ADS

Saturday, April 4

औद्योगिक निती, २०६७ को उद्देश्य उल्लेख गनर््होस् । (५) (ना.सु. २०७१)

औद्योगिक निती, २०६७ को उद्देश्य उल्लेख गनर््होस् । (५) (ना.सु. २०७१)
औधोगिक क्षेत्रलाई बढावा दिने प्रमुख उद्येश्य सहित लागु गरिएको औधोगिक नीति २०४९लाई समयसापेक्ष रुपमा परीमार्जन गरी तर्जुमा गरीएको औधोगिक नीति २०६७ का प्रमुुख उद्देश्यहरु देहाय अनुसार छन ।
१. गुणस्तरीय तथा प्रतिस्पर्धात्मक औद्योगिक उत्पादन एवम् उत्पादकत्व अभिवृद्धिबाट राष्ट्रिय आय र रोजगारीमा बढोत्तरीसहित औद्योगिक वस्तुको निर्यात बढाउने ।
२. स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी सन्तुलित राष्ट्रिय तथा क्षेत्रीय विकासमा उद्योग क्षेत्रको योगदान बढाउने ।
३. नविनतम प्रविधि एवम् वातावरणमैत्री उत्पादन प्रक्रियालाई प्रयोग गरी उद्योग व्यवसायलाई दिगो एवम् भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्ने ।
४. औद्योगिक विकासका लागि आवश्यक उत्पादनशील जनशक्ति तथा व्यवस्थापकीय क्षमताको विकास गर्दै सवल लगानीको आधार खडा गरी नेपाललाई दक्षिण एशिया क्षेत्र तथा विश्वकै आकर्षक लगानीस्थलको रूपमा स्थापित गर्ने ।
५. औद्योगिक बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने ।
माथि उल्लेखित उद्येश्यहरु पुरा भएको खण्डमा औद्योगीक क्षेत्र समृद्ध र सवल हुन गई देशको आर्थिक सामाजिक लगायतका क्षेत्रहरुमा औद्योगिक क्षेत्रको योगदान बढन जाने हुन्छ जसले समष्टिमा देशको सर्वतोमुखी विकाशको आधारशिलाको रुपमा कार्य गर्न सक्दछ ।