ADS

Friday, September 11

त्रिभुवन विश्वविद्यालवमा १ हजार ४ सय ६४ जनाले रोजगारी पाउने भए

 भदौ २४ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयले १ हजार ४ सय ६४ को आवेदनको आवेदन माग गरेको छ । आज गोरखापत्र दैनिकमा सार्वजानिक गरेर माग गरिएअनुसार विश्वविद्यालय अन्तर्गत विभिन्न क्षेत्रमा अध्यापन गराउने प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यकको आवेदन माग गरिएको छ । जस अनुसार विश्वविद्यालयले ४ सय ७ खुल्ला तथा १ हजार ५७ आन्तरिक प्रतियोगिताका आधारमा पदपूर्ति गर्ने जनाएको छ ।
विश्वविद्यालयका अनुसार कृषि तथा पशुविज्ञान तर्फ खुल्ला अन्तर्गत ५० जना माग गरेको छ भने आन्तारिक तर्फ १५ जना प्राध्यापक र ४ जना सहप्राध्यापकको माग गरिएको छ । त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थानमा खुल्ला प्रतियोगितामा तर्फ ३ जना डेन्टल सर्जरीको आवेदन माग गरिएको छ, भने आन्तारिक तर्फ १५ जनाको उम्मेदवारी मागिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसका लागि खुल्ला प्रतियोगितामा ३ सय ४५ जनाको दरखास्त आव्हान गरिएको छ । जसमा खुला तर्फ १३९, महिला ९१, आदिवासी जनजाती ५६, मधेसी ३९, दलित १८, अपाङ्ग ७ र पिछडिएको क्षेत्रको लागि ४ जनाको कोटा छुट्याइएको छ । त्यस्तै यस अन्तर्गत नै आन्तारिक प्रतियोगिताको लागि १ हजार ३० जनाको आवेदन माग गरिएको छ ।
पशुविज्ञान तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको लागि खुल्ला प्रतियोगितामा दरखास्त दिने समय कार्तिक १३ गतेको तोकिएको छ भने दोब्बर दस्तुरको लागि कार्तिक २० सम्मको समय दिइएको छ । आन्तारिक तर्फभने कार्तिक ३० र दोब्बर दस्तुरको लागि मंसिर ७ को समय दिइएको छ । त्यस्तै विभिन्न क्याम्पसका लागि खुल्ला प्रतियोगिता तथा आन्तारिक तर्फमा आवेदन दिनेको लागि मंसिर १० र दोब्बर दस्तुरको लागि मंसिर १७ समयको समय तोकिएको छ ।
आवश्यक न्युनतम योग्यता, निवेदन दस्तुर लगायत अन्य आवश्यक जानकारीको लागि आयोगको वेभसाइटwww.tuservicecommission.edu.np बाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ ।

No comments:

Post a Comment