ADS

Wednesday, July 8

८ वर्षियले युट्युबबाट कमाए १३ करोड, यसरी कमाउन सक्नुहुन्छ तपाई पनि ?

evan-youtube
इवानको उमेर मात्र ८ वर्ष भयो । यो उमेर बालबालिकाको लागि खेल्ने र पढ्ने समय हो । तर इवानले यस्तो काम गरेका छन् जसबाट उनी करोडौं कमाइरहेका छन् । इवान युट्यूबबाट एक वर्षमा करीब १२ लाख ८० हजार कमाइसकेका छन् । इवान ट्यूब एचडी चलाउँछन् । यो एउटा यूट्यूब च्यानल हो । जसमा इबान र कहिलेकाँही उनका बहिनी र आमा पनि खेलौना र भिडियो गेमहरुको समिक्षा (रिभ्यू) गर्छन् ।
youtube
रमाइलोका लागि सुरु गरेका थिए
इवान युट्यूबमा खेलौनाको समिक्षा गरेर एक वर्षमा १३ लाख डलर (करिब १२ करोड ८० लाख) कमाइसकेका छन् । यो
काम इबान र उनको पिताले रमाइलोका लागि सुरु गरेका थिए । न्यूजविकमा दिएको अन्तरवार्तामा इवानका पिता जेरडका अनुसार युट्यूबको यो च्यानलबाट हुने सबै कमाई उनको बच्चाको बचत खातामा र लगानीको काममा जान्छ ।
विज्ञापनबाट आम्दानी
जेरडका अनुसार उनीहरुसँग एउटा सेल्स टिम छ, जो एड र ब्राण्ड्स व्यापारको पक्ष हेर्छन् । उनी भन्छन्, ‘विज्ञापन र भिडियोमा देखिने विज्ञापनका साथसाथै भिडियोमा देखिने प्रोडक्ट पनि हुन्छ । कमाईंको सबैभन्दा ठूलो अंश भिडियोसँगै देखाइने विज्ञापनबाट आउँछ ।’
youtube-monitization_3
इरानको एक भिडियो पाँच करोडपटक हेरियो
जेरड भन्छन्, हाम्रो नेटवर्कभन्दा बाहिर साइटमा युट्यूब/गुगल विज्ञापन हुन्छ । कन्टेन्ट दिनेहरुले सँगै यसमा विज्ञापन दिने केही तरिका छ । इवानको एउटा भिडियो अहिलेसम्म पाँच करोडपटक सम्म हेरिएको छ ।
youtube_1
तपाईं पनि यसरी कमाउन सक्नुहुन्छ पैसा
युट्यूबबाट पैसा कमाउन सजिलो त छ नै, तर यसक लागि प्रयोगकर्तालाई धेरै समय र धैर्यताको जरुरत पर्दछ । युट्यूबबाट पैसाकमाउन loksewa tayari ले केही तरिकाको बारे जानकारी दिनेछ
स्टेप १ : सबैभन्दा आफ्नो युट्यूब च्यानल बनाउनुहोस्
तपाईंको युट्यूब च्यानल वेबसाइटमा तपाईंको पहिचान हुन्छ । युट्यूब एकाउन्ट तपाईंको जिमेल एकाउन्ट पनि बन्न सक्छ । युट्यूबको आफ्नो एकाउन्ट बनाएपछि तपाईले गुगल ड्राइभजस्ता सेवामा पनि पहुँच राख्न सक्नुहुनेछ ।
आफ्नो च्यानल बनाइसकेपछि कि–वर्ड्स राख्नेहुन्छ । यो युट्यूबमा तपाईको च्यानल खोज्न काम लाग्दछ । कि–वर्डस् जोड्नका लागि,
youtube-monitization_2
स्टेप २ : भिडियो च्यानलमा सामग्री राख्नुहोस्
युट्यूबमा च्यानल बनाएपछि सबैभन्दा पहिलो काम त्यस च्यानलमा आफ्नो भिडियो राख्नुपर्छ । युट्युबमा उच्च क्वालिटीको र न्यून क्वालिटीको भिडियो राख्ने सुविधा हुन्छ । यो तपाईंको सामग्रीको प्रकृतिमा भरपर्दछ ।
सामग्री मौलिक (ओरिजिनल) हुनुपर्दछ । यसको गुणस्तर जति राम्रो भयो, त्यति धेरै भिजिटर आउँछन् । च्यानल होल्डरले सामग्री नियमति अपडेट गरिराख्नुपर्छ । भिडियो अपलोड गर्दा कि–वर्ड्सलाई ध्यान दिनुपर्छ । यदि कि–वर्ड्स गलत भयो भने भिडियो खोज्दा भेटिँदैन ।
youtube-monitization_4
स्टेप ३ : भिडियोबाट पैसा कमाउने यसरी
धेरे भन्दा धेरै भिडियो अपलोड गरेर दर्शक बढाएपछि अर्को महत्वपूर्ण काम हो भिडियोबाट पैसा कमाउनु । पैसा कमाउनको लागि भिडियोहरुलाई मनिटाइज गर्नु अत्यावश्यक हुन्छ । यसको मतलब हो भिडियोमा विज्ञापन राख्ने अनुमति दिनु ।
अपलोड गर्नुभन्दा अगाडि नै भिडियोलाई मनिटाइज यसरी गर्नसकिन्छ
आफ्नो युट्यूब च्यानलको ड्यासबोर्डमा जानुहोस् । यहाँबाट Monetisation tab->“Monetize with Ads” बक्समा क्लिक गर्नुपर्दछ ।
यदि यहाँ मनिटाइज बटन मिलेन भने च्यानल सेटिङ्गमा जानुपर्छ । त्यहाँ गएर मोनिटाइजेसन ट्याबमा क्लिक गर्नुहोस् । युट्यूब पेजको माथितिर बायाँ कुनामा (जहाँ साइन आउटको अप्सन राखिएको हुन्छ) CREATOR STUDIO अप्सन दिइएको हुन्छ । यो अप्सनमा क्लिक गर्नुहोस् । फेरि Channel> Monitisation मा जानुहोस् । यसपछि “Monetize with Ads” बक्समा क्लिक गर्नुहोस् ।
युट्यूबको मेल
यदि तपाईंको च्यानलमा अपलोड गरिएको कुनै भिडियो अत्यधिक भिजिटर आए भने युट्यूबको तर्फबाट एउटा मेल आउँछ “Apply for revenue sharing for your video (Video Title).”
यस्तो विषयसहित यदि इमेल आयो भने यो तपाईंको लागि खुसीको कुरा हो । यूट्युबद्वारा पठाइएको इमेलमा जुन भिडियोको नाम हुन्छ, उक्त भिडियोको अपलोड गरेवापत कम्पनीले तपाईंलाई पैसा दिन्छ । तर यो केवल एउटा भिडियोको लागि मात्रै हुनेछ । सबै भिडियोलाई मनिटाइज गर्नको लागि माथि दिइएको स्टेप फलो गर्नुपर्दछ ।
स्टेप ४ : ब्मकभलकभ अकाउन्ट यसरी बनाउने
एडसेन्स एउटा प्रोग्राम हो जसले अनलाइन एकाउन्टद्वारा युजर्ससम्म भुक्तानी पुर्याउने काम गर्छ । एडसेन्स मार्फत १०० डलर रकम जम्मा भएपछि प्रयोगकर्तासम्म पुग्दछ । यसको लागि प्रयोगकर्ता १८ वर्षभन्दा माथिको हुनुपर्दछ ।
एडसेन्स एकाउन्टमा तपाईंले आफ्नो PayPal वा बैंक एकाउन्ट राख्नुपर्दछ । यससँगै एउटा इमेल एकाउन्ट पनि एडसेन्सलाई दिनुपर्दछ । यही जानकारीको मद्दत लिँदै एडसेन्सले तपाईले कमाउनुभएको पैसा तपाईंसम्म पठाउनेछ ।
youtube-monitization_5
स्टेप ५ : एडसेन्स एकाउन्ट यसरी बनाउने
सबैभन्दा पहिला आफ्नो च्यानलको मनिटाइजेसन पेजमा जानुहोस् । त्यहाँ ‘How will I be paid?’ अप्सनमा क्लिक गर्नुहोस् । अब युट्यूब पेजमा AdSense Association पेज खुल्नेछ । यहाँबाट नेक्स्ट बटनमा क्लिन गर्नुहोस् ।
अब जुन पेज खुल्छ त्यसमा तपाईको गुगन एकाउन्ट राख्नुहोस् । पासवर्ड राखेपछि प्रयोगकर्ताले आफ्नोबारेमा बिस्तृत जानकारी भर्नुपर्ने हुन्छ ।
यहाँ प्रयोगकर्ताको नाम, ठेगाना र बाँकी अन्य जानकारी राख्नुपर्दछ । एकपटक एकाउन्ट बनाएपछि पछि युट्यूबले यसलाई रिभ्यू गर्न १० दिनको समय लाग्न सक्छ । प्रक्रिया पूरा भएपछि एकपटक फेरि युट्यूब च्यानल पेज खोल्नुहोस् । अब भिडियोसँग डलरको संकेत पनि देखिनेछ । भिडियो अपलोड गरिसकेपछि मनिटाइज गर्नको लागि भिडियो म्यानेजरमा गएर $ (डलर)को संकेतमा क्लिक गर्नुपर्छ ।
स्टेप ६ : रिपोर्ट यसरी हेर्ने
एकपटक यी सबै प्रक्रियाहरु पूरा गरिसकेपछि प्रयोगकर्ताले केही समय कुर्नुपर्दछ । पर्खने समय त्यतिबेला समाप्त हुन्छ जब प्रयोगकर्ताले अपलोड गरेको भिडियोमा पर्याप्ट भिजिटरहरु आउन थाल्छन् । भिडियो पैसा कमाउनको लागि योग्य भएपछि डलरको चिह्न हरियो हुन्छ । त्यसमा क्लिक गरेपछि एडसेन्स एकाउन्टमा रिडाइरेक्ट हुनसक्छ ।
आफ्नो च्यानलबाट पनि यदि अर्निङ्ग डिटेल हेर्नुछ भने Analytics मा जानुहोस् । यो अप्सनमा क्लिक गरेपछि प्रयोगकर्ताले आफ्नो रियल टाइम रिपोर्ट, अर्निंग रिपोर्ट, विज्ञापनको पर्फरेन्स र भिडियोमा कति क्लिक भइरहेको छ हेर्न सकिन्छ ।
युट्यूब पर्टनर प्रोग्राम पेज
यदि तपाईलाई धेरै भिडियोहरु अपलोड गर्न चाहनुहुन्छ र तपाई अर्को तहमा जानको लागि तयार हुनुहुन्छ भने तपाई युट्यूबको पार्टनर प्रोग्राम पेज (http://www.youtube.com/yt/creators/creator-benefits.html) मा गएर सिधै कम्पनीसँग पार्टनरशिप गर्नको लागि निवेदन दिन सक्नुहुन्छ । एकपटक कम्पनीले अनुमति दिए पछि तपाईको युट्यूब च्यानलमा भएका सबै भिडियोहरुका लागि कम्पनीले पैसा तिर्नेछ