ADS

Thursday, March 12

कम्प्यूटर प्रणाली भनेको के हो ? कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्वबारे छोटकरीमा लेख्नुहोस् ।


      संकलन गरेका कच्चा सूचना तथा तथ्यांकको प्रवेश गराई प्रशोधनमार्फत उत्पादन गरी सोको व्यवस्थित भण्डारण ( Input, Processing, Output, Store)  गर्ने विद्युतीय उपकरणलाई कम्प्यूटर प्रणाली भनिन्छ । नेपालीमा यसलाई सुसाङ्ख्य भनिन्छ । कार्यालयको काम कारवाहीलाई छिटो छरितो बनाउन‚ सेवा प्रवाहमा गुणस्तर बढाउन‚Paperless Office को अवधारणा लागू गर्न तथा कार्यालयलाई आधुनिक बनाउन समेत यसले सहयोग गर्दछ ।कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व      सेवा प्रदान गर्ने स्थान कार्यालय हो । कार्यालयको निश्चित उद्देश्य हुन्छ । उही उद्देश्य प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने‚ संगठन गर्ने‚ समन्वय गर्ने‚ नियन्त्रण गर्ने‚ साधन स्रोतको परिचालन गर्ने गर्दछ । कार्यालयले गर्ने उपरोक्त कार्य कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस सूचना र तथ्यांकको आवश्यकता पर्दछ । त्यही सूचना र तथ्याङकको संकलन‚ प्रशोधन‚ उत्पादन एवं भण्डारणको कार्य कम्प्यूटर प्रणालीले गर्दछ । समग्रमा कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्कता र महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छःÞ     कार्यालयको नीति निर्माण‚ योजना तर्जुमा एवं निर्णय गर्नका लागि भरपर्दो सूचना उपलब्ध गराउन‚Þ     कार्यालको काम कारवाहीलाई पारदर्शी एवं आवश्यकताअनुसार गोपनियता कामग गर्न‚Þ     अभिलेख कार्यलाई थप व्यवस्थित बनाउन‚Þ     भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी Document सुरक्षित राख्न‚Þ     आवश्यक परेको समयमा प्रमाणको रुपमा कागजात जुटाउन‚Þ     कार्यालयमा सूचना सजिलै उपलब्ध गराउन‚Þ     खोजेको समयमा कागजात सजिलै प्राप्त गरी समय‚ श्रम र साधन स्रोतको वचत गर्न‚Þ     नयाँ कर्मचारीलाई कार्य गर्न सजिलो बनाउन‚Þ     कार्यालयको कुशल व्वस्थापन गर्ने कार्यमा मद्दत गर्न‚
Þ     कार्यालयको समग्र प्रगति प्रतिवदेन बनाउने कार्यलाई व्वस्थित गर्न‚ आदि ।

No comments:

Post a Comment