ADS

Wednesday, July 8

यी हुन् 'उत्कृष्ट अनलाईन विज्ञापनदाता कम्पनीहरु' Best online advertising agency

- अनलाईन विज्ञापनको महत्व धेरै नै छ । अनलाईन विज्ञापन एजेन्सी मार्फत गरिएको प्रचार प्रसार  छिनभरमै विश्व व्यापी भईरहेको हुन्छ  । यसै कारणले पनी संकलिन विज्ञापनहरु Ads Agency ले विश्वका व्लग बेवसाईटमा  राख्ने अनुमती दिईरहेका हुन्छन् त्यस्तै उनीहरुले  विज्ञापन राखिदिएवापत निश्चित मापदण्डमा पैसा पनी भुक्तानी गर्ने काम गरिरहेका छन् । 

व्लग तथा बेवसाईटमा काम गरिरहदा अनलाईन विज्ञापन राखेर  पैसा कमाई गर्न पाए हुन्थ्यो भन्ने कसलाई लाग्दैन होला र ? आफ्नो व्लग/बेवसाईटलाई निरन्तरता दिन सकिने र अदृष्य कमाई पनि हुने हुदा दुई काम एक पन्तोको रुपमा यसलाई लिन सकिन्छ  । कुन-कुन अनलाईन विज्ञापन दाता कम्पनीको विज्ञापन व्लग बेवसाईटमा राख्न सक्छौ त ?

1. AdSense


- यो गुगलको विज्ञापन दाता कम्पनी हो । विश्वमा सवैभन्दा वढी व्लग बेवसाईटमा AdSense कम्पनीले उपलव्ध गराउने विज्ञापन राखिएको पाईन्छ । गुगलको टर्म एण्ट पोलिशीमा रहेर काम गरेको खण्डमा व्लग बेवसाईट युट्युव लगायतवाट निरन्तर राम्रो कमाई गर्न सकिन्छ ।  विश्वको सवैभन्दा ठुलो विज्ञापन दाता कम्पनीको रुपमा हामी AdSense लाई वुझ्न सक्छौ ।  एड्सेन्सले  कम्तीमा सय डल्लर भएपछि मात्रै रकम उपलव्ध गराउछ । नेपालमा एड्सेन्स एकाउण्टको पैसा Western Union को माध्यमवाट निकाल्न सकिन्छ । अग्रेजी एवं गुगलले भेरिफाई गरेको भाषाका कन्टेन्टवाट मात्रै AdSense एप्रुभ गराउनु सक्छौ भने एप्रुभ भईसकेपछि जुनसुकै भाषाको कन्टेन्टमा प्रयोग गर्न सकिन्छ ।

 2. BuySellAds

www.usaonlineiduinfo.com

- BuySellAds गुगल Adsense जत्तिकै महत्व राख्ने Ads एजेन्सी हो । वाईसेल एड्ले तपाईको व्लग बेवसाईटको स्पेस किनेर आफ्ना विज्ञापनहरु ती साईटमा राख्ने काम गर्दछ । अर्को महत्वपुर्ण पक्ष, BuySellAds राख्नको लागी अधिक मात्रामा भिजिटर हुन भने जरुरी छ । तर फाईदा पनी के छ भने Google Adsense ले एकै मापदण्डमा डलर उपलव्ध गराउदैन तर BuySellAds ले भने दैनिक एकै दररेटमा उपलव्ध गराउने काम गर्दछ ।  जागिरे कर्मचारीको तलव पाकेको जस्तो । BuySellAds को विज्ञापन राख्नको लागी आफ्नो साईटको कन्टेन्ट अग्रेजी भाषा हुन भने जरुरी छ ।  ईजरायलवाट व्लगिङ गरिरहेका ज्ञानु वस्नेत  भन्छन् Google Adsense भन्दा BuySellAds निकै प्रभावकारी विज्ञापन दाता कम्पनी हो । धेरै भिजिटर भएको साईटमा एड्सेन्सभन्दा राम्रो र स्थाई रुपमा कमाई गर्न सकिन्छ ।

3.YahooBing Ads 



यो माईक्रोसफ्टको सर्च ईन्जिन Bing र सर्च ईन्जिन Yahoo को नेटवर्क Ads एजेन्सी कम्पनी हो । YahooBing Ads को विज्ञापन राख्नको लागी अग्रेजी कन्टेन्ट अनिवार्य रहेको छ । यसको विज्ञापन राख्दा राम्रै कमाई हुने गरेको व्लगरहरु वताउछन् । एक हजार ईम्प्रेसन भएको खण्डमा दुई स्वतः दुई डलर र अन्यवाट अरु कमाई गर्न सकिने पोखराका व्लगर विष्णु सुवेदी वताउछन् । उनले YahooBing Ads को विज्ञापन प्रयोग गर्दै आईरहेका छन् । न्युनतम सय डल्लर भएपछि भने PayPal वा चेकको माध्यमवाट पैसा निकाल्न सकिन्छ ।     


4. Bidvertiser



Bidvertiser यो लाई आकर्षक विज्ञापन दाता कम्पनीको रुपमा चिनिन्छ । "Pay per click" को अफरमा यसले टेक्स्ट तथा फोटोका विज्ञापन उपलव्ध गराउने काम गर्दछ । अधिक भिजिटर भएको साईटमा यसको विज्ञापनले धेरै महत्व राख्दछ । नेपाली हेडलाइन्स डटकमका पत्रकार  अभिज्ञ शर्माले केहि महिना अघि Bidvertiser कै विज्ञापन प्रयोग गरेको थिए । उनी भन्छन् "राम्रो भिजिटर हुने साईटको लागी भने प्रभावकारी नै छ ।"  न्युनतम १० डल्लरवाटै Bidvertiser ले PayPal एकाउण्टमा डलर पठाउने काम गर्दछ ।  


5. Chitika

- यो विज्ञापनदाता कम्पनी निकै पुरानो हो । सन् २००३ मा स्थापना भएको Chitika ले "Pay per click" को नारालाई अघाडी वढाएको छ । नाफामै गईरहेको यो चिट्का कम्पनीले गुगलको एड्सेन्स सो सरह नै भुक्तानी गरिरहेको वताईन्छ । व्लगको लागी चिट्काको विज्ञापन प्रभावकारी मानिन्छ । यसले PayPal मा हो भने  १० डल्लरवाटै र चेकवाट हो भने ५० डलरवाट भुक्तानी गर्न सुरु गर्दछ ।

अनलाईन विज्ञापन दाता कम्पनीहरु यतिमात्रै छैनन । अरु विज्ञापनदाता कम्पनीहरु छन्  :
6. Text Link Ads
7. Clicksor
8. Infolinks
9. Kontera
10. ContextWeb
11. AdBull
12. Dynamic Oxygen
13. Luminate
14. Pocket Cents
15. Puxee
14.madadsmedia