ADS

Thursday, September 24

लोकसेवा अयोग प्रथम पत्रः सामान्य ज्ञान र सामान्य बौद्धिक परिक्षण को तयारी गर्दा र परिक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु

लोकसेवा अयोग प्रथम पत्रः सामान्य ज्ञान र सामान्य बौद्धिक परिक्षण को तयारी गर्दा र परिक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु

१. लोकसेवा आयोग द्धारा तयार परिएको पाठ्क्रम, नमुना प्रश्नहरु र वार्षिक कार्यतालिका अनुसार परिक्षाको लागी तयारी गर्ने, २. पाठ्क्रम अनुसार विश्वसनीय पुस्तकको परिमार्तित एवं सम्पादित संस्करण संकलन गर्ने, ३. आफ्नो अध्ययन गर्ने बानीलाई परिमार्जन गर्न समय तालिका बनाई ऋधययन गर्ने, तर सो का लागी विहान उठ्न नसकेपनि उठ्ने प्रयास गर्नुको साटो साँझको समयको उच्चतम उपयोग गर्ने वा साँझ छिटो निद्रा लाग्ने साथीहरुले सबेरै उठेर पढने । यसो गर्दा अध्ययन र स्वास्थ्य दुवैको ख्याल पुग्ने हुन्छ । ४. पुस्तक बाहेक सन्दर्भ समाग्री र समसामयिक विषय बस्तुका लागी पत्र पत्रीका अध्ययन गर्ने, समाचार सुन्ने र महत्वपुर्ण लागेका महत्वका विषयहरु टिपोट गर्ने, ५. सधै पढिहरदा पट्यारिलो लाग्ने र सम्झनामा सम्पुर्ण कुराहरु समेत नरहने हुदा लेखाई र पढाई संगसंगै लाने । यसो गर्दा दोहोर पढाई हुने र स्मरण पनि राम्रो हुने हुन्छ । ६. विभिन्न मिती, क्षेत्रफल, दिवस, उचाई, लम्बाई वा उस्तै देखिने प्रसंग मिल्ने वस्तुगत प्रश्नोत्तर परीक्षाको प्रयोजनका लागी पढदा कुनै विशेष फर्मुलासंग आवद्ध गर्ने, यसो गर्दा धेरै कुराहरुलाई लिङ्कीङ गरी स्मरण गर्न सकिन्छ । जस्तो कि उदाहरण का लागी (विश्व महिला शिखर सम्मेलन सन. १९७५ मा मेक्सिकोमा भयो । –१९८५ मा कोपनहेगन (मेक्सिको को अन्तिम अक्षर) –१९९५ मा नैरोवी (कोपनहेगन को अन्तिम अक्षर) –२००५ मा वेईजिङ (नैरोवीको अन्तिम अक्षर) यसमा विश्व महिला सम्मेलन १९७५ मा मेक्सिको भएको याद गेरछि १०–१० वर्षको फरकमा कहाँ–कहाँ भयो भन्ने कुरालाई लिङ्क गरियो र संम्झन पर्ने कुरालाई घटाईयो । ७. बजारमा उपलब्ध विश्वसनिय र प्रसिद्ध पुस्तक नमुना प्रश्नोत्तर संगालो खरिद गर्ने र तोकिएको समयमा सम्पुर्ण प्रश्नहरु हलगर्न सक्ने गरी घरमै धेरै पटक पुर्व तयारी गर्ने यसो गर्दा लोकसेवा वा कुनै पनि परिक्षामा सम्पुर्ण प्रश्नहरु हल गर्न सकिने, समय र तनावसमेत व्यवस्थापन हुने र परीक्षा बोझिलो नभई रमाईलो हुन गर्दछ । ८.परिक्षामा प्रश्नको उत्तर थाहा पाउनु पुर्व पश्नलाई राम्रा संग बुझिने गरी पढनु पर्दछ । ९. उत्तर पुस्तिका मा प्रश्नको कि (Key) A,B,C,D मध्ये कुन हो, सर्वप्रथम लेखि हाल्नु पर्दछ र आवश्यक विवरण ध्यान पुर्वक भरेपछि प्रश्नको उत्तर समेत नआत्ति नहडबडाई र केरमेट नगरी भर्ने गनु पर्दछ । यसो गर्दा Negative Marking मा तपाईले प्राप्त गर्ने अंक घटने सम्भावना रहदैन् । १०. परीक्षाको तयारी गर्दा अत्यन्तै संयमित, शान्त र भद्र हुनपर्दछ । यसो गर्दा तपाई तनावमुक्त हुनुहुन्छ र तपाईको परिक्षा समेत राम्रो हुन्छ । अत्तालिने, हडवढाउने, रिसाउने वा चिड्चिडाउने बानीले आफैलाई हानी गर्छ ।

विषगत परिक्षा(नायब सुब्बाको द्धितिय पत्र÷खरिदारको तृतियपत्र) को तयारी गर्दा र परिक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु

१. परीक्षा तयारी गर्नुहुने साथीहरुले माथि उल्लेख गरिए अनुरुप नै आफ्नो परिक्षा व्वस्थित गर्नु पर्दछ । २. दोस्रो पत्रको परिक्षा पत्रमा विषयगत छोटो र लामो उत्तर आउने भएको भएर यस्तो परिक्षामा लेखनसिप अत्यन्तै महत्वपुर्ण रहेको हुन्छ । ३. लेखनसिप सुधार्नु भन्दा पहिले पाठ्क्रमले तोकेको ढाँचामा सम्पुर्ण विषय लेखेर र पढेर तयारी गर्नु पर्छ । ४. एक चरणमा पढनेकुरा समाप्त भई सकेपछि आफुले बुझ्ने भाषा र शैलि प्रयोग गरी परिभाषा र बुदाँहरुलाई सिलसिलेवार रुपमा तोकिएको समयमा तोकिएको ढाँचा मिल्ने÷पुग्ने गरी घोक्नुपर्दछ । आफ्नो मौलिकताको भुमिका अहम रहेपनि परिक्षाको सिमित समयमा आफैले मिलाएर परिभाषा बनाउने वा बुदाँ लेख्ने कुरा गर्न संभव नहुन सक्छ । ५. कति कति बेला कुनै विषयवस्तु संग सम्बन्धित परिभाषा र बुदाँहरु अन्य परिक्षार्थी साथीहरु संग मिल्ने हुदा आफ्नो उत्तर अरुको भन्दा फरक, आकर्षक र सटिक होस भनेर आफ्नो भाषा र शैली प्रयोग गरी फरक तरिकाले प्रस्तुती दिनुपर्दछ । ६. दोस्रो पत्रको तयारी गर्दा समेत प्रथमपत्रको जस्तै घरमा परिक्षा दिने र आफु भन्दा जान्ने साथी, अग्रज वा शिक्षकलाई अरुले पत्ता लगाई प्रदान गर्ने पृष्ठपोषण अत्यन्तै महत्वपुर्ण हुने गर्दछ । ७. अंक भार ५ वा १० जे भएपनि प्रत्येक प्रश्नको उत्तर लेख्दा परिचय विषयगत, अन्य जानकारी वुदाँगत र निष्कर्ष समेत विषयगत रुपमा लेख्ने, यसो गर्दा तोकिएको समयमा धेरै कुरा समेटन सकिन्छ र उत्तर सरल तर प्रभाव कारी हुन्छ । ८. विषयगतको उत्तर लेख्दा सकिन्छ भने केहि हदसम्म चित्र बनाउद राम्रो हुन्छ, यसो गर्दा देखाउने लामो लाग्ने कुरा छोटो समयमा भन्न सकिन्छ । ९. प्रत्येक खण्डको प्रत्येक प्रश्नहरुको उत्तर लेख्दा उत्तिकै समय छुटाउने र महत्व दिने गर्नुपर्दछ । सबै प्रश्नहरुको मुल्याङ्कन समान रहने भएकाले हाम्रो लापारबाहिले हामीलाई नै असफल बनाउदछ । १०. प्रत्येक प्रश्नहरुको उत्तर लेख्दा सकारात्मक ढंगले शिष्ठ भाषा र शैली प्रयोग गरी शुद्ध र सफा तरिका अपनाउनु पर्दछ । यसो गर्दा तपाईको उत्तर पुस्तिका जाँच गर्दा सकारात्मक भावना पैदा हुने हुदाँ आयोग पास हुने ठुलो सम्भावना रहन्छ ।

No comments:

Post a Comment