ADS

Monday, September 14

स्नातकको परीक्षा रोकिन्न : त्रिवि

tribhuvan university ile ilgili görsel sonucu




सीमाङ्कनको विषयलाई लिएर जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयले तीन वर्षे स्नातक पहिलो वर्षको परीक्षा स्थगन नगर्ने भएको छ । परीक्षा आगामी असोज ३ गतेबाट सुरु हुँदैछ । त्रिविका परीक्षा नियन्त्रक केशव बास्तोलाले अहिलेसम्म परीक्षा स्थगन गर्ने विषयमा आफूहरुले नसोचेको र परीक्षा रोकिने अवस्था नरहेको स्पष्ट गर्नुभयो । उहाँले परीक्षा हुन नसक्ने अवस्था भएमा त्यस्ता जिल्लामा पछि परीक्षा लिनसकिने भए पनि अन्य स्थानमा भने परीक्षा जारी रहने बताउनुभयो । विशेष गरी २२ जिल्लाको आन्दोलनले पठनपाठनमा समेत समस्या परेको र विद्यार्थीहरु परीक्षा दिने मानसिकतामा नभएकोले परीक्षा सार्नुपर्ने सर्वत्र माग गरिँदै आएको छ ।

No comments:

Post a Comment