ADS

Saturday, October 10

अन्तर्वाता दिने उम्मेदवारले ध्यान दिनुपर्ने कुराहरु


  • उम्मेदवारको व्यक्तित्व ,शारीरिक तथा मानसीक अवस्था ,विभिन्न व्यक्तिहरु संग छलफल तर्क गर्ने क्षमताको परिक्षण अन्तर्वार्ताबाट गरिन्छ ।
  • अन्तर्वार्तालीने अन्तर्वार्ता समितीमा विभिन्न विषयमा गहन अध्ययन गरेका 3/4 जनाको टोली हुन्छ ।
  • अन्तर्वार्तामा सहभागी हुन आएकैपदको लिखित पाठ्यक्रम ,उम्मेदवारको शैक्षीक योग्यता तथा अध्ययन क्षेत्र,उम्मेदवार कार्यरत रहने पदको कामको प्रकृति,उम्मेदवार पहिले कुनै पद वा कार्यालयमा कार्यरत रहेको छ भने त्यस संग सम्बन्धीत कुराहरु , साथै समसामयीक राष्ट्रिय र अन्तराष्ट्रिय घटनाहरुनै अन्तर्वार्ताका विषयवष्तु हुन् ।
  •  प्रश्नको उत्तर दिँदा एकदमै सन्तुलित भएर दिनुपर्छ । नजानेको कुरालाई जानेझैँ गरि गलत व्यख्या गर्नुभन्दा विनम्रतापुर्वक आफूलाई थाहा नभएको भनी भन्नुपर्छ । 
  • कहिलेकाहि उम्मेदवारको मानसिक स्थितीको परिक्षण गर्न अत्यन्तै गम्भीर र आक्रामक प्रश्न हरु पनि सोधिन सक्छ । यस्तो अवश्थामा आवेश आएर गालीगर्ने,आक्रामक तरिकाले नै दिनुको सट्टा शिष्ट र शान्त भएर उत्तर दिनुपर्दछ ।यसबाट तपाईको विपरित परिस्थिती झेल्ने कला र क्षमता प्रस्तुत हुन्छ ।
  • "लिखित त पास भए अन्तर्वातामा पासहुने नहुने तपाईको हातमा छ तपाईको आशिर्वाद पाए पास हुने थिएँ " जस्ता बकम्फुसे कुरा झुक्किएर पनि गर्नुहुँदैन ।
  • अश्लिल र भद्दा पोशाक लगाउनु हुँदैन ।
  • अन्त्यमा उम्मेदवारले सबै प्रश्नकर्तालाई नमस्कार शब्दमा अभिवादन गरि बाहिर निस्कनुपर्छ ।