ADS

Wednesday, November 4

निजामती सेवा नियमावली, २०५० मिति २०७२ असोज ७ मा १२ औं पटक संसोधन भएको छ ! त्यसका केही विशेषता निम्न अनुसार छन् !

निजामती सेवा नियमावली, २०५० मिति २०७२ असोज ७ मा १२ औं पटक संसोधन भएको छ ! त्यसका केही विशेषता निम्न अनुसार छन् !
- निजामती सेवा ऐनको तेश्रो र चौथो संशोधन अनुसारको संसोधन नियमावलीमा पनि गरिएको छ !
- प्रसुती बिदा ६० दिन बाट बढाएर ९८ दिन बनाइएको छ !
- सेवा संचालन गर्ने मन्त्रालयले प्रत्येक निजामती कर्मचारीलाई ३ वर्षमा कम्तीमा एक पटक कम्तिमा ५ कार्य दिन भएको तालिम दिनु पर्ने ,
- अध्ययन बिदा लिनेले प्रत्येक ६ महिनामा अध्यन गरिरहेको प्रमाण सहितको प्रगती विवरण पेश गर्नु पर्ने ,
- ऐन नियम बिपरित सरुवा भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सामान्य प्रशासन मन्त्रालयमा १५ दिन भित्र उजुरी दिन पाईने,
- रा.प. अन. तृतीय , चतुर्थ , पाँचौ तथा श्रेणी बिहिन पदमा कार्यरत कर्मचारी अवकाश भएमा उक्त पद स्वत: खारेज हुने ,
- रा प अन. दितिय श्रेणीको पदको लागी बढुवा समितिको ब्यबस्था जस्ता संसोधन तथा थप प्राबधान समेटेको छ ।
केही छुटेको भए थप गर्नुहोला ।