ADS

Sunday, April 12

model Q for tsc



गतवर्ष शिक्षकसेवा आयोगले लिएको मावि तहको सामाजिक अध्ययन विषयको प्रश्नपत्र
सबै प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
खण्ड (ख)
विषयगत प्रश्नहरू पूर्णाङ्क: ८०
‘अ’ समूह:
विषय ज्ञान र सीपसम्बन्धी प्रश्न (८*५=४०)
तलका प्रश्नहरूको छोटो छरितो उत्तर दिनुहोस्:
१. सामाजिक अध्ययन विषयको शिक्षणका लागि क्षेत्र भ्रमणको महत्व उल्लेख गर्दै कक्षा ९ का विद्यार्थीलाई क्षेत्र भ्रमणको माध्यमबाट शिक्षण गर्नुपर्ने विषयवस्तु उल्लेख गर्नुहोस् ।
२. सामाजिक अध्ययन विषयको शिक्षणको प्रभावकारिताका लागि शिक्षण विधिको छनोट र प्रयोगको महत्व उल्लेख गरी कक्षा १० मा विकासक्षेत्र बारेमा शिक्षण गर्दा प्रयोग गर्न सकिने शिक्षण विधिहरु उल्लेख गर्नुहोस् ।
३. नेपालको धरातलीय स्वरुपका बारेमा शिक्षण गर्नका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीको सूची बनाउनुहोस् र ती सामग्रीको प्रयोग र पुन प्रयोगका लागि विद्यार्थीहरूलाई कसरी सहभागी गराउनुहुन्छ ? उल्लेख गर्नुहोस् ।
४. माध्यमिक तहका विद्यार्थीबाट सामाजिक विषयको अध्ययनपश्चात् अपेक्षा गरिएका कुनै ४ ओटा उद्देश्यहरु उल्लेख गर्दै ती उद्देश्यहरु प्राप्त हुन सके नसकेका बारेमा कक्षामा गरिने मूल्यांकनका तरिकाको चर्चा गर्नुहोस्, ।
५. सामाजिक अध्ययन विषयको शिक्षणको प्रभावकारिताका लागि आमन्त्रित स्रोत व्यक्तिहरुको आवश्यकताका बारेमा चर्चा गर्नुहोस् । साथै कक्षा ९ मा त्यस्तो स्रोत व्यक्तिहरुको प्रयोग गरेर शिक्षण गर्नुपर्ने कुनै तीनओटा पाठ्यवस्तुको नाम लेख्नुहोस् ।
६. सामाजिक अध्ययन विषयको प्रभावकारी शिक्षण सिकाइका लागि निरन्तर मूल्यांकन प्रणलीको आवश्यकताका बारेमा चर्चा गर्दै निरन्तर मूल्यांकनको प्रयोगका लागि तपाईले गर्न सक्ने कुनै दुई ओटा कार्यकलापका बारेमा अपेक्षित उपलब्ध्सिहित प्रष्ट पार्नुहोस् ।
७. सामाजिक अध्ययन विषयको शिक्षणका लागि शैक्षिक सामग्रीका रुपमा नक्साको महत्व उल्लेख गर्नुभई कक्षा १० का विद्यार्थीलाई नक्सा निर्माणमा सक्षम बनाउनका लागि गरिने कुनै तीनओटा कार्यकलापका बारेमा चर्चा गर्नुहोस् ।
८. माध्यमिक तहमा सुधारात्मक उपचारात्मक शिक्षणको परिचय रमहत्व उल्लेख गर्दै कक्षामा सामाजिक अध्ययन विषयमा सिकाई उपलब्धिका दृष्टिले कमजोर मानिएका विद्यार्थीहरुको सिकाइ उपलब्धिमा सुधार ल्याउन एक योग्य र सक्षम शिक्षकका हैसियतले तपाईले गर्न सक्ने कुनै तीनओटा थप कार्यकलाप पनि लेख्नुहोस् ।
‘आ’ समूह
समस्या समाधानसम्बन्धी प्रश्न १०
९. माध्यमिक विद्यालय तहमा सामाजिक अध्ययन विषयको शिक्षणका लागि नेपाल सरकारले पाठ्यक्रममा गरेको व्यवस्थाका बारेमा चर्चा गर्दै यस विषय शिक्षणका सन्दर्भमा पाइएका समस्या र ती समस्याहरुको प्रभावकारी समाधानका उपायहरु पनि सुझाउनुहोस् ।
‘इ’ समूह
घटना अध्ययनसम्बन्धी प्रश्न १०
१०. नवीन माध्यमिक विद्यालय जिल्लाको सदरमुकाममा सञ्चालित विद्यालय हो । यस विद्यालयमा सामाजिक अध्ययन विषय शिक्षण गर्ने शिक्षक शिक्षाशास्त्र संकायमा भूगोल विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता भएका छन् । विद्यालयमा अगुवा स्रोत केन्द्र पनि छ । विद्यालयको भौतिक र आर्थिक पक्ष सबल नै छ । विगत ३ वर्षको एसएलसी परीक्षाको नतिजामा ८० प्रतिशतभन्दा बढी विद्यार्थीहरू उतीर्ण भएका देखिन्छन् । अनुतीर्ण विद्यार्थीहरुमध्ये अधिकांश सामाजिक अध्ययन विषयका पनि छन् । उतीर्ण भएकामध्ये सामाजिक अध्ययन विषयमा ६० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीहरु १० प्रतिशतमात्र छन् । विद्यालयले आयोजना गरेको अभिभावक भेलामा अधिकांश अभिभावकले सामाजिक अध्ययन विषयमा विद्यार्थी कमजोर हुनमा विद्यालयमा शिक्षकको उपस्थितिमा अनियमितता र शैक्षिक सामग्रीको प्रयोग कमजोर भएकाले यस्तो भएको बताए । पाच महिनादेखि विद्यालय व्यवस्थापन समितिको बैठक बस्न सकेको छैन । माथिको विवरणका आधारमा निम्न प्रश्नहरुको जवाफ दिनुहोस् 
क) नवीन माध्यमिक विद्यालयका मुख्य समस्याहरु के हुन् ?
ख) यस विद्यालयका सामाजिक अध्ययन विषयसंग सम्बन्धित समस्याहरु के के हुन् ?
ग) सामाजिक अध्ययन विषयसंग सम्बन्धित समस्याहरुको समाधानका लागि शिक्षक, प्रधानाध्यापक र विद्यालय निरीक्षकले खेल्नुपर्ने भूमिकाहरु के के हुन् ?
घ) तपाई यस विद्यालयमा निरीक्षक हुनुभयो भने एक वर्षपछि सामाजिक अध्ययन विषयमा देखिने सकारात्मक नतिजाहरु के के हुन् ?
खण्ड (ग)
आधुनिक शैक्षणिक प्रविधि तथा खोज सम्बन्धी प्रश्न २०
११. दूर तथा खुला शिक्षाको परिचय प्रस्तुत गरी नेपालमा यस किसिमको शिक्षाको महत्व बारे स्पष्ट पार्नुहोस् । साथै अहिले नेपाल सरकारले विद्यालय शिक्षामा सञ्चालन गरेको खुला विद्यालय कार्यक्रमहरुको उपलब्धिहरु उल्लेख गरी यस कार्यक्रममा देखिएका समस्याहरु र समस्या समाधानका व्यवहारिक सुझावहरु दिनुहोस् । 
१२. कक्षाकोठामा शिक्षण गराउदा शिक्षकले सामना गर्नुपरेका अप्ठ्यारा, कठिनाइ, चुनौती र राम्रा अभ्यासहरु मध्यनजर राखी विद्यालयको कुशल व्यवस्थापन र शिक्षण सिकाइको प्रभावकारिताका लागि कार्यमूलक अनुसन्धानको उपादेयता बारे उल्लेख गर्नुहोस् । विद्यालय शिक्षामा प्राप्त भएका उल्लेख्य शैक्षिक उपलब्धिहरुको विस्तार र विद्यालयमा देखापरेका विविध किसिमका समस्याहरुको समाधानका लागि कार्यमूलक अनुसन्धानलाई शिक्षणमा कसरी प्रयोग गर्न सकिन्छ ? उपयुक्त सुझावहरु प्रस्तुत गर्नुहोस् ।