ADS

Thursday, March 12

नेपालको भौगोलिक विशेषताहरु के के छन् ? छोटकरीमा उल्लेख गर्नुहोस् ।


     नेपालको भौगोलिक विशेषताहरु निम्न अनुसार रहेको छः--   विश्व भौगोलिक परिवेशमा नेपाल सानो (कुल भु-भागको ०.०३ प्रतिशत र एसिया महादेशको कुल भु-भागको ०.३ प्रतिशत) भए पनि नेपालको आफ्नै मौलिक भौगोलिक विशेषता छ ।-     नेपालको पूर्व‚ पश्चिम र दक्षिणमा भारत छ भने उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत छ ।-    नेपालको क्षेत्रफल १‚४७‚१८१ बर्ग किलोमिटर छ ।-    नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशसम्म र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तर देखी पूर्वी देशान्तरदेखी ८८ डीग्री १२ मिनर्ट पूर्वी देशान्तरसम्म रहेको छ ।-    नेपालको पूर्व मेचीदेखी पश्चिम महाकालिसम्म औसत लम्बाइ ८८५ किलोमिटर र उत्तरदेखी दक्षिणसम्म औसत चौडाइ १९३ किलोमिटर छ ।-     नेपाल एक भू-परिवेष्ठिट राष्ट्र हो । नेपालबाट हिन्द महासागर समुद्र करिब ७०० माइल टाढा पर्दछ ।-    नेपालको भौगोलिक क्षेत्र समुद्र सतहबाट ५९ मिटरदेखी विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको उचाइमा समेटिएको विविधपूर्ण छ ।-    नेपाललाई भौगोलिक हिसाबले हिमाली प्रदेश‚ पहाडी प्रदेश र तराई प्रदेश गरी तीन प्रदेशमा विभाजन गरिएको छ ।-    विश्व मानचित्रमा नेपाल एक सानो भू-परिवेष्ठित देश‚ तेस्रो ध्रुवको देश‚ विकासोन्मुख देश एमं विविधतापूर्ण देशका रुपमा चिनिन्छ ।

No comments:

Post a Comment