ADS

Saturday, April 4

नेपालमा सरकारी संस्थानका समस्याहरु

नेपालमा सरकारी संस्थानका समस्याहरु
अधिकांश सार्वजनिक संस्थानहरु समस्याग्रस्त छन तिनै समस्याहरुले त्यस्ता संस्थानहरुलाई कमजोर, असफल र राज्यलाई भार बनाएको छ । सार्वजनिक संस्थानका केहि समस्याहरु
- उद्देश्यमा अस्पष्टता र विरोधाभास (नाफा VS सेवा)
- अत्याधिक सरकारी नियन्त्रण र राजनैतिक हस्तक्षेपको कारण उपयुक्त कार्य वातावरण निर्माण हुन नसक्नु ।
- स्रोत साधनको न्यूनता र भएका स्रोत साधनको पनि कुशल र प्रभावकारी उपयोग हुन नसक्नु
- कार्यसंचालनमा व्यवस्थापकिय कुशलताको अभाव, सिर्जनशिलता भन्दा काम चलाउ प्रवृत्ति हावी हुनु
- कमजोर जनशक्ति व्यवस्थापन, योग्यता प्रणालीले उपयुक्त स्थान नपाउनु
- प्रतिस्पर्धात्मक क्षमताको अभाव, संरक्षणमुखी प्रवृत्ति, संरक्षणको प्रयासमा एकाधिकारको अभ्यास
- तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताको क्षेत्र पहिचान हुन नसक्नु, अनुसन्धान र विकास क्षमता कमजोर हुनु
- बजारमुखी संस्कृतीको अभाव, उपभोक्ताको माग तथा छनौट अनुसारको वस्तु तथा सेवा उपलव्ध गराउन नसक्नु
- शक्तिशाली युनियनहरुको दवदवा, कमजोर औद्योगिक सम्वन्ध
- संस्थान सम्वन्धी दीर्घकालीन सोच/नीतिको अभाव
- भ्रष्टचार तथा चुहावट, संस्थागत सुशासनको अभाव
- Corporate Social Responsibility (CSR) को अभाव
- कमजोर अनुगमन तथा मूल्याङ्कन
- अस्थिर व्यवस्थापन, अस्तव्यस्त कार्यशैली
- कामदारको न्यून उत्पादकत्व, न्यून कार्यसम्पादन क्षमता
- समयमा लेखापरीक्षण सम्पन्न हुन नसक्नु
- औचित्यपूर्ण ढंगले मूल्य निर्धारण हुन नसक्नु
- परम्परागत संगठन संरचना रहनु, पुरानो प्रविधी उपयोग हुनाले महंगो वस्तु तथा सेवा, गुणस्तर पक्ष कमजोर
- अत्याधिक कर्मचारी संख्या
- संचालक समीती र व्यवस्थापनमा आवश्यकता भन्दा वढी व्यक्ति नियुक्ति हुनु, बिषयवस्तुमा ज्ञान नभएका व्यक्तिहरु संचालक समितीमा नियुक्ति हुनु ।