ADS

Wednesday, April 15

बालबालिकालाई केन्द्रबिन्दु

बालबालिकालाई केन्द्रबिन्दु बनाइ खेल, गीत र सह्भागितामूलक क्रियाकलापको माध्यमबाट गरिने शिक्षण् सिकाइलाई भनिन्छ । यस पद्दतिमा बालबालिकाको बिकासक्रम्, रुची, क्षमता र उनिहरुको बिशेषतालाई ध्यानमा राखेर कृयाकलापहरु निर्माण र सन्चालन गरिन्छन जसमा शिक्षक्-बिद्यार्थि बिचको सम्बन्ध गाढा हुन्छ, कक्षाकोठाको बातावरण बालमैत्री र भयरहित हुन्छ, बालबालिका सकृय हुन्छन, बालमैत्री शिक्षण्-सिकाइ सामग्रीयुक्त कक्षा र पुस्तकालय तथा खेल सामग्री कक्षा भित्रै हुन्छन् ।
बालकेन्द्रित शिक्षण् सिकाइ कृयाकलाप सन्चालन गर्न शिक्षकले पूर्व तयारी गर्न जरुरी हुन्छ । पाठयोजना वा पाठ्नोट बनाउन आबश्यक हुन्छ, कृयाकलाप अनुसारको सामग्री तयार गर्नुपर्दछ / यस् पद्दति अनुसार शिक्षकले दैनिक सन्देश दिन्छ, शिक्षक विद्यार्थी बिच दैनिक अन्तर्कृया हुन्छ, कक्षामा कामहरुको बाड्फाड हुन्छ,सहभागीतामूलक तरिकाबाट बिद्यार्थी र शिक्षक मिलेर कक्षा सन्चालन प्रकृया निर्धारण गरिन्छ र त्यसलाई कक्षामा राखिन्छ, कक्षालाई एउटा समुदायको रुपमा बिकसित् गर्दै बालबालिकाहरुलाई कृयाकलापमा संलग्न गराइ बालमैत्रिपूर्ण सहभागितामूलक् मूल्याङ्कन पद्दति अपनाइन्छ। कक्षामा सम्पूर्ण बालबालिकालाई समान रुपमा रचनात्मक तथा प्रयोगात्मक् गतिबिधिहरुमा संलग्न गराइ मूल्याङ्कन गरिन्छ । दौँतरी मूल्याङ्कन तथा आत्ममूल्याङ्कनमा बिशेष जोड दिइन्छ । 
बालकेन्द्रित शिक्षण् सिकाइ पद्दतिमा शिक्षकशिक्षिकाले सहजकर्ताको भूमिका निर्बाह गरे पुग्छ / यस् पद्दतिमा बालबालिकाले विद्यालय र घर बिच त्यति भिन्नता पाउँदैनन सिकाइको बातावरण अति सहज् बनाइएको हुन्छ / 
बालकेन्द्रित शिक्षण् सिकाइ गरिने कक्षा आकर्शक, रोचक, चुनौतिपूर्ण तथा बालबालिकालाई सिर्जनशील बन्न अबसर प्रदान गर्ने खालको हुनुपर्छ, यस्तो भयो भने मात्र नियमित रुपमा विद्यालयमा आउने, कक्षामा सक्रिय सहभागी हुने तथा दिगो उपयोगी शिक्षा हासिल गर्ने अर्थमा पाउछन / 
प्रत्येक् बालबालिकाका लागि सिकाइ एक स्वाभाबिक प्रकृया हो, बालबालिकाले उनिहरुको नजिकको बातावरण, मानिस् बस्तु र जीवनशैलिबाट सिक्छन / आफ्नो अनुभवको प्रयोग तथा गल्ती र अभ्यास (Trial and Error) गर्दै सिक्छन / त्यसकारण बालबालिकाको नजिकको बातावरण उनिहरुको सिकाइ प्रकृयामा "केन्द्रबिन्दु" हुन्छ /


बालबिकासमा खेलको योगदान: 
खेल सिकाइको स्रोत हो, खेलले ........
-सिर्जनात्मक गुणको बिकास गराउछ 
-सकारात्मक ब्यक्तित्वको बिकास गराउछ 
-बिचारहरुको आदानप्रदान गराउछ 
-आवश्यकता तथा इच्छाहरुको प्रस्फुटन गराउछ 
-भावनाहरुको प्रस्फुटन गराउछ 
-सामाजिक गुणहरुको बिकास गराउछ 
-नैतीक स्वभाबको बिकास गराउछ 
-शारीरिक बिकास गराउछ 
-आफ्नो योग्यताको पहिचान गराउछ