ADS

Thursday, March 12

TSC QUESTIONS

१. तलका मध्ये कुन चाहि नेपालको शिक्षाको राष्ट्रिय 
उद्देश्यभित्र पर्दछ ? 
उत्तर = व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै 
सामाजिक एकतालाई सुदढ बनाउने 
२. सार्क राष्ट्रहरुमध्ये पाकिस्तानमा विद्यालय 
तहको शिक्षालाई कति तहमा बाडिएको छ ? 
उत्तर = ५ 
३. गोरखा स्कुल हङकङमा अध्ययन गर्ने 
विद्यार्थीका निम्ति वि सं २०३०
सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र
कति सालमा बन्द गरिएको थियो ?
उत्तर = वि सं २०५५
४. जेन्डर शब्दले तलकामध्ये क’नचाहि अवस्थालाई बु
झाउछ ?
उत्तर = महिला पुरुषबीचको सामाजिक अवस्था
५. राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८, २०३२)
अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यमिक
तहमा कति कति प्रतिशत व्यवसायिक शिक्ष्ा सिकाउने
उद्देश्य राखिएको थियो ?
उत्तर = साधारण माविमा २० प्रतिशत र व्यवसायिक
माविमा ३०-४० प्रतिशत
६. माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३ २००८)
को तलको उद्देश्य कुन हो ?
उत्तर = माध्यमिक शिक्षाको समता र पहुचमा सुधार
७. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत
तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक
रुपमा लाग” गर्ने उल्लेख गरेको छ ?
उत्तर = कक्षा १ देखि ७ सम्म
८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार
माध्यमिक शिक्षाका सन्दर्भमा नेपाली विषय अन्तर्गत
संस्कृतलाई कुन रुपमा समावेश गर्ने व्यवस्था हुनुपर्ने
सुझाव
गरिएको थियो ?
उत्तर = सहयोगीका रुपमा
९. किशोरावस्थाको खास विकासात्मक कार्य कुन हो ?
उत्तर = मातापिता एवम् अन्य वयस्कहरुबाट संवेगात्मक
आत्मनिर्भरता प्राप्त गर्न
१०. प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार निरन्तर
विद्यार्थी मूल्यांकनका लागि कति वटा मापदण्डलाई
आधार मान्ने व्यवस्था गरिएको छ ?
उत्तर = ५ वटा
११. नेपालको अन्तरिम संविधान २०६३
मा व्यवस्था भएबमोजिम कसलाई आफ्नो भाषा,
लिपि संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र
संवद्र्धन गर्ने हक
हुनेछ ?
उत्तर = नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई
१२. नेपालको अन्तरिम संविधान २०६३ बमोजिम अभिलेख
अदालत भनेर कुन अदालतलाई भनिन्छ ?
उत्तर = सर्वोच्च अदालत
१३• जिल्ला शिक्षा समितिमा पदेनबाहेक मनोनित
सदस्यको संख्या कति किटान गरिएको छ ?
उत्तर = ८
१४. शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति गर्ने
सिफारिस समितिमा कसकसको प्रतिनिधित्व रहने
व्यवस्था छ ?
उत्तर = लोकसेवा आयोगका अध्यक्ष,
त्रिविविका उपकुलपति र शिक्षा सचिव
१५. समुदायद्वारा सञ्चालित विद्यालय व्यवस्थापन
जिम्मा लिने निकायको काम, कर्तव्य र अधिकारमध्ये
तलको कुन पर्दैन ?
उत्तर = विद्यालयको सुधार गर्न आवश्यकताअनुसार
विशेषज्ञ नियुक्ति गर्ने
१६. शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार
कक्षा ६ देखि १० सम्म सञ्चालन
भएको विद्यालयमा कम्तीमा कति जना शिक्षक हुन’पर्ने
व्यवस्था गरिएको छ ?
उत्तर = ९ जना
१७. विद्यालय व्यवस्थापन समितिको कार्यभित्र नपर्ने
कुन हो ?
उत्तर = विद्यालय सञ्चालनका लागि प्राप्त साधन र
स्रोत स्थिर राख्ने
१८. शिक्षकको नोकरी अवधि गणना सम्बन्धमा कुनै
द्विविधा उत्पन्न भएमा त्यस्तो नोकरी अवधि यकिन
गरी शिक्षक किताबखानालाई सिफारिस गर्न
जिल्ला स्तरमा गठित तीन सदस्यीय
नोकरी अवधि निर्धारण समितिको अध्यक्ष को हुन्छ ?
उत्तर = जिल्ला शिक्षा अधिकारी
१९. शिक्षक पदका लागि उम्मेद्वार हुन नपाउने
अवस्था तलकामध्ये कुन हो ?
उत्तर = नैतिक पतन देखिने
फौजदारी अभियोगमा अदालतबाट कसुरदार
ठहरिएको
२०. शिक्षक सेवा आयोग नियमावली २०५७
(संशोधनसहित) अनुसार पिछडिएको क्षेत्र भन्नाले
तलको कुनचाहि जिल्ला पर्दैन ?
उत्तर = मनाङ

No comments:

Post a Comment