ADS

Friday, October 9

यसरी गरौ दिशा र दुरी सम्बन्धी IQ को तयारी

भन्ने वित्तीकै धेरैको पसिना आउने गर्दछ नबुझ्नेलाई धेरै पसिना आएता पनि बुझेर गर्ने हो भने IQ िनकै सजिलो पनि हुने गर्दछ IQ कै एक प्रकार दिशा दुरी सम्बन्धी IQ को समाधान गर्दा निम्न सुत्र प्रयोग गर्ने हो भने यो निकै सरल एवम् छिटो हुने गर्दछ  
1.       दिशा दुरीको काम गर्दा कुन बिन्दुबाट भन्ने कुरा महत्वपूर्ण हुन्छ त्यसैले प्रश्न हल गर्दा सुरू बिन्दु वा हालको बिन्दु कुन बाट सोधेको त्यसलाई ध्यन दिनु पर्दछ
2.       दिएको प्रश्नलाई राम्ररी पढेर चित्रमा दिएको जस्तै दिशा छुट्टाएर प्रश्नको समाधान गर्दा सजिलो हुन्छ
3.       कुनै पनि प्रश्नमा यति डिग्री घडीको दिशामा, घडीको विपरित दिशामा घुमेर जस्तो प्रश्न दिएमा घडीको दिशामा दिएको (एकै प्रकारका) डिग्रीहरु जोडेर ठुलोबाट सानो घटाउनु पर्दछ आएको फललाई बर्तमान अवस्थाबाट कति डिग्री भयो त्यसैको आधारमा त्यसको समाधान निकाल्नु पर्छ जस्तै:-
4.       यदि उत्तर-पुर्व   भनेको पूर्व भए जस्तो प्रश्न आएमा दिएको दिशा कति डिग्रीमा भनेको सोही बराबर डिग्रीमा दिएको प्रश्नको उत्तर खोज्नु पर्दछ
जस्तै:- यदि उत्तर-पूर्व भनेको पूर्व हो भने पश्चिम भनको के हो? यो प्रश्नमा उत्तर-पूर्व पूर्व बिचको कोण 45 डिग्री घडीको दिशामा त्यसै गरी पश्चिमबाट 45  डिग्री घडीको दिशा उत्तर पश्चिम हुन्छ  सहि उत्तर उत्तर-पश्चिम हुन्छ सरलताको लागि चित्रमा हेर्न सकिन्छ
5.       उत्तर मुख फर्काएर उभिएको मानिसको छायाँ सूर्योदयको समयमा उसको बाँयातर्फ सूर्यास्थको समयमा उसको दायाँतर्फ जान्छ
6.       दिशा दुरीको हिसाब गर्दा दायाँ/दाहिने/ Right  भनेमा त्यो Clockwise Direction  जानु पर्दछ भनेबायाँ/देब्रे/Left   भनेमा त्यो Anti Clockwise Direction मा जानु पर्दछ
7.       सूर्योदय हुँदा छायाँ पश्चिममा हुन्छ A  को दायाँ भनेको दक्षिण फर्केको हुन्छ
8.       सूर्योदय हुँदा छायाँ पश्चिममा हुन्छ A  को बायाँ भनेको उत्तर फर्केको हुन्छ
9.       सूर्यास्त हुँदा छायाँ पूर्वमा हुन्छ A  को दायाँ भनेको उत्तर फर्केको हुन्छ

10.   सूर्यास्त हुँदा छायाँ पूर्वमा हुन्छ A  को बायाँ भनेको दक्षिण फर्केको हुन्छ