ADS

Wednesday, July 29

लोकसेवा आयोग राजपत्राकित तृतिय श्रेणी, अप्राविधि तर्फको शाखा अधिकृत वा सो सरह पदको



लोकसेवा आयोग

राजपत्राकित तृतिय श्रेणीअप्राविधि तर्फको शाखा अधिकृत वा सो सरह पदको
द्धितिय चरणको प्रतियोगितात्मक लिखित परिक्षा मा सोधिएको प्रश्नहरु
मिति २०७१-१२-२६

तृतिय पत्रः समसामयिक विषय
हरेक प्रश्नको अंकभार समान रहेको छ ।
  1. द्धन्द्धको परिभाष गर्दै नेपालको समामाजिक र सांस्कृतिक रुपान्तरण गर्न के कस्तो व्यवस्थाको आवश्यकता रहेको छ । आफ्नो धारण प्रस्तुत गर्नुहोस् ।
  2. नेपालमा सामाजिक न्याय र समानताको लागि राज्यबाट अवलम्बन गरिएका नीती र कार्यक्रमहरुको विवेचना गर्नूहोस् ।
  3. विगत जनगणनाको तुलनामा २०६८ को जनगणनामा जनसंख्या बृद्धिदर कम हुनका कारणहरु उल्लेख गर्नुहोस र जनसंख्या बृद्धिबाट अर्थतन्त्रमा पर्ने प्रभावबारे विवेचना गर्नुहोस् ।
  4. मुलुकको समग्र आर्थिक विकासको लागि तीन खम्बे आर्थिक नीति (सरकारी, निजी र सहकारी) कत्तिको प्रभावकारी हुने ठान्नुहुन्छ ? विवेचना गर्नुहोस् ।
  5. नेपालमा वैदेशिक सहायताको महत्वबारे प्रकाश पार्दै वैदेशिक सहायतालाई प्रभावकारी रुपमा परिचलन गर्न के कस्ता उपायहरु अवल्म्बन गर्नुपर्ला ? उल्लेख गर्नुहोस् ।
  6. दिगो विकासको अवधारणा उल्लेख गर्दै नेपालको दिगो विकासका प्रमुख व्यवधानहरु उल्लेख गर्नुहोस् ।
  7. आजको विश्वमा विकासका सर्वसम्बन्धित तथा समसामयिक विषय के –के हुन् ? तपाईको विश्लेषणमा यी विषयहरुको प्रभावकारी संयोजन गर्नका लागि नेपालको वर्तमान आवधिक योजनाको दस्तावेजमा कसरी आत्मसाथ तथा मुलप्रवाहीकरण गरिएको पाउनुभएको छ ?
  8. नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक सांस्कृतिक परम्परा, समाजिक मुल्य र मान्याताले पुर्याएको नकरात्मक र सकारात्मक भुमिकाको चर्चा गर्नहोस् ।
  9. नेपालमा वन विनाश हुनाका कारणहरु उल्लेख गर्दै त्यसबाट परेका असरहरुको विवेचना गर्नुहोस् ।
  10. जलस्रोत धनि देश भएर पनि नेपालमा उर्जा सङ्कटहुनका कारणहरु के –के हुन ? साथै सो सङ्टबाट मुक्ति पाउन के गर्नुपर्दछ उल्लेख गर्नुहोस् ।
द्वीतिय पत्रः शासन प्रणाली
हरेक प्रश्नको अंकभार समान रहेको छ ।
  1. नेपालमा विकेन्द्रिकरणको प्रयासहरु उल्लेख गर्दै स्थानिय स्वायत्त शासन ऐन २०५५ बमोजिम स्वायत्त शासन प्रणालीका विशेषताहरु उल्लेख र्गनुहोस ।
  2. नेपालको हालको शासन प्रणाली संसदिय शासन पद्धतिसंग मिल्दो जुल्दो छ भनिन्छ ? संसद्धिय शासन पद्धतिका विशेषतासंग हाम्रो शासन प्रद्धतिको तुलना गर्नुहोस् ।
  3. शासन प्रणालीको लागी पारदर्शिता किन बान्छनिय हुन्छ ? नेपालको शासन प्रणालीलाइ पारदर्शी बनाउनको लागी लिएका कदमहरु बताउनुहोस् ।
  4. नेपालको संबैधानिक विकासक्रमका बारेमा प्रकाश पार्दै अन्तरिम संविधान, २०६३ का आधारभुत विशेषताहरु के–के हुन ? लेख्नुहोस् ।
  5. लोकतान्त्रिक शासन पद्धतिमा नागरिक चेतनाको महत्व उल्लेख गर्नुहोस । राष्ट्र निर्माण्को सन्दर्भमा जनताका जिम्मेवारी प्रष्ट पार्नुहोस् ।
  6. विद्युतिय शासन भनेको के हो ? नेपालमा विद्युतिय शासनको सम्भावना बारे टिप्पणी गर्नुहोस् । (३+७)
  7. नेपालमा सार्वजनिक कोषको सदुपयोग गर्न के कस्ता व्यवस्था गरिएको छ ? उल्लेख गर्दै सार्वजनिक कोष सदुपयोग गर्दा नैतिकताको भुमिकाको चर्चा गर्नुहोस् ।
  8. नेपालको सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन भन्ने जनगुनासो छ । यसलाई प्रभावकारी बनाउन के कस्तो उपायहरु अवलम्ब गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
  9. नेपालको सार्वजनिक सेवामा मेधावी जनशक्ति आकर्षण गर्न र ती जनशक्तिको कार्यसम्पादन स्तर अब्ब्ल बनाई राख्न लोकसेवा आयोग र सेवा सञ्चालन गर्ने निकायले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने ठान्नहुन्छ ? उल्लेख गर्नुहोस् ।
  10. सहभागिता मुलक योजनाको सन्दर्भमा नेपलमा भएका सुधार प्रयासहरुको सिहावलोकन गर्नुहोस् ।