ADS

Saturday, February 13

बीमा समितिले माग्यो १२ जना अधिकृत, प्रशासन र कानुन समूहमा आवेदन खुल्यो, स्नातकोत्तर हुनुपर्ने

DOWNLOAD FORM
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले १२ जना अधिकृतका लागि दरखास्त माग गरेको छ । समितिले प्रशासनमा पाँचजना र कानुन समूहमा सातजना अधिकृत नियुक्त गर्न दरखास्त खुलाएको हो।
त्यस्तै समितिले मधेशी कोटाबाट एकजना सहायक प्रथमका लागि पनि दरखास्त दिन भनेको छ। समितिले प्रशासन समूहमा एकजना महिला र एकजना अदिवासी जनजातिका लगि कोटासमेत तोकेको छ। त्यसमध्ये प्रशासन र कानुन उपनिर्देशक सरहको अधिकृत द्धितियका लागि एक/एक जनाका लागी उमेरमा ४५ वर्ष ननाघको हुनुपर्ने जनाएको छ।
त्यस्तै प्रशासन र कानुन सहायक दिर्नेशकका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने बीमा समितिले जनाएको छ । त्यसैगरी सहायक प्रथमका लागि स्नातक उत्तीर्ण गरेको र २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने समितिले जनाएको छ ।
कानुनमा सातजना मध्ये तीनजना खुल्ला प्रतिस्पर्धाबाट अवेनन दिन भनेको छ भने महिला अदिवसी र मधशीका लागी पनि कोटा रहेको बीमा समितिले जनाएको छ।
त्यस्तै कार्य दक्षताको मूल्याङ्कनका अधारमा प्रशासनतर्फ चारजना अधिकृत बढुवा गर्ने जनाएको छ। समितिमा अधिकृतमा आवेदन दिन चाहनेले अबको ३० दिन भित्रमा आवेदन दिनु पर्नेछ। तीनै समूहमा आवेदन दिन चाहनेले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने बीमा समितिले जानकारी दिएको छ। –
Source: bizmandu.com