खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Friday, September 18
असोज ३ गतेलाई लिम्बुवानले कालो दिनका रुपमा मनाउने : ४ गते देखि अनिस्चितकालिन आमहड्ताल -
१ असोज –पुर्वका नौ जिल्लालाई लिम्बुवन राज्यको माग गर्दै आएको संघिय लिम्बुवान पाटी नेपालले संविधान जारी हुने भएसँगै संविधानको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
विहिवार एक प्रेश विज्ञप्ति जारी गदै संविधानमा लिम्बुवानले माग गरेको आधारभुत मुद्धाहरुलाई सम्बोधन नगरेको भन्दै असोज ४ गते देखि पुर्वमा अनिस्चितकालिन आमहड्ताल साथै सरकारी र सार्वजनिक कार्यालय तथा सवारी साधनहरूमा ‘लिम्बुवान राज्य’ लेख्ने सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघिय लिम्बुवान पाटी नेपालका बरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा असोज ३ गतेलाई कालो दिनको घोषणा गरी साँझ ५ बजे लिम्बुवानका सबै जिल्लाका सदरमुकाम र नगरहरूमा नेपालको संविधान अस्वीकार गरी जलाउने र चार गते देखि अनिश्चितकालिन लिम्बुवान बन्द, लिम्बुवानभित्रका सम्पूर्ण निजी तथा भाडाका सवारी साधनहरू तथा लिम्बुवानबाट चल्ने लामो दूरीका सम्पूर्ण सवारी साधनहरूमा लिम्बुवान राज्य लेखेको प्लेट अनिवार्य रुपमा राख्न लगाउने लगायतको आन्दोलनका कार्यक्रम उल्लेख गरीएको छ ।
पुर्वका ९ जिल्लाको गाविस, नगरपालिका, निजी तथा सरकारी विद्यालयत, सम्पूर्ण क्याम्पस, तथा सम्पूर्ण निजी कार्यलयहरूका साइनबोर्डमा लिम्बुवान राज्य लेख्न समेत लिम्बुवान पार्टी नेपालले विज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।
मुख्य राजनितीक दलहरुले गरेको ७ वटा प्रदेशको सिमांकनको विरोध गर्दै ऐतिहासिक पृष्ठभूमि, पहिचान र अधिकारको आधारमा पूर्वका नौ जिल्लालाई संविधान सभाबाटै लिम्वुवान स्वायत्त प्रदेश घोषणा गरिनुपर्ने माग गर्दै आएको संघिय लिम्बुवान पाटी नेपालले कार्यालय र सवारी साधनमा लिम्बुवान राज्य नलेखे त्यसको रेकर्ड राखी कारवाही समेत गर्ने विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
Click Here & Get Online Test Answer
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...