ADS

Tuesday, April 7

वस्तुगत प्रश्नहरु (20 marks) सही उत्तर पत्ता लगाउनुहोस् । (उत्तर पछि पोस्ट गरिनेछ)FOR TSC

१) जिल्ला शिक्षा समितिमा कम्तीमा कति जना महिला सदस्य रहने प्रावधान छ ?
क) ३ जना
ख) २ जना
ग) १ जना
घ) ४ जना
२) बिना सूचना लगातार १५ दिन भन्दा वढी विद्यालयमा अनुपस्थित रहने शिक्षकलाई कस्तो सजाय हुन्छ ?
क) बढुवा रोक्का गर्ने
ख) ग्रेड कट्टा गर्ने
ग) कार्यरत पदबाट घटुवा गर्ने
घ) पदबाट हटाउने
३) शिक्षक सेवा आयोगले आर्थिक वर्ष समाप्त भएको कति अवधि भित्र नेपाल सरकार समक्ष वार्षिक प्रतिवेदन पेश गरिसक्नुपर्दछ ?
क) १ महिना भित्र
ख) २ महिना भित्र
ग) ४ महिना भित्र
घ) ३ महिना भित्र
४) विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्रमा निम्न मध्ये कुन पर्दैन ?
क) शिक्षकलाई तालिमको लागि छनौट गर्ने
ख) शिक्षकलाई तालिमको लागि सिफारिस गर्ने
ग) विद्यालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने
घ) शिक्षकहरुको सेवाको सुरक्षा र सम्वद्र्धन गर्ने
५) शुरु तलव स्केल रु. १६०००,अन्तिम तलवमान रु. १८००० र सेवा अवधि २० वर्ष भएको शिक्षकले निवृतिभरण वापत् मासिक कति रकम पाउँछ ?
क) ८०००
ख) ९०००
ग) ७२००
घ) १२०००
६) शिक्षकले आधा दिन पनि लिन सक्ने विदा कुन हो ?
क) भैपरी र पर्व विदा
ख) विरामी विदा
ग) अध्ययन विदा
घ) असाधारण विदा
७) कुनै विद्यालयको प्रधानाध्यापकले आचार संहिता पालन गरे नगरेको अभिलेख कसले राख्नुपर्छ ?
क) शिक्षक अभिभावक संघले
ख) वि.व्य.स. अध्यक्षले
ग) शिक्षक स्टाफले
घ) विद्यालय व्यवस्थापन समितिले
८) स्थायी शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्दा सुपरिवेक्षकले दिन पाउने अधिकतम् अंक कति हो ?
क) २
ख) ५
ग) ८
घ) १०
९) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख भएको अन्तिम मौलिक हक कुन हो ?
क) संवैधानिक उपचारको हक
ख) श्रम सम्बन्धी हक
ग) यातना विरुद्धको हक
घ) सुचनाको हक
१०) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख भए अनुसार कुन तह सम्म मातृभाषामा शिक्षा पाउने हक छ ?
क) माध्यमिक तह
ख) निम्न माध्यमिक तह
ग) आधारभूत तह
घ) प्राथमिक तह
११) विभिन्न जात,जाति,धर्म,भाषा,संस्कृति र क्षेत्र प्रति समभाव जगाई समावेशी समाज निर्माणमा सहयोग पु¥याउनु नेपालको कुन तहको शिक्षाको उद्देश्य हो ?
क) उच्च शिक्षा तह
ख) माध्यमिक तह
ग) प्राथमिक तह
घ) निम्न माध्यमिक तह
१२) प्राथमिक तहको पाठ्यक्रम ढाँचा अनुसार स्थानीय विषयको पाठ्यभार कति तोकिएको छ ?
क) ३
ख) ४
ग) ५
घ) ६
१३) सन् १९८९ नोभेम्वर २० मा संयुक्त राष्ट्रसंघीय महासभाबाट पारित बाल अधिकार सम्बन्धी महासन्धीमा कति दफा छन् ?
क) ५४
ख) ५८
ग) ५०
घ) ६४
१४) लैंगिक समानता भनेको कस्तो प्रक्रिया हो ?
क) पुरुष र महिला दुवै एक हुने
ख) पुरुषका हक कटौती गरी महिलालाई दिने
ग) पुरुष महिला बीच गरिने समान व्यवहार
घ) माथिका सबै
१५) त्रिवर्षीय योजना २०६७—२०७० ले प्राथमिक शिक्षा सम्बन्धमा राखेको कार्यक्रम कुन हो ?
क) अनिवार्य आधारभूत शिक्षाको विस्तार
(ख) शिक्षाको गुणस्तरमा सुधार
ग) बहुभाषिक र बहुकक्षा शिक्षा कार्यक्रम बिस्तार
(घ) माथिका सबै
१६) तलका मध्ये कुन शिक्षण विधिको प्रयोगले विद्यार्थी सहभागिता बढाउँछ ?
क) प्रवचन विधि
ख) छलफल विधि
ग) प्रदर्शन विधि
घ) परियोजना विधि
१७) विद्यार्थीको सिकाई उपलब्धीको निरन्तर मूल्याङ्कन गरी कुनै औपचारिक परीक्षा बिना नै कक्षा चढाउनुलाई के भनिन्छ ?
क) सूचक कक्षोन्नति
ख) परीक्षा कक्षोन्नति
ग) उदार कक्षोन्नति
घ) तहगत कक्षोन्नति
१८) पूर्व वाल्यावस्थामा देखा पर्ने शारीरिक संकटमा कुन पर्दैन ?
क) दुर्घटना
ख) शारीरिक कमजोरी
ग) बिरामीपन
घ) मोटोपन
१९) बंशाणुगत सम्पति प्रस्फुटित हुन तलका मध्ये के चाहिन्छ ?
क) सिकाई
ख) वातावरण
ग) परिपक्वता
घ) अभ्यास
२०) विद्यालय क्षेत्र सुधार योजनाको पूर्ण कार्यान्वयन पछि विद्यालय तहको संरचना कस्तो हुने नीति रहेको छ ?
क) ५+३+४
ख) ३+४+५
(ग) ८+४
घ) २+६+४see more