ADS

Monday, September 7

सशस्त्र प्रहरी निरीक्षकको ४० जना माग गरिएकोमा २५ मात्र उत्तीर्ण हुनेहरुको नामावली सहित हेर्नुहोस

FACEBOOK बाट लोकसेवा तयारी गर्न यहा क्लिक FACEBOOK GROUP JOIN गर्नुहोस्

सशस्त्र प्रहरी निरीक्षकको खुला प्रतियोगिता

४० जना माग गरिएकोमा २५ मात्र उत्तीर्ण

महिला एकजना मात्रै पास


सशस्त्र प्रहरी बलमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सशस्त्र प्रहरी निरीक्षकका भर्ना प्रक्रियामा माग भएभन्दा कम परीक्षार्थीले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । ४० जना सशस्त्र प्रहरी निरीक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा लिखिततर्फ एकजना महिलासहित २५ जना मात्र उत्तीर्ण भएका हुन् ।
खुला प्रतियोगितामा ५ सय ३ जनाले दरखास्त दिएका थिए । लोकसेवा आयोगद्वारा सञ्चालित सो परीक्षामा खुलातर्फ १९, महिलातर्फ एक, आदिवासी जनजाति चार र पिछडिएको क्षेत्रतर्फ एकजना उत्तीर्ण भएका छन् । यी परीक्षार्थी खुलातर्फसमेत उत्तीर्ण भएका छन् । लिखित परीक्षा उत्तीर्ण हुनेहरूमा किशोर डाँगी, वसन्त आचार्य, मौसम पोखरेल, रबिन ढुंगेल, गणेश खनाल, सुजन रानाभाट, सन्तोषप्रसाद देवकोटा, रबिन खकुराल, प्रदीप थापा, विजयकुमार महर्जन, रामकुमार लामिछाने, तेजबहादुर बोहरा, गंगाबहादुर कार्की, सन्तोष थापा र गणेश खनियाँ छन् । यसैगरी, सञ्जय केसी, सम्झना देउजा, रामकुमार केसी, बुद्ध श्रेष्ठ, विमल बानियाँ, प्रेमकुमार राई, सचिन प्रधान, अभिषेक थापा, सन्तोष थापा र धर्मानन्द जोशी उत्तीर्ण भएका छन् ।
पदपूर्तिका लागि खुलातर्फ २२, महिलातर्फ तिन, आदिवासी÷जनजातितर्फ ६, मधेसीतर्फ पाँच, दलिततर्फ तिन र पिछडिएको क्षेत्रतर्फ एकजना माग गरिएको थियो । दरखास्त हाल्नेहरूमा महिलातर्फ २७, आदिवासी÷जनजातितर्फ ८७, मधेसीतर्फ २५, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ १७ जना रहेका थिए ।
एक वर्षअघि १५ भदौ २०७१ मा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो । लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता आगामी ३ असोजदेखि हुनेछ भने ७ असोजमा विशेष स्वास्थ्य परीक्षण गरिनेछ । लिखित परीक्षा गत ५ साउनदेखि ९ साउनसम्म भएको थियो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय सूचना शाखाका प्रमुख डीएसपी अजय छतकुलीका अनुसार निष्पक्ष ढंगले भर्ना छनोट कार्य गरिएकाले मागिएको भन्दा कम संख्यामा परीक्षार्थी उत्तीर्ण भएका हुन् । ‘४० जना मागिएकोमा लिखित परीक्षामा २५ जना मात्रै उत्तीर्ण भएका छन्,’ छतकुलीले भने, ‘सशस्त्र प्रहरी बलमा निष्पक्ष ढंगले परीक्षा सञ्चालन हुन्छ, उत्तीर्ण भएकाहरूले अब अन्तर्वार्ता फेस गर्छन् । भर्ना प्रक्रियामा भनसुनको कुनै अर्थ छैन, लिखित परीक्षाको यो नतिजा उनीहरूको आङ्खनै मेहनतको प्रतिफल हो ।’
सशस्त्र प्रहरी निरीक्षकको परीक्षा पाठ्यक्रम दुई वर्षअघि परिमार्जन भएको थियो । परिमार्जित पाठ्यक्रमअनुसार निष्पक्ष ढंगले परीक्षा सञ्चालन गरी लिखित परीक्षा पुस्तिका ‘डबल कोडिङ सिस्टम’ मा परीक्षण हुने गरेको छ । सशस्त्रको परीक्षामा अनुत्तीर्ण भएका कुनै परीक्षार्थीलाई उत्तीर्ण गराउन सकिने ‘लुप होल’ नभएको बताइएको छ । सो सिलेबसले परीक्षार्थीलाई सशस्त्र प्रहरी बलबारे अध्ययन गर्न बाध्य तुल्याएको हुँदा नयाँ भर्ना हुने सशस्त्र प्रहरी निरीक्षकहरूले सशस्त्र प्रहरीबारे आधारभूत जानकारी राखेका हुन्छन् ।
यसअघि सशस्त्र प्रहरी बलमा ४० जना सशस्त्र प्रहरी निरीक्षक पदका लागि २३ फागुन २०६९ मा खुला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरिएकोमा २४ जना मात्रै उत्तीर्ण भएका थिए । त्यसबेला कुल ९ सय ३५ जनाले दरखास्त दिएका थिए । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पद खुला प्रतियोगिता तथा आन्तरिक बढुवाबाट पूर्ति हुनेगर्छ । यसैगरी, जवान र परिचर पद खुला प्रतियोगिताबाट छनोट हुने गर्छ ।
सशस्त्रमा खुला प्रतियोगिताद्वारा पूर्ति हुने सबै पदको परीक्षा सञ्चालन सशस्त्र प्रहरी सेवा आयोगले गर्दछ । विज्ञापन प्रकाशनदेखि परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनसम्मको कार्य सोही आयोगले निष्पक्ष ढंगले गर्दछ ।
सेवा आयोगमा लोकसेवा आयोगका अध्यक्ष वा उनले तोकेको लोकसेवा आयोगका सदस्य अध्यक्ष रहने व्यवस्था छ । यसैगरी, सरकारी सेवामा बहाल रहेका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट सरकारले तोकेको उच्च अधिकृतसमेत सदस्य रहने व्यवस्था छ भने गृहसचिव र सेनाका विशिष्ट श्रेणीका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । सो सेवा आयोगमा सशस्त्र प्रहरी महानिरीक्षक सदस्यस–चिव रहन्छन् । आयोगले शारीरिक सहिष्णुता तथा स्वास्थ्य परीक्षालगायत लिखित र अन्तर्वार्ता परीक्षा लिई उत्कृष्ट परीक्षार्थी छनोट गर्दछ । सशस्त्र प्रहरी निरीक्षकले भने टीओ, जीटीओ र आईओ परीक्षासमेत उत्तीर्ण गर्नुपर्दछ । सशस्त्र प्रहरी बलले नयाँ भर्नाको नतिजा ‘एसएमएस सर्ट कोड सेवा’ मार्फत जानकारी दिने व्यवस्था गरेको छ ।

No comments:

Post a Comment