ADS

Thursday, March 12

समानुपातिक प्रतिनिधित्व (समानुपातिक निर्वाचन प्रणाली )

समानुपातिक प्रतिनिधित्वको प्रणालीको अर्थ
Þ    सबैभन्दा बढी प्राप्त गर्ने उम्मेदवार विजयी हुने प्रणालीमा देखापरेका नकारात्मक असर कम गरी सबै बर्ग‚ क्षेत्र‚ समुदाय र जातजातिका ब्यक्तिहरुलाई शासकीय क्रियाकलापमा सहभागी गराउने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणालीको विकास गरिएको हो ।
Þ    अल्पसंख्यक जाति र समुदायको प्रतिनिधित्व तथा साना राजनैतिक दलको प्रतिनिधित्वबाट बन्चित हुनुपर्ने अवगुणहरु पहिलो हुने निर्वाचन प्रणाली (First pat the post system) मा देखापरेको सन्दर्भमा विश्वमा कतिपय मुलुकहरुले समानुपातिक प्रणालीको अबल्मवन गरिआएका छन् ।
Þ    प्रतिनिधित्वका विभिन्न प्रणालीहरुमध्ये समानुपातिक प्रतिनिधित्व प्रणालीले समावेशी ढंगले प्रतिनिधित्व गराउने कुरामा  सबैको विश्वास पनि रहेको छ ।
Þ    कुनै पनि दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बराबरको स्थानमा निर्वाचन हुने प्रणाली समानुपातिक प्रतिनिधित्व प्रणाली हो ।
Þ    Encyclopedia of Election ले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई यसरी अर्थाएको छ – “Proportional representation systems are those in which seats are allocated to political parties proportion to the they receive at election. How proportion seat shares are to vote shares is, however a matter of degree and not an all-or-nothing proposition.”

Þ    समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणालीले एकातिर सबै राजनैतिक दललगायत सम्पूर्ण वर्ग‚ समुदाय र जातजातिका नागरिकहरुलाई उचित न्याय प्रदान गर्दछ भने अर्कोतिर अल्पमतको कदर गर्दै लोकतान्त्रमा सम्पूर्ण जनताको सहभागिता सुनिश्चित गर्दछ ।
Þ    यो प्रणालि एकभन्दा बढी स्थानमा हुने क्षेत्रमा लागू गरिन्छ । एकमात्र स्थान भएको अवस्थामा समानुपातिक तरिकाले विभाजन गर्न नसकिने हुँदा लागू गर्न सकिदैन ।
Þ    यो प्रणालि मतदातालाई राजनैतिक दल वा उम्मेदवार दुबैलाई छनौट गर्नपाउने अवसर प्राप्त हुन्छ । किनभने यो प्रणाली प्रतिनिधिमुलक विधायिका स्थापना गर्न सहयोगसिद्ध भएको छ ।
Þ    यसमा स-साना दलहरुले पनि प्राप्त गरेको मतको अनुपातमा आफ्ना तर्फबाट प्रतिनिधि पठाउन सक्दछन् । प्रतिनिधित्व प्राप्त गर्नका लागी न्यूनतम सीमा तोकिएको हुन्छ र न्यूनतम सीमासम्म मत प्राप्त गर्ने दलले आफ्नो प्रतिनिधि संसदमा पठाउन सक्दछन्  ।
समानुपातिक प्रतिनिधित्व (निर्वाचन) प्रणालीको प्रकारहरुः

१. सूचीमा आधारीत समानुपातिक प्रणाली (List System):
      यो प्रणाली अन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्रमा आवद्ध गरिन्छ । अधिराज्यभर मतदान केन्द्र र निर्वाचन क्षेत्र भए तापनि ती सबै केन्द्रका पतपेटीका संकलन गरी एउटै स्थानमा राखिन्छ । यस्तो प्रणालीको निर्वाचनमा व्यक्तिगत उम्वेद्वार हुने व्यवस्था हुँदैन । राजनैतिक दलहरुको तर्फबाट मात्र उम्मेद्वारी दाखिला गरिन्छ । प्रत्येक दलहरुको आफ्ना उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा दाखिला गर्दछन् । यो सूची खला‚ बन्द तथा स्वतन्त्र गरी जम्मा ३ किसिमका हुन्छन् । मतदाताहरुले व्यक्तिगत उम्मेदवारहरुलाई नभै राजनैतिक दललाई मत दिने गर्दछन् । राजनैतिक दलहरुकले प्राप्त गरेको कुल मतको अनुपातमा सूचीमा रहेका उम्मेदवारहरुमध्ये प्राथमिकताको आधारमा राजनैतिक दलको केन्द्रीय समितिको निर्णयानुसार विजय घोषित गरिन्छ । विजय घोषणा गर्नु अगाडी सम्पूर्ण मतपेटीकाको मत गणना गरी प्रत्येक राजनैतिक दलले प्राप्त गरेको मतसंख्या यकिन गरिन्छ ।
२. परिवर्तनीय मत प्रणाली (Transferable vote system)
      यो प्रणालीअनुरुप प्रतिनिधि छनौट गर्दा सम्पूर्ण देशलाई एउटा मात्र निर्वाचन क्षेत्र कायम नगरी बहु-निर्वाचन क्षेत्रहरुमा विभाजन गरिन्छ । त्यसरी वर्गीकरण गरिएका निर्वाचन क्षेत्रमा एकभन्दा बढी सिट हुने गर्दछ । मतदानबाट धेरै सदस्यहरु निर्वाचन हुने व्यवस्था गरिन्छ । प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन हुने गर्दछ । कुनै निश्चित निर्वाचन क्षेत्रबाट जतिसुकै प्रतिनिध छनौट हुने व्यवस्था भए तापनि प्रत्येक मतदातालाई केवल एउटा उम्मेद्वारलाई मात्र मत दिने अधिकार रहन्छ । मतदानपश्चात प्रत्येक निर्वाचन क्षेत्रमा कुन कुन उम्मेदवारको पक्षमा के कति मत परे भन्ने गणना गरी मतसंख्या यकिन गरिन्छ ।
३. मिश्रित समानुपातिक प्रणाली
      मिश्रित समानुपातिक निर्वाचन प्रणाली त्यस्तो निर्वाचन प्रणाली हो जसअन्तर्गत केही पदको निर्वाचन बहुमत प्रणालीको आधारमा गरिन्छ भने केही पदको निर्वाचन समानुपातिक निर्वाचन प्रणालीको आधारमा गरिन्छ । भौगोलिक‚ क्षेत्रीय‚ जातिय‚ एमं लैङ्गिक क्षेत्रमा देखिने असन्तुलनलाई सन्तुलित  र समानुपातिक बनाई समावेशी प्रतिनिधित्व गर्नका लागी मिश्रित प्रणाली अवलम्बन गरिएको हो । कति प्रतिशत पहिलो हुने निर्वाचन प्रणालीबाट पूर्ति गर्ने र  कति प्रतिशत समानुपातिक प्रणालीबाट परिपूर्ति गर्ने भन्ने विषय सम्बन्धित देशको माग र आवश्यकतामा निर्भर गर्दछ । यो संख्या कुने देशमा ५० प्रतिशत कुनै देशमा ६०/४० र कुनै देशमा ७५/२५ कायम गरिएको हुन्छ । मिश्रित निर्वाचन प्रणालीमा बढीमत/बहुमत निर्वाचन प्रणाली र समानुपातिक प्रणालीका सकारात्मक गुणहरुलाई मिश्रण गर्ने कोशिस गरिन्छ । यो प्रणालीअन्तर्गत दुई वटा फरक फरक निर्वाचन प्रणाली अवलम्बन गरिन्छ ।
समानुपातिक निर्वाचन प्रणालीका गुणहरु (Merits) 
Þ    लोकमतको सही प्रतिनिधित्व हुन्छ ।
Þ    कुनै पनि मतदाताको मत व्यर्थमा खेर जाँदैन ।
Þ    शासनमा सबै वर्ग र समुदायको प्रतिनिधित्व रहन्छ ।
Þ    अल्प संख्यकहरुको पनि उचित प्रतिनिधित्व रहन्छ ।
Þ    बहुमतको तानाशाही रहँदैन ।
Þ    ४९/५१ को खेलका विकृतिहरु आउन सक्दैनन् ।
Þ    प्राप्त मतको अनुपातमा संसद र सरकारमा सहभागिता कायम हुन्छ ।

समानुपातिक निर्वाचन प्रणालीका दोषहरु (Demerits)
Þ    राष्ट्रिय एकता कायम गर्नमा कठिनाई सिर्जना हुन्छ ।
Þ    साम्प्रदायिक भावनाले प्रश्रय पाउन सम्भावना हुन्छ ।
Þ    यस प्रणालीबाट उपनिर्वाचनको कुनै गुन्जायस रहदैन ।
Þ    मतदाता र प्रतिनिधिहरुविच सम्पर्कको अभाव हुन्छ ।

Þ    सरकारको स्थायित्व हुने सम्भावना न्यून हुन्छ । 

No comments:

Post a Comment