचाही पर्दैन ?
(क) सार्वभौम मानवीय मुल्य, राष्ट्रिय तथा सामाजिक मान्यता र अनास्थाहरुको सम्बद्र्धन
(ख) समाजको आधुनिकीकरण र मानव संशाधनको विकास
(ग) शिक्षाको विकेन्द्रीकण र मानव संशाधनको विकास
(घ) सामञ्जस्यपूर्ण जीवन यापन
२. दरबार स्कूलका प्रथम प्रधानाध्यापक को थिए ?
(क) _ Mr. Hudson (ख) Mr. Canning
(ग) Mr. Ross (घ) Mr. Perking
३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ अनुसार माध्यमिक शिक्षा कति वर्षको हुनुपर्ने उल्लेख छ ?
(क) २ वर्ष (ख) ३ वर्ष
(ग) ४ वर्ष (घ) ५ वर्ष
४. रा.शि.प.यो. २०२८ ले विद्यालय तहको संगठन कस्तो हुनुपर्ने प्रस्ताव गरेको थियो ?
(क) ३+५+२ (ख) ५+३+२
(ग) ३+४+३ (घ) ५+२+३
५. राष्ट्रिय शिक्षा आयोग, २०४९ को प्रतिवेदनमा माध्यमिक तहको पूर्णाङ्क कति प्रस्ताव गरिएको छ ?
(क) ५००+१०० (ख) ६००+१००
(ग) ७००+१०० (घ) ८००+१००
६. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५ को प्रतिवेदनले माध्यमिक तहको संरचनामा तलकामध्ये कुन
चाहीलाई प्रस्तावित गरेको छ ?
(क) ६–७, ८–१०, ११–१२ (ख) ६–८, ९–१२
(ग) ६–८, ९–१०, ११–१२ (घ) ६–१२
७. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ अनुसार नेपालको विद्यालय शिक्षाको तह र अवधि कुन हो ?
(क) तह दुई र अवधि १० वर्ष (ख) तह दुई र अवधि १२ वर्ष
(ग) तह तीन र अवधि १२ वर्ष (घ) तह तीन र अवधि १३ वर्ष
८. माध्यमिक शिक्षा सहयोग कार्यक्रमको लागि ब्म्द्य को सहयोग राशी कति प्रतिशत छ ?
(क) ४५% (ख) ४३%
(ग) ४०% (घ) २०%
९ EFA (२००४–२००९) मा समष्टिगत रुपमा कार्यक्रमको व्यवस्थापन अनुगम तथा संयोजनको काम गर्न तय गरिएकोकार्यक्रम तथा व्यवस्थापन समिति (PMC) को अध्यक्षता कसले गर्ने उल्लेख छ ?
(क) मन्त्री, शिक्षा तथा खेलकुद (ख) राज्यमन्त्री, शिक्षा तथा खेलकुद
(ग) सचिव, शिक्षा तथा खेलकुद (घ) सह–सचिव, योजना महाशाखा शिक्षा तथा खेलकुद
१०. किशोरावस्थाका विशेषतामा तलकामध्ये कुन पर्दैन ?
(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था
(ग) समूह निर्मणको अवस्था (घ) दोधारको अवस्था
११. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार मन्त्रिपरिषद्को गठन कसरी गरिने प्रावधान छ ?
(क) आठ दलीय सहमतीका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा
(ख) सर्वसम्मतीका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा
(ग) राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा
(घ) निर्वाचनमा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइ उसको अध्यक्षतामा
१२. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायधिशका अतरिक्त बढीमा कतिजनाअन्य न्यायधिश रहन्छन् ?
(क) १३ (ख) १४
(ग) १५ (घ) १६
१३. शिक्षा ऐन, २०२८ अनुसार ग्रामीण शिक्षा विकास कोषको अध्यक्ष को रहन्छ ?
(क) शिक्षा तथा खेलकुद मन्त्री (ख) शिक्षा तथा खेलकुद मन्त्रालयको सचिव
(ग) शिक्षा विभागको महानिर्देशक (घ) शिक्षक सेवा आयोगको अध्यक्ष
१४. माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति विघटन गर्न सक्ने अधिकार शिक्षा ऐन, २०२८ अनुसारकसलाई छ ?
(क) जिल्ला शिक्षा समिति (ख) जिल्ला शिक्षा अधिकारी
(ग) क्षेत्रीय शिक्षा निर्देशक (घ) जिल्ला विकास समिति
१५. शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष बन्न कतिवर्ष उमेर पूरा भएको हुनुपर्छ ?
(क) ३० वर्ष (ख) ३५ वर्ष
(ग) ४० वर्ष (घ) ४५ वर्ष
१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य रअधिकारमा तलकामध्ये कुन पर्दैन ?
(क) विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने ।
(ख) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने ।
(ग) विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने ।
(घ) शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र सम्बद्र्धन गर्ने ।
१७. शिक्षा नियमावली, २०५९ अनुसार सरकारबाट स्वीकृत भएको दरबन्दीको शिक्षक पद रिक्त हुन आएमा स्थायीपूर्तिका लागि पद रिक्त भएका मितिले १५ दिनभित्र जि.शि.का.मा लेखी पठाउने कर्तव्य कस्को हो ?
(क) सम्बन्धित प्रधानाध्यापक (ख) सम्बन्धित विद्यालय निरीक्षक
(ग) सम्बन्धित गा.वि.स.÷न.पा. (घ) सम्बन्धित विद्यालय व्यवस्थापन समिति
१८. शिक्षा नियमावली अनुसार तलकामध्ये कुनचाही जिल्ला शिक्षा समितिको काम, कर्तव्य र अधिकार हो ?
(क) विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने ।
(ख) जि.शि.का.ले दिएको निर्देशन अनुसार काम गर्ने ।
(ग) विद्यालय बन्द गर्ने सम्बनधमा स्वीकृति दिने ।
(घ) शिक्षकहरुको अभिलेख अद्यावधिक गराइ राख्ने ।
१९. सामुदायिक विद्यालयको माध्यमिक शिक्षकको सेवामा बहाल छँदै मृत्यु भएमा विमा वापत कति रकम
उपलव्ध गराउने व्यवस्था शिक्षा नियमावली छ ?
(क) १५,००० (ख) २०,०००
(ग) २५,००० (घ) ३०,०००
२०. शिक्षक सेवा आयोग नियमावली अनुसार माध्यमिक तहको प्रथम श्रेणीको रिक्त पदपूर्ति गर्ने कति प्रतिशतका.स.मू.को आधारमा बढुवा गरिन्छ ?
(क) २५% (ख) ५०%
(ग) ६०% (घ) ७५%
उत्तरकुञ्जिका
१. ग २. ख ३. क ४. ग ५. ग ६. ग ७. ख ८. ग ९. घ १०. ग
११. ग १२. ख १३. ख १४. ग १५. ग १६. ग १७. घ १८. ग १९. घ २०. घ