ADS

Thursday, October 1

बिहान उठेर पानी पिउनुका ५ फाइदा, आजैबाट पिउन थाल्नुस् !

प्राय मानिसहरु बिहान जुरुक्क उठेर १ गिलास पानी पिउँछन्, अनिमात्रै अन्य काम गर्न थाल्छन् । तर, यसको फाइदाबारे स्वयम् उनीहरु नै अनविज्ञ हुन सक्छन् ।
बिहान उठेर पिइने पानीका कारण कैयन रोगहरुमा नियन्त्रण पाउन सकिन्छ । खाली पेटमा पानी पिउँदा पेटमा जम्मा भएको विकार पदार्थ पिसाबको माध्यबाट बाहिर निस्किन्छ, भने रगत पनि सफा हुन्छ ।
त्यसैले बिहान उठेर कम्तिमा ४/५ गिलास पानी पिउनु अति आवश्यक छ । यस्तो बानी बसाउनका लागि सुरुमा १/२ गिलास पानी पिउन थाल्नु उपयोगी हुन्छ ।
Watter

के छन् यसका फाइदा ?


१. बिहान उठेर पिउने पानीले शरीरमा रहेका विकार पदार्थ निस्किन्छ, जसले रगत सफा गर्न पनि मद्दत पुग्छ । रगत सफा हुँदा त्यसको सकारात्मक प्रभाव छालाको चमकमा पनि देखिन्छ ।
२. बिहानै उठेर पानी पिउँदा नयाँ मांसपेशीहरु निर्माण हुन्छन् । यसले मांसपेशीहरुलाई मजवुत पनि बनाउँछ ।
३. बिहानै पिउने पानीले मेटाबोलिज्म सक्रिय हुन्छ । तोल घटाउन चाहनेहरुका लागि पनि बिहान उठेर पानी पिउनु फाइदाजनक हुनसक्छ ।
४. यसले कब्जियतको खतरा कम गर्छ । पेट सफा भएपछि खाएका कुराहरुबाट पूरा तत्व शरीरले प्राप्त गर्छ ।
५. बिहान उठेर पानी पिउँदा घाँटी, आँखा, पिसाब तथा किड्नी सम्बन्धी सम्याबाटसमेत मुक्ति पाउन सकिन्छ ।

No comments:

Post a Comment