ADS

Monday, October 12

मोबाइलमा ब्याट्री टिक्दैन? यसो गर्नुस्…

निशुल्क Online Job तालिम  सञ्चालन
भैरहेको हुंदा आजनै सहभागिता हुनुहोस 
तालिममा तालिम्पछि घरैमा  बसी बसी
 दैनिक रु १५०० भन्दा बड़ी  आमदानी
थप जानकारीको लागी यहाँ क्लीक गर्नुहोस
पहिले पहिले मोबाइल किन्दा ब्याट्री कति टिक्छ भन्ने कुरालाई ध्यान दिईन्न थियो किनकि पुराना मोबाइलहरुले थोरै ब्याट्री खपत गर्ने गर्दथे । तर, प्रविधिको विकास संगै जब स्मार्टफोनको प्रयोग बढ्न थाल्यो तब ब्याट्री लाइफ नै पहिलो चिन्ताको बिषय बन्न पुग्यो । फोन गर्न, इन्टरनेट चलाउन, गेम खेल्न, तस्विर तथा भिडियो रेकर्ड गर्न, भिडियो कल तथा च्याट गर्ने जस्ता अनगिन्ति सुबिधा हुने
भएकोले यी फोनहरुले सामान्यतया धेरै ब्याट्री खपत गर्ने गर्दछन् । नेपालजस्तो लोडसेडीङको मारमा परेको देशमा त झन् भनेको बेलामा बिजुली नहुनाले कतिपय समयमा मोबाइल अफ भएर धेरै समस्या पर्दछ । यदि हामीले प्रयोगमा केही सावधानी अपनायौं भने पनि स्मार्टफोनको ब्याट्री केही घण्टा बढी टिक्न सक्दछ ।

मोबाइलमा ब्याट्री टिक्दैन भिडियो हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नु होस्
हेरौ आफ्नो स्मार्टफोनको ब्याट्री जोगाउने केही उपायहरु : - ब्राइटनेस तथा टाइम आउट कम गर्ने स्मार्टफोनको डिस्प्ले स्क्रिनले नै धेरै ब्याट्री खपत गर्दछ त्यसैले सकेसम्म यसलाई काम राख्ने प्रयास गर्नुपर्दछ । आजकलका धेरै स्मार्ट फोनहरुमा अटो ब्राइटनेस फिचर हुनेगर्छ जसले परिस्थिति अनुसार आफैं स्क्रिनको ब्राइटनेस मिलाउँछ । त्यस्तै अर्को महत्वपूर्ण कुरा हो स्क्रिन टाइमआउट अर्थात् फोनको स्क्रिन निभ्ने/बन्द हुने समय । यो समय पनि कम राख्नुभयो भने स्क्रिन धेरै समय अँ हुँदैन र ब्याट्री बचत हुन्छ । - ब्लुटुथ, जिपीएसमा र वाइफाइ अफ गर्ने ब्लुटुथ, जिपीएस र वाइफाइ प्रयोग गरेमा ब्याट्री धेरै प्रयोग हुन्छ । तर यसो भन्दैमा यी सुविधाहरु प्रयोग नै नगर्ने त कुरा हुन्न त्यसैले प्रयोग नभएको समयमा ब्लुटुथ, जिपीएस र वाइफाइ बन्द गरेर राख्नुस् । अर्थात् इन्टरनेट चलाउनु पर्दा मात्र वाइफाई अन राख्नुस्, फाइल सेन्ड गर्ने बेलामा मात्र ब्लुटुथ अन गर्नुस्। त्यस्तै नक्साको प्रयोग गर्दा वा आफ्नो लोकेसन पत्ता लगाउन मात्र जीपीएस प्रयोग गर्नुहोस् । - तापक्रम आफ्नो स्मार्टफोनलाई धेरै तातोहुन बाट बचाउनुहोस । साथै धेरै तातो तथा धेरै चिसो स्थानमा पनि नराख्नुस । धेरै तातो वा धेरै चिसोले फोनको ब्याट्रीमा नकारात्मक असर पुग्दछ । - धेरै एप्लिकेसन नचलाउनुस् कुनै पनि एप्लिकेसन चल्दा यसले प्रोसेसर तथा मेमोरीमा प्रभाब पर्दछ जसले चाँडै ब्याट्री खपत गर्दछ । त्यसैले आफुलाई आवश्यक एप्लिकेसन मात्र चलाउनुस । प्रयोग नभएको तथा Background मा चलिरहेको एप्लिकेसनलाई बन्द गर्नुहोस् । - भाइब्रेटसन प्रयोग कम गर्नुहोस् तपाइँ फोनले अरुलाई बाधा नपुगोस भनेर फोनलाई भाइब्रेसनमा राख्नु त ठिकै हो तर यसले धेरै ब्याट्री प्रयोग गर्दछ त्यसैले सक भर फोनलाई छोटो भाईब्रेसन आउने बनाउनु पर्ने हुन्छ । ता की तपाईंलाई कल आएको पनि थाहा होस् र ब्याट्री पनि जोगियोस । यी सामान्य टिप्सहरुले पनि स्मार्टफोनको ब्याट्री जोगाउन धेरै मद्दत गर्दछन र तपाइंले आफ्नो महत्वपूर्ण कल छुटाउनु पर्दैन ।