ADS

Friday, September 18

फेरि थपिए २६ नगरपालिका, धनगढी उपमहानगरपालिका

सरकारले धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा गरेको छ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्नुका साथै धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई गाभेर उपमहानगरपालिकामा विस्तार गरेको हो । 
 
सरकारले गौरादह (झापा), लालीगुराँस (तेह्रथुम), हनुमाननगर योगिनीमाई (सप्तरी), सुखिपुर (सिरहा), धनगढीमाई (सिरहा), बज्रबाराही (ललितपुर), कालिका (चितवन), राप्ती (चितवन), बरहथवा (सर्लाही), भानु (तनहँु), आँबुखैरनी (तनहँु), मध्यबिन्दु (नवलपरासी), भृकुटी (कपिलवस्तु), भिर्काेट (स्याङ्जा) नयाँ नगरपालिका घोषणा गरेको छ । 
 
त्यस्तै राईनास (लमजुङ), करापुटार (लमजुङ), मध्यनेपाल (लमजुङ), भेरीमालिका (जाजरकोट), चौरजहारी (रुकुम), बागचौर (सल्यान), शुभाघाट गङ्गामाला (सुर्खेत), कमलबजार (अछाम), बेलडाँडी (कञ्चनपुर), कृष्णपुर (कञ्चनपुर), बबई (बर्दिया) नगरपालिका घोषणा भएका छन् । शुक्रबारको मन्त्रिपरिषद निर्णयसँगै अब मुलुकमा नगरपालिकाहरुको संख्या २१७ पुगेको छ।
soruce ratopati