ADS

Wednesday, November 18

लोकसेवा आयोग बाट लिईने नासु तथा खरिदारका लागी महत्वपुर्ण प्रश्नहरु Gk

1.देवनागरी लिपिको नेपाली भाषालाई राष्ट्रभाषा घोषित गर्ने प्रथम संविधान कुन हो ?
- नेपाल अधिराज्यको संविधान, 2015 (धारा 70)
2.नेपालको प्रथम संविधान नेपाल सरकार वैधानिक कानुन, 2004 कहिले र कसले जारी गरेको हो ?
- 2004, माघ 13 (पद्य शमशेरले जारी गरेका थिए)
3.स्वीटजरल्याण्डको संविधान कुन विधिबाट बनेको हो ?
- जनमत संग्रह
4.नेपालमा राजपत्रको प्रकाशन कहिलेबाट शुरु भएको हो र यसमा कति भाग रहेका छन् ?
- 2008, श्रावण 22 (6 भाग)
5.कुन संवैधानिक निकायको सदस्य हुनको लागि चरित्रलाई पूर्वशर्त बनाइएको छैन ?
- महान्याधिवक्ता
6.संवैधानिक परिषदको सचिव को हुने व्यवस्था रहेको छ ?
- मुख्य सचिव
7.राष्ट्रिय सुरक्षा परिषदको सचिव को हुन्छ ?
- रक्षा मन्त्रालयको सचिव
8.विधेयक पेश हुने दिन भन्दा कति दिन अगाडि सदस्यहरुलाई विधेयकको प्रति उपलब्ध गराइन्छ ?
- 2 दिन अगाडि
9.निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षक यी चार वटा संवैधानिक अङ्गको सदस्य हुन कति वर्ष उमेर पूरा गरेको हुनुपर्दछ ?
- कम्तीमा 45 वर्ष (बढिमा 65 वर्ष उमेर पूरा नभएसम्म पदमा रहन्छन्)
10.नगरपालिका हुनको लागि कति जनसंख्या आवश्‍यक पर्छ र वार्षिक आयश्रोत कति हुनुपर्छ ?
- 20,000 जनसंख्या (रु. 50 लाख वार्षिक आयश्रोत)
11.संविधानसभाको सदस्य संविधानको धारा 65 बमोजिम अयोग्य छ वा हुन गएको छ भन्‍ने प्रश्‍न उठेमा अन्तिम निर्णय गर्ने अधिकार कसलाई छ ?
- संविधानसभा अदालतलाई
12.नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता प्रदान गर्ने प्रथम संविधान कुन हो ?
- नेपालको अन्तरिम संविधान 2063 (धारा 5)
13.2063, मंसिर 5 गते सम्पन्‍न विस्तृत शान्ति समझौतामा कति दफा रहेका छन् ?
- 10 दफा
14.राष्ट्रपति तथा उपराष्ट्रपति हुनको लागि कम्तीमा कति वर्ष उमेर पूरा गरेको हुनुपर्छ ?
- 35 वर्ष
15.महर्षि वर्दव्यासलाई अर्को कुन नामले चिनिन्छ ?
- द्वैपायन
16.भीष्म पितामहको अर्को नाम के हो ?
- देवव्रत
17.शिवलाई त्रिपुरारी, कृष्णलाई मुरारी भनिन्छ भने रामलाई के भनिन्छ ?
- खरारी
18.हिन्दू धर्म परम्परामा कति प्रकारका विवाह पद्धति रहेका छन् ?
- 8 प्रकार
19.ऋग्वेदमा कति मण्डल र सूक्त छन् ?
- 10 मण्डल र 1017 सूक्त
20.सीतालाई हरण गरेपछि रावणले सर्वप्रथम कसलाई मारेका थिए ?
- जटायु