ADS

Thursday, September 24

अब कतारबाट नेपालमा सस्तो दरमा कल गर्न सकिन्छा

के तपाइ वा तपाइको कोही आफन्त कतारमा हुनुहुन्छ ? छ भने अब कतारबाट नेपालमा सस्तो दरमा कल गर्न सक्नुहुन्छ ।
कतारको ओरेडु (Ooredoo Qatar) कम्पनीको प्रिपेड मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा हालसम्मकै सबैभन्दा सस्तो दर अर्थात प्रतिमिनेट २० दिरहाम (करिब ५ रुपैयाँ ७५ पैसा) मा
कल गर्न सकिन्छ ।
उक्त अफर सेप्टेम्बर २५ (असोज ८, २०७२) देखि आगामी अक्टोबर २४ तारिख (कात्तिक ७, २०७२) सम्म लागू हुने छ । नेपाल टेलिकमको विशेष अनुरोधमा नेपालीहरुको महान् चाड बडादसैंलाई लक्षित गरी ओरेडु कम्पनीले उक्त अफर लागू गरेको हो ।
यस छुट अफरबाट कतारमा कार्यरत करिब ७ लाख नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुने छन् ।

No comments:

Post a Comment