ADS

Thursday, July 2

गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरहरु:2072-3-16

  मिति २०७२ असार १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा
सहयोगी बस्तुगत प्रश्नोतरहरु ;

१ . भूकम्पपछिको
पुननिर्माणका लागि सरकारद्धारा
आयोजित नेपालको पुननिर्माणका
लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र
कहाँ सम्पन्न भयो ?
– वि.सं २०७२ असार १० काठमाडौं
२. नेपाली खेलकुदको सर्वोच्च
निकाय राष्ट्रिय खेलकुद परिषद्
राखेपको सदस्य सचिवमा को
नियुक्त भएका छन् ?
– केशवकुमार बिष्ट
३. अन्तराष्ट्रिय क्रिकेट
काउन्सिलको अध्यक्षमा कसलाई
चयन गरिएको छ ?
– जाहिर अब्बास ( पाकिस्तान )
४. सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण
कामकारबाही कहिलेदेखी
विद्युतिय माध्यमबाट गरिने भएको
छ ?
– वि.सं २०७२ साउन १
५. समाज सेवाका क्षेत्रमा
विश्वसामु छाप छोड्न सफल मदर
टेरेसाकी उत्तराधिकारी सिस्टर
निर्मलाको निधन कहिले भयो ?
– वि.सं २०७२ असार ८
६. अन्तराष्ट्रिय ओलम्पिक दिवस
कहिले मनाउने गरिन्छ ?
– जून २३
७. हामी हाम्रा विचारले बनेको
हुन्छौ ,हामी जे सोच्छौ, त्यही
बन्छौ ,जब दिमाग पवित्र हुन्छ ,तब
आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने
विचारक को हुन् ?
– गौतम बुद्ध
८. सन् २०१५ जून २२ मा पेरिसस्थित
युनेस्कोले मुख्यालय कसको मूर्ति
स्थापना गरिएको छ ?
– गौतम बुद्ध
९. प्रशासन सुधारका सम्बन्धमा
गठित पहिलो आयोग कुन हो ?
– बुच कमिसन २००९
१०. ५८ बर्षको उमेरमा खेलकुदतर्फको
व्यायाम क्षेत्रमा सिट अप
विधामा एक र चिन अफ बिधामा
चार गरी पाँचवटा राष्ट्रिय रेर्कड
राख्न सफल व्यक्तित्व को हुन् ?
– रामचन्द्र खनाल
११. नेपाललाई कहिलेसम्ममा
अल्पविकसित राष्ट्रको सूचीबाट
विकासशील राष्ट्रको सूचीमा
स्तरोन्नती गर्ने लक्ष्य छ ?
– सन् २०२२
१२. प्रसिद्ध पर्यटकीय स्थल पुनहिल
कहाँ पर्दछ ?
– म्याग्दी
१३. नेपाल भूकम्पीय जोखिमका
हिसाबले विश्वको ११ औ स्थापनमा
रहेको छ भने बाढीपहिलो अर्थात
पानीजन्य प्रकोपबाट हुने
जोखिमका हिसाबले कति औं
स्थानमा रहेको छ ?
– ३० औं
१४. हेफर इन्टरनेशलनद्वारा स्थापित
अन्तर्राष्ट्रियस्तरको “ स्वर्णिम
प्रतिभा पुरस्कार २०१४” बाट
सम्मानित हुने नेपाली महिला को
हुन्
– दिलकुमारी पौडेल
टीटीहीरीया - ९ बाँके
१५. सन् २०१५ जूनमा फ्रान्समा सम्पन्न
८० किलोमिटर दुरीको अल्ट्रा
म्याराथनमा प्रथम स्थान हासिल
गर्न सफल नेपाली महिला को हुन्
– मीरा राई भोजपुर
१६. अमेरीकामा समलिंगी
विवाहलाई कानुनी मान्यता
कहिले प्रदान गरिएको छ
– सन् २०१५ जून २६
१७. आर्थिक संकटको चपेटामा परेको
ग्रिसमा युरोपेली देशलगायत अन्य
ऋणदाताबाट प्रस्तावित राहत
प्याकेज सम्झौताबारे कहिले जनमत
संग्रह गरिने भएको छ
– सन् २०१५ जुलाई ५
१८. परीक्षा नियन्त्रण
कार्यालयद्वारा २०७२ असार १३ मा
सार्वजनिक प्राविधिक एसएलसी
परीक्षाको परिक्षाफल अनुसार
सबैभन्दा विशिष्ट अर्थात ए पल्स
ल्याउने ‍विद्यार्थी कति रहेका छन्
– २१५ जना
१९. कर्णाली अञ्चलको जुम्ला
जिल्लामा ( तिनसय सय्याको )
आत्याधुनिक सुविधासहितको
शिक्षण अस्पतालको शिलन्यास
कहिले गरियो
– वि . सं. २०७२ असार १२
२०. सगरमाथाको महत्वलाई उजागर
गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको
साहसिक र अद्वीतिय पर्वतीय
पर्यटनको छवि उच्च राख्न २९ मे लाई
कहिलेदेखी “अन्तर्राष्ट्रिय
सगरमाथा” दिवसका रुपमा मनाउन
थालियो
– सन् २००८
२१. पचास हजार राशिको युवा
प्रतिभा पुरस्कार बाट सम्मानित हुने
प्रतिभा को हुन्
– लम्जुङ इशानेश्वरका रदि मिया
२२. बेइजिङस्थित एसिया
इन्फ्रास्ट्रक्चर बैंक (AITB) को
विधान आर्टिकल अफ एग्रिमेन्ट मा
कहिले हस्ताक्षर भयो
– सन् २०१५ जून २९
२३. नेपालमा राष्ट्रिय धान दिवस
कहिले मनाइन्छ
– असार १५
२४. “ इन्स्टिच्यूट फर इकोनोमिक्स
एन्ड पिस ” द्वारा सन् २०१५ जूनमा
सार्वजनिक ग्लोबल “ पिस इन्डेक्स
२०१५” अनुसार विश्वकै शान्त मुलुक कुन
हो
– आइसल्यान्ड