ADS

Thursday, September 17

एसएलसी पूरक नतिजा सार्वजनिक- मार्कसिट सहित नतिजा हेर्नुहोस

मार्कसिट हेर्नेतारीका जान्न यो भिडियो हेर्नुहोस एसएलसीको पूरकमा ६६ दशमलव ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १ लाख २४ हजार १ सय २८ विद्यार्थीले परीक्षा दिएकोमा ८३ हजार ७८ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यी मध्ये ४४ हजार ६ सय ७९ जना छात्रा उत्तीर्ण भएका छन् । उत्तीर्ण छात्रको संख्या भने ३८ हजार ३ सय ९९ रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा छात्रतर्फ ५५ हजार तीन सय ८२ र छात्रातर्फ ६८ हजार सात सय ४६ जना सहभागि थिए । उत्तीर्ण मध्ये एक जना छात्र र एक जना छात्राले डिष्टिङ्सन ल्याएका छन् । उनीहरुको सिम्बोल नम्बर ०३२१२०७ C र ०८२१६१८ R रहेको छ । २ हजार १ सय ७४ फष्ट डिभिजन, ६१ हजार ५ सय ९७ जना सेकेण्ड डिभिजन र १९ हजार ३ सय ५ जना थर्ड डिभिजनमा उत्तीर्ण भएको कार्यालयले जनाएको छ । १ सय ३८ जनाको परीक्षा रद्ध भएको छ भने ४३ जनाको स्थगित भएको छ ।

मार्कसिट यहाँ बाट हेर्नुहोस