ADS

Friday, November 20

एमएडसहित स्नातकोत्तर दोस्रो वर्ष र एक वर्षे बीएडको परीक्षा फाराम खुला

त्रिभुवन विश्वविद्यालयले २०७२ सालमा सञ्चालन हुने स्नातकोत्तर तह द्वितीय वर्षका निमियमित र प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन तर्फका पूरा तथा आंशिक क्याम्पसका परीक्षार्थीका लागि परीक्षाको आवेदन फाराम खुला गरेको छ ।

त्यस्तै, एक वर्षे बीएडका पूरा तथा आंशिक परीक्षार्थीहरुले पनि आवेदन फाराम भर्न पाउने गरी खुला गरिएको छ ।

सबैका लागि मंसिर १० देखि पुस १२ गतेसम्म सम्बन्धित क्याम्पसमा परीक्षा आवेदन फाराम भर्न त्रिविले भनेको छ ।

आवेदन फाराम विद्यार्थी स्वयम्ले नै भर्नुपर्ने र २०६६ सालको परीक्षामा पहिलो पटक सामेल भएका वा फाराम भरेकाहरुको निमित्त यो अन्तिम पटक परीक्षा हुने स्पष्ट गरिएको छ ।

परीक्षाका लागि स्नातकोत्तर तहमा प्रतिखण्ड ६४० रुपियाँ र एक वर्षे बीएडका लागि ४७० रुपियाँ लाग्ने जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण आज शुक्रबारको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरिएको छ ।