ADS

Thursday, March 12

First World War and Second World War



Þ     
अष्ट्रियाका युवराज आर्कड्युक फ्रान्ज फर्डिनेन्ड आफ्नी पत्नीका साथ बोस्नियाको राजधानी सरायभोमा घुम्न गएको समयमा २८ जुन १९१४ मा प्रिन्सेस नामक व्यक्तिले गोली हानी हत्या गरिदिएपछि विश्वयुद्ध शुरु भएको थियो  । युवराज तथा युवराज्ञीको हत्यापश्चात अष्ट्रियाले हत्याको सम्पूर्ण दोष सर्वियालाई लगाउँदै जुलाई २२ मा १२ सुत्रीय माँग सर्विया समक्ष प्रस्तुत गर्दै ती माँग पूरा गर्न ४८ घण्टाको समय प्रदान गर्‍यो । सर्वियाले ती सबै माँग पूरा गर्न नसक्ने भनेपछि जुलाई २८ १९१४ मा अष्ट्रियाले सर्भिया विरुद्ध युद्धको घोषणा गरी आक्रमण शुरु गर्‍यो । यस युद्धमा रुसले सर्वियाको पक्षमा लड्यो भने जर्मनीले अष्ट्रियाको पक्षमा लड्यो । यस युद्धमा Central Power को रुपमा जर्मनीअष्ट्रिया हङ्गेरी टर्की रहेका थिए भने Allies Power को रुपमा बेलायत रुस फ्रान्ससर्विया सामेल रहेका थिए । यस युद्धमा करिव ८५ लाख सर्वसाधारण मानिसहरु मारिनु पर्‍यो । प्रथम विश्वयुद्धमा भएको कुल खर्च ४० अर्ब पाउण्ड थियो । यस युद्धमा १ करोड ३० लाख सैनिक मारिएका थिए । जर्मनीको तर्फबाट २ करोड र मित्रराष्ट्को तर्फबाट ४ करोड सेनाले भाग लिएका थिए ।

Þ     प्रथम विश्वयुद्ध सन् १९१४ जुलाई २८ देखी सन् १९१८ नोभेम्बर ११ सम्म ४ बर्ष ३ महिना ११ दिन ( १५६१ दिन) सम्म चलेको थियो ।
Þ     प्रथम विश्वयुद्धमा जम्मा २८ राष्ट्रले भाग लिएका थिए । जसमा बेलायतको पक्षमा कूल १२ राष्ट्र र जर्मनीको पक्षमा कुल ५ राष्ट्र थिए ।
Þ     प्रथमयुद्धको आधारको रुपमा बाल्कन प्रायदिपको युद्ध (सन् १९१२-१३) लाई लिइन्छ ।
Þ     प्रथम विश्वयुद्धमा भाग लिएर पनि कुनै क्षति नब्यहोरेको राष्ट्र अमेरिका हो । यस युद्धबाटनै अमेरिकी डलरले विश्वव्यापी मान्यता पायो ।
Þ     प्रथम विश्वयुद्ध पश्चात सन् १९२० जनवरी १० मा राष्ट्रसंघको स्थापना भयो । यसको स्थापना गर्दा २७ राष्ट्र थिए । संघको स्थापनासम्बन्धी प्रस्ताव तत्कालीन अमेरिकी राष्ट्रपति बिड्रो विल्सनले राखेका थिए । राष्ट्रसंघको विधानमा २६ धारा थिए ।
Þ      यस युद्धमा नराम्रोसँग प्रभावित हुने राष्ट्र जर्मनी हो । प्रथम विश्वयुद्धताका जर्मनीका  राजा कैजर विलियम द्वितिय थिए । उनी युद्धताका भागेर हल्याण्ड पुगेका थिए ।
Þ     सन् १९१९ जुन २८ मा मा भर्साइल्सको सन्धि भएको थियो ।

Þ     प्रथम विश्वयुद्धमा नेपालले बेलायतलाई सहयोग गर्न प्रधानमन्त्री चन्द्र शमशेरले १६५४४ प्रशिक्षित सैनिक र साथै बेलायत सरकारलाई १० लाख पाउण्ड स्टर्लिङ आर्थिक सहयोग समेत पठाएका थिए । 


nप्रथम विश्व युद्ध समाप्त भएको २० बर्ष पछि दोस्रो विश्व युद्ध सुरुभएको थियो ।
-    प्रथम विश्वयुद्धको अन्त्यमा जर्मनीसँग गरिएको भर्साइल्सको सन्धि नै दोस्रो विश्व युद्धको कारण बन्यो ।
-   









 दोस्रो विश्वयुद्धको प्रारम्भ सेप्टेम्बर १ १९३९ मा जर्मनीले पोल्याण्ड माथि आक्रमण गरी भएको थियो । त्यसपछि सेप्टेम्बर ३ मा व्रिटेनल् जर्मनी माथि आक्रमण गरेको थियो । तत्कालीन अवस्थामा इटालीको शासन मुसोलिनी र जर्मनको शासक हिटलर थिए ।
-    जापानको हिरोसिमामा अगष्ट ६१९४५ मा (Little Boy नामक अणु बम खसालिएको) र नागासाकीमा अगष्ट ९ १९४५ मा (Fat Man नामक अणु बम खसालिएको) अमेरीकाले आक्रमण गरेको थियो ।
-    दोस्रो विश्वयुद्धमा करिव १ करोड ४६ लाख सैनिकको मृत्यु भएको थियो । युद्धमा सर्वसाधरण नागरिक करिव १ करोडको निधन भएको थियो ।
-    युद्धमा करिव ११९३ अर्व डलर खर्च भएको थियो ।
-    जापानको हिरोसिमा र नागासाकीमा गरी करिब १ लाख ६० हजारको ज्यान गएको थियो ।
-    दोस्रो विश्वयुद्धमा फ्रान्सपोल्याण्डचेकयुगोस्लाभियारुमानिया गुटलाई मित्र शक्ति(Allies Power)  र यसमा पछि अमेरीका र रुस सामेल भएका थिए ।
-    जर्मनीइटालीजापानरुस गरी धुरी शक्ति (Axis Power) गठन भयो । पछि रुस  मित्र शक्ति (Allies Power) गुटमा सामेल भयो ।
-    दोस्रो विश्वयुद्धमा नेपालका प्रधानमन्त्री जुद्धशमशेर थिए । उनले बेलायतको सहयोगको लागि ८ हजारको १२ वटा टिम गरी १ लाख जति नयाँ रंगरुट भर्ना गरी युद्धमा पठाएका थिए ।
-    सन् १९३३ मा हिटलर जर्मनको चान्सर भएका थिए । उनी सन् १९३४ मा चान्सर र राष्ट्रपतति दुबै बने ।
-    सन् १९३१ मा जापानले मन्चुरियामाथि आक्रमण गरेको थियो ।
-    सन् १९४३ सेप्टेम्बर ड मा इटलीले आत्मसमर्पण गर्‍यो।
-    सन् १९४२ मे ठ मा जर्मनीले आत्मसमर्पण गर्‍यो।
-    अगस्त १४ १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो ।
-    यस युद्धको समाप्ति पश्चात एसियामा चीन मंगोलिया भियतनाम उत्तरकोरीया साम्यवादी शासन व्यवस्था स्थापित भयो ।

-    युद्धको समाप्ती पश्चात अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्र संघको स्थापना अक्टोबर २४ १९४५ मा भयो । 

h

No comments:

Post a Comment