ADS

Thursday, March 12

जिल्लाको आफ्नै विशेषताहरु

 सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो ।यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ |यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो । पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले
naangjang
यसको नाम सगरमाथा राखेका हुन । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ। कालापत्थरबाटदेखिएको सगरमाथाको चुचुरो सगरमाथा शिखरमा सर्वप्रथमसन१९५३ मे २९ तारिखको बिहान ११:१५ बजे,नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए । सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयोत्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो। सगरमाथालाई रोमन संकेतचिहृन 'पिक १५नाम प्रदान गरियो । विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी 'सगरमाथानाम राखिदिएका हुन ।उनले यस पर्वतको नेपाली नाम'शारदानामक पत्रिकामार्फत गरेका थिए ।

No comments:

Post a Comment