ADS

Friday, September 18

मलाइ कसैले साथ् नदिए पनि – सडकमा एक्लै तरवार बोकेर एकात्मक बादी को बिरुद्ध मा लडने छु

kumar  कुमार लिङ्दे्न ‘मिराक’
फेसबुकमा एकजना आद्रता लिम्बु भन्ने मान्छेको आइ डी बाट कुमार लिङदेनले दुइ करोड भ्रस्टाचार गरेको र ३५ लाख को गाडी किनेको कुरा लेखिएको रहेछ। त्यो फेक आइ डी हो तर पनि कहाँबाट चल्दै छ भन्ने अनुमान चाहि गर्न सकिन्छ, किनकि त्यो आइ डी र मैले चिनेका को को साथीहरु म्युचुअल साथि छन् भन्ने कुराले पनि त्यो मान्छे म बाट कति टाढाको दुरीमा बसेर लेखिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ। मैले सधै भन्ने गरेको छु – राजनैतिक रुपमा मलाइ निरकुश भनियोस वा सधै विवादस्पद निर्णयहरु गर्छ भनोस त्यो म सहन्छु। तर, भ्रस्टाचार गरेर व्यक्तिगत सम्पति जोडेको वा आन्दोलन लाइ तुहाउन खोजेको भन्ने आरोप लाइ मैले सधै ५००० % अस्विकार गरेको छु, र, एकरुपिया तलमाथि गरेको भए वा कुनै बैंक खातामा जम्मा गरेको प्रमाणित भए दमक को चोकमा धारिलो हतियारले आफ्नो घाटी आफै रेटछु भनिरहेको छु। मैले यो कुरा एकचोटी भनेको होईन हजारौ चोटी भनेको छु। कुराहरु यति प्रस्ट हुँदा हुँदै आद्रता लिम्बुले २ करोड भ्रस्टाचारको आरोप लगाएछन, म उनलाई वा उनि मार्फत उनका सक्कली गुरुहरुहरुलाई चुनौती दिन चाहन्छु -यो आरोपको प्रमाण ल्याउनुस, प्रमाण धेरै पनि चाहिदैन, सियोको लाखौ भागको एक भाग मात्र पनि प्रमाण ल्याउनु भयो भने तपाइले भने जस्तो सजाय भोगौला तर प्रमाणित गर्न सकेनौ भने आउने उतार चढावहरुको सामना गर्न पनि तयार हुनु पर्छ। हुनत यो आरोप पहिलो होईन, धेरै आरोपहरु आए यो यात्रामा। तर पनि आफ्नो आत्मा शक्ति प्रयोग गरेर निरन्तर हिडिरहेको छु यो बाटोमा। तर मैले सधै स्वीकारेको छु, मेरो केहि राजनैतिक निर्णयहरु विवादस्पद छन्, भए, कसरि हिडने बाटो स्पस्ट नभएको, घना जंगल फाडदै, आफै बाटो बनाउदै हिड्नु पर्ने भएकोले केहि निर्णयहरु विवादस्पद बने, मैले त्यसलाई स्वीकारेको छु, सायद यो यात्रामा आफै बाटो बनाउदै हिड्नु पर्ने भएकोले पनि यो विवादहरु आएको हुन् सक्छ। केहि राजनैतिक निर्णयहरु जो निकै विवादस्पद भए - १ ) संघीय लोकतान्त्रिक रास्ट्रिय मंच निर्माण गर्दा धेरैले मलाइ नै अध्यक्ष को प्रस्ताब गरेका थिए तर मैले अर्कै लाइ अध्यक्ष प्रस्ताब गरे। २ ) लिम्बुवान मात्र होईन सबै उत्पिडित समुदायहरु मिलेर जानु पर्छ भनेर संघीय मंच लाइ प्राथमिकता दिइयो तर केहि साथीहरुले लिम्बुवान लाइ मात्र प्राथमिकता दिए जसले गर्दा पहिलो पल्ट पार्टी फुट्यो। ३ ) घाइते वा बिदेशमा गएर उपचार नगरे तत्काल मृत्यु हुने अवस्था रहेको तत्कालिन एल भी कमान्डर राज कुमार नाल्बो लाइ सभासद बनाउन लिडे ढिप्पी नै गरे, धेरै साथीहरुलाई चिढाए, पछी नाल्बोले पार्टी छोडेपछी म सबै भन्दा बढी आलोचित भएँ। ४ ) थरुहट राज्य परिसद मंच मा आउनु हप्ता दिन अघि मंच को महासचिब नियुक्ति गरियो। ५ ) मंच का तत्कालिन अध्यक्ष ले पहिलो संबिधान सभाको चुनाब बहिस्कार गरेको बेला अर्का नेता डीके बुद्धिस्ट लाइ अघि सारेर पहिलो संबिधान संबिधान सभाको चुनाब मा भाग लिएको। ६ ) मंच भित्र सभासद पदलाई लिएर विवाद भए पछी लिम्बुवानको मत अनुसार सभासद पाउनु पर्ने हामीले कुरा राखे पछी मंच मा विवाद आयो र लिम्बुवान को मत समरक्षण गर्न आयोग मा मैले आफ्नै स्वबिबेक प्रयोग गरि निबेदन दिए र विबाद बढ्दै गए पछी अन्तिम पल्ट मंच फुट्यो। ७ ) दोस्रो संबिधान सभा को चुनाब को, फोटो सहितको मतदाता नामावली संकलन को शसक्त बिरोध, बहिस्कार गरियो। ८ ) तत्कालिन मंच सम्बद सलिराप को उपमहासचिब नियुक्ति को बिसय लाइ लिएर विवाद उठ्यो, त्यसमा समस्या समाधान को लागि मैले धेरै प्रयास गरे, तर साथीहरुले अध्यक्ष को निर्णय नै फिर्ता हुनु पर्छ भन्ने कुरा आयो, तर लिम्बुवान पार्टीको अध्यक्ष पद लाइ कमजोर नपारौ, झट्ट हेर्दा अध्यक्ष निरङ्कुश जस्तो देखिए पनि, अध्यक्ष पदलाई अधिकार सम्पन्न बनाउने कुरा एउटा राजनीतिक बिचार नै हो भने। अन्तत, त्यो समस्या समाधान भएँन र धेरै राम्रा युबा नेता साथीहरु फरक बाटो भयो। ९ ) पार्टी एकताको कुरा गर्दा मंच सम्बद संघीय लिम्बुवान राज्य परिसद जस्तो शसक्त पार्टीको केन्द्रीय कमिटिको एकपल्ट पनि मिटिंग नराखी भेडेटार मा केहि साथीहरुले भनेकै भरमा ओके भनिदिए। कसरि एकीकरण हुदै छ, मंच सम्बद स लि रा प मा त्यति धेरै योगदान गरेका नेताहरुको स्थान के हुने ? मंच सम्बद स लि रा प् को कति के सहरु र अरुको कति के सहरु हुदै छ, त्यो केहि नबुझी ओके भनिदिए। कम्तिमा एकपल्ट मिटिंग राखेर एकीकरण को प्रोसिड्युरहरु सबै के सहरु बाट पारित गराउनु पर्थ्यो। बिश्वास कै आधार मा सबै गरियो, जीवन मा मैले गरेका गल्तिहरु मध्ये सबै भन्दा ठुलो गल्ति यहि थियो, त्यत्रा के सहरुको निर्णय गर्ने अधिकार लाइ मैले लागु गर्न सकिन, एकीकरण जस्तो गम्भीर कुरालाई केन्द्रीय समितिको मिटिंग राखेर अन्तिम निर्णय लिनु पर्थ्यो त्यो गर्न सकिन। त्यसको दिर्घकालिन असर पर्यो, मंच सम्बद सलिराप मा रहेर त्यत्रो सक्रिय नेताहरु बिस्तारै सिथिल हुदै गए। १० ) ३० दलमा सामेल भइयो। विवादको बाबजुद पनि ३० दल लाइ उचाइमा पुर्याउन धेरै भूमिका खेलियो। पछी प्रचण्डजीले धोका दिएपछी खुब आलोचित भइयो। ११ ) साथीहरुले समानान्तर सरकार, ग्रेटर लिम्बुवान, जनमत संग्रह जस्ता क्रान्तिकारी बिचारहरु ल्याइरहे तर म शान्तिपूर्ण ससक्त आन्दोलनको पक्षमा उभिरहे, सबैले मलाइ डर छेरुवा, काम नलाग्ने गान्धी भनेर आलोचना गरिरहे। १२ ) किरात याक्थुङ चुम्लुङले लिम्बुवान संयुक्त संघर्ष समिति बनाउने प्रस्ताब ल्यायो। पार्टीका शिर्ष नेताहरुले त्यसलाई सहर्ष स्वीकार्न सकेनन, तर मैले एकै बचनमा स्वीकारे र त्यो कार्यक्रममा सहभागी हुन् थालें, त्यसले पार्टीमा नयाँ विवाद ल्यायो … आदि आदि। कहिले काहीँ सोच्छु, छक्क पनि पर्छु। तर फेरी सोच्छु – विभिन्न कठिनाइ को बाबजुद पनि लिम्बुवान आन्दोलनलार्इ गतिशील बनाउन र त्यसको लिड गर्न छोडिएको छैन। हिडने क्रममा मैले लिएका निर्णयहरुको इतिहास ले नै मुल्यांकन गर्ला। मैले यति सोचेको छु – आकाश नै झरेर बाटो छेके पनि लिम्बुवान प्राप्ति नभइन्जेल यात्रा रोक्ने छैन। मलाइ कसैले साथ् नदिए पनि – सडकमा एक्लै तरवार बोकेर एकात्मक बादी को बिरुद्ध मा लडने छु, मर्ने छु, तर आत्मा समर्पण गर्ने छुइन।’ जय लिम्बुवान, संघीय अभिभादन।