ADS

Friday, April 24

लोक सेवा आयोगको तयारी कसरी गर्ने ।

2०६९ को सहसचिवको परीक्षामा सर्वोत्कृष्ट भएका वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव  किरणराज शर्माको लोकसेवाको तयारीको टिप्स :
सफलताका लागि टिप्स
  •  अध्ययन सामग्रीको खोजबिन गर्ने,
  •  पाठ्यक्रमअनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,
  •  राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,
  • बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्त्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।
  • सम्बन्धित विषयका विद्वान्हरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,
  • अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।
  • परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,
  • पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,
  • इन्टरनेटमा पाठ्यक्रमअनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।
  • पाठ्यक्रमअनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने,
  • उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,
  • बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।
  • एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,
  • कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,
  • एकाग्रताको विकास गर्ने,
  • पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेटजति ब्रेक लिने
  • दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,
  • ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,
  • ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,
  • लेख्दै पढ्ने,
  • मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने
  • शुद्ध र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,
  • अवधारणा, सिद्धान्त,(www.insuplazaa.blogspot.com) अभ्यासजस्ता विषयमा जानकारी राख्ने,
  • प्रश्नले सोधेको मात्र उत्तर राख्ने,
  • सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,
  • दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,
  • मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,
  • सीप सिक्ने चाँजोपाँजो मिलाउने,
  • धैर्य राख्ने, निरन्तर लगाब राख्ने,
  • आत्मविश्वास कायम गर्ने,
  • स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,
  • लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्दचयन गर्ने,
  • समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,
  • मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।
अन्तर्वार्ता फेस गर्दा
  • अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने,
  • इक्वायल आई कन्ट्याक्ट गर्ने,
  • शिष्टतापूर्वक जवाफ दिने,
  • विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने,
  • अवस्था र परिस्थितिअनुसार जवाफ दिने,
  • प्रश्नलाई आफूले(www.insuplazaa.blogspot.com) जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने,
  • जानकारी भए पनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने,
  • अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने,
  • मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने,
  • नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने
स्रोत :- http://enayapatrika.com/update/20106.html