ADS

Sunday, August 2

म पढ्न चाहन्छु तर पढ्ने बेलामा ध्यान अन्तैतिर जान्छ ,फलस्वरुप मैले पढाईमा फोकस गर्न सक्दिन, म के गरौ ??

म पढ्न चाहन्छु तर पढ्ने बेलामा ध्यान अन्तैतिर जान्छ ,फलस्वरुप मैले पढाईमा फोकस गर्न सक्दिन, म के गरौ ?? बुझ्नुपर्ने‬ कुरा के छ भने- कुनै पनि ब्यक्तिले कुनैपनी बिषयमा १५ मिनेट भन्दा बढी समय फोकस गर्न सक्दैन ,हरेक ब्यक्तिको प्रत्यक १५-१५ मिनेटमा ध्यान भङ्ग हुन्छ , जुन सामान्य हो ,यतिकुरा बुझेपछी अब हामी मुख्य बिषय वस्तुमा फर्कौ,पहिलो कुरा तपाईंले पत्ता लगाउनुपर्ने हुन्छ तपाईंको ध्यान कतातिर जान्छ ?, जस्तै टिभीतिर ,मोबाइलतिर , फेसबूकतिर , साथीभाइतिर, निद्रातिर, कतातिर ? अब यो कुरा पत्ता लगाइसकेपछी अब प्रश्न उठ्छ किन ति चिजतिर ध्यान जान्छ त ? पहिलो कारण हो ती ध्यान बाँड्ने चिजहरूको नजिक बसेर पढ्नु ,जस्तै ,टिभी नजिकै बसेर पढ्नुभो भने टिभीतिर ध्यान जान सक्छ ,मोबाइल नजिकै राखेर पढ्नुभएको छ भने मोबाइलतिर ध्यान जान्छ ,धेरै साथीभाईसँग भेटघाट र संगत छ भने साथीभाइतिर ध्यान जान्छ ,बेडमाथि बसेर पढ्न थाल्नुभो भने निद्रातिर ध्यान जान्छ यसर्थ अब तपाईंले पढ्नु भन्दा अघी आफुलाई डिस्ट्रब गर्ने चिजहरु टाढा राख्ने अथवा स्विच अफ गर्ने गर्नुस् । धेरै विद्यार्थीको ध्यान आजकल फेसबूकतिर बढी केन्द्रित भएको पाईन्छ । , अब बिचार गरौ, फेसबूकतिर धेरै ध्यान जानुको कारण के हो ? यस्को मुख्य करण हो फेसबूकमा आफ्ना गतिबिधिहरू तिब्र बनाउनु । जस्तै: यदी तपाईं अनावश्यक फोटोहरू ,स्टटसहरू अपलोड गरिरहने र साथीभाइको फोटो तथा स्टाटसमा जथाभावी कमेन्ट गर्ने गर्नुहुन्छ भने स्वाभाबिकरुपमै तपाईंको फेसबूकप्रतिको चाख र उत्सुकता बढ्दै जान्छ यसर्थ सकेसम्म फेसबूक तथा इन्टर्नेटमा कम सकृय हुनुस । त्यस्तै किशोर अवस्थामा पढाईपर्ती ध्यान नजानुको कारण हो प्रेममा फस्नु वा प्रेममा धोका खानु । यदी यस्तो भएको छ भने यसलाई उचित ब्यवस्थापन गर्नुपर्छ । अब अर्को कोणबाट हेरौ , पढ्ने बेलामा ध्यान अन्त जानुको कारण हो पढाईमा रुचि नहुनु । पढाईमा किन रुची हुँदैन ? १, पढाएको कुरा नबुझ्नाले २ ,जीवनमा पढाईको महत्व थाहा नहुनाले ३, पढ्ने तरिका ठीक नहुनाले ४,परिवारमा बेमिलाप र झगडा हुनाले ५,मानसिक तथा शारिरिक अस्वस्थताले ६ ,गलत आहार बिहार आदीले यदी यि माथि उल्लेखित कुराहरुमा सुधार ल्याउन सकेमा पढाई रुचिपूर्ण हुनसक्छ,पढाइ रुचिपूर्ण भो भने ध्यान अन्त जादैन । र अन्तमा पढाईमा ध्यान नगैरहेका बखत अथवा पढ्नु भन्दा अघी Meditation गर्ने गर्नाले पनि यहा क्लिक गर्नुहोस

No comments:

Post a Comment