ADS

Thursday, September 3

भर्खरै स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजा सहित हेर्नुहोस)

निसुल्क Facebook बाट नै लोकसेवा तयारी गर्नको लागि यहा क्लिक गरी अहिलेनै जोइन हुनुहोस् निसुल्क Facebook बाट नै लोकसेवा तयारी गर्नको लागि यहा क्लिक गरी अहिलेनै जोइन हुनुहोस् शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत माध्यमिक तर्फको केही विषयको परीक्षाफल प्रकाशित गरेको छ । गत असारमा लिइएको परिक्षाको नतिजा शार्वजनिक गरिएको हो । आयोगले स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिकको नतिजा सार्वजनिक गरेको हो । यस्तै संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा र भाषाको नतिजा पनि प्रकाशन गरिएको छ । मध्यमाञ्चल बाहेकका नेपाली र अर्थशास्त्र विषयको नतिजा समेत प्रकाशित गरिएको छ ।गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको हो । माविको बाँकी रहेका विषयको नतिजा एवं निमावि तहको परीक्षाफल अब, क्रमैसंग प्रकाशित गर्दै जाने आयोगको तयारी रहेको प्रशाशकीय अधिकृत लक्ष्मीराम पौडेलले एडुपाटीलाई बताए । माध्यमिकको परीक्षामा सहभागि हुन ४४ हजार ३ सय १९ जनाले आवेदन भरेका थिए । यी मध्ये ३६ हजार ८ सय ९३ जना मात्रै परीक्षामा सहभागि भएका थिए । यस्तै निमाविमा आवेदन भरेका ३१ हजार ३ सय ६५ मध्ये २४ हजार ९ सय ९९ मात्रै परीक्षामा सहभागि भएका थिए ।
मौखिक परिक्षामा छनोट हुने हरुको नामावली हेर्न तल क्लिक गर्नुहोस

No comments:

Post a Comment