ADS

Saturday, February 13

२ सय ९२ एलजीसीडीपी अधिकृतको लागि दरखास्त खुल्यो

DOWNLOAD FOM
२९ माघ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) का लागि २ सय ९२ जना अधिकृत माग गर्दै दरखास्त अह्वान गरेको छ ।
दोस्रो चरण्को कार्यक्रम सञ्चालन गर्न सबै जिल्ला र नगरपालिकामा कार्यक्रम अधिकृतको पद पूर्ति गर्न लागिएको हो । जसअनुसार २१७ नगरपालिका र ७५ वटै जिल्लामा एक-एक जना कार्यक्रम अधिकृत नियुक्त गर्न लागिएको छ ।
करार सेवामा कार्यत्रम अधिकृत हुन इच्छुक योग्य उम्मेद्वारले दरखास्त बुझाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ । दरखास्त शुलक १ हजार रुपैयाँ छ ।
दरखास्त फारम जिल्ला विकास समिति र नगरपालिकाको कार्यलयहरूबाट लिन सकिन्छ । फागुन १९ गतेसम्म दरखास्त सम्बन्धित स्थानीय निकायमै बुझाईसक्पर्नेछ ।
नियुक्ति प्रक्रियामा छनौटका लागि लिखित परीक्षा र अन्तरवार्ता लिइनेछ । उम्मेदवारको योग्यता एलजीसीडीपी कार्यक्रम कार्याबिधि अनुरुप हुने सूचनामा उल्लेख छ ।