ADS

Sunday, October 25

यो पढेपछि तपाइले लसुन कहिलै भुल्नुहुने छैन

लसुन प्राय हामी सबैको भान्छामा प्रयोग भइरहने खाद्य सामग्री हो। यसलाई विभिन्न थरिका तरकारीमा हाली प्रायो गर्ने गरिन्छ । लसुनको स्वाद जति स्वादिलो हुन्छ त्यसले स्वास्थ्यलाई पनि त्यति नै फाइदा पुर्‍याएको हुन्छ । नियमित लसुन खाने हामीले विभिन्न स्वास्थ्यसम्बन्धी समस्या बाट छुट्कारा पाउन सक्छौ । भान्सामा तरकारी मिठो बनाउने उद्देश्यले मात्र लसुन उपयोग गर्ने गृहिणीलाई पनि थाहा नहुन सक्छ लसुनको अधिक उपयोगिता । लसुन सेवनका कारण हुने फाइदा थुप्रै छन् । लसुनमा क्यान्सर प्रतिरोधी क्षमताको जर्मानियम तत्व हुने भएकाले यो क्यान्सरका लागि पनि उपयोगी हुने देखिएको छ । यो तत्व अन्य कुनै पनि जडिबुटीभन्दा बढी लसुनमै पाइने अध्ययनले देखाएको छ । *लसुनमा भएको एन्टिब्याक्टेरियल र एन्टिफंगल (ढुसी प्रतिरोधी गुण)ले एलर्जी हुनबाट जोगाउँछ । रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले नियमित लसुन उपभोग गर्दा फाइदा गर्छ ।*कुटेको लसुनलाई पानीमा मिसाएर घाउ सफा गरे घाउ पाक्न दिँदैन।*बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ।>*यसले कलेजोमा पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।*लसुनको रसमा नुन मिसाएर मालिस गरेमा भित्री चोटको दुखाइ कम गर्छ।